• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चुनावले होइन अभावले छोएको छ

  • वीरगंज संजाल
  • १७ पुष २०७७, शुक्रबार ०७:४८
  • २३९३

    वीरगंज | सरकारले संसद् भंग गरेर चुनावको घोषणा गरेको छ। बारा रमौलीका नागेन्द्र महतोलाई यसले पटक्कै छोएको छैन। गहुँबालीमा पानी लगाएर फर्कंदै गरेका उनलाई भोट हाल्ने होइन, खेतमा मल हाल्ने चिन्ताले सताएको छ। ‘धानमा पनि मल हाल्न पाएनौं,’ उनले भने, ‘अहिले गहुँमा उस्तै समस्या भोग्दै छौं।’ सरकारले पर्याप्त मल ल्याउन नसकेपछि सीमावर्ती सहरबाट आफैं मल ल्याउँदा पनि समस्या भोगेको उनले सुनाए। ‘कृषिप्रधान देशको सरकार किसानसँग पैसा लिएर मलसमेत बेच्न सक्दैन,’ उनले भने, ‘अब सकारबाट अरू के आस गर्ने ?’

    ग्रामीण भेगका किसानलाई भोट हाल्ने विषयले होइन, बालीमा मल कसरी हाल्ने भन्ने चिन्ताले छोएको छ। गरिब बस्तीका मुसहरलाई चुनावले होइन, पुसको चिसोले छोएको छ।

    उनको जस्तै भोगाइ छ, पर्सा परसवाका तुला माझीको पनि। १५ वर्ष पुरानो बूढो सिरक फाटेकाले उनलाई चुनावले होइन, चिसोले छोएको छ। ‘जाडोबाट बाँच्ने–मर्ने ठेगान छैन,’ घरअगाडि घुर (वरिपरि जम्मा भएर आगो ताप्ने) ताप्दै गरेका माझीले भने, ‘भोट हाल्नेभन्दा पनि जाडोबाट कसरी जोगिने भन्ने चिन्ताले सताएको छ।’ नागेन्द्र र तुलाको मात्र होइन, मध्य तराईका सर्वसाधारणको साझा समस्या यस्तै हो। बाक्लो कुहिरोमा परालको आगो ताप्दै जिउ तताउने यहाँका सर्वसाधारणलाई न त संसद् भंग भएको पीडा छ न त चुनावमा भोट हाल्ने उत्साह नै। पटकपटक भोट हालेर पनि दिनप्रतिदिन आफैंसँग पराजित हुँदै छन्।

    पहिला पहिलाको चुनावताका यहाँका घुरमा राजनीतिक चर्चा बाक्लै हुने गथ्र्याे। कुन पार्टीले राम्रो गर्ला ? कसले विकास गर्ला ? भन्ने चर्चा हुन्थ्यो। तर अहिले घुरमा समस्या र अभावका कुरा सुनिन्छन्। ‘ठूला भनेका सरकारबाट जनताका ससाना समस्या पनि समाधान हुन सकेन,’ अम्रुल्ला अन्सारी भन्छन्, ‘त्यसैले उनीहरू राजनीतिबाट निराश छन्।’ फरक समयमा फरकफरक पार्टीलाई भोट हालेका उनीहरूले सबै दलमा साझा समस्या देखेको बताउँछन्। ‘भोट माग्न गाउँ आउने, जितेपछि हराउने’ चलनबाट उनीहरू आजित छन्।

    ‘यहाँका जनताले सूर्य, रूख, हँसियाहथौडा, हलो सबैतिर भोट हाले,’ वीरगन्ज–३१ का दीपक श्रेष्ठले भने, ‘न जाडोमा न्यानो पाएँ न त गर्मीमा शीतलता नै महसुर गरें।’ गरिबीको अभावमा रहेका किसानले हँसियाले समस्या छिमोल्न नसकेको अनि भूमिहीन किसानले जमिन जोत्न नपाएको उनी सुनाउँछन्।

    तराईवादी पार्टीबाट जीवनमा केही परिवर्तन हुने आशा गरेका उनीहरूको विश्वास पनि हराउँदै गएको उनको बुभाइ छ। ‘सरकार जनताको मन जित्नेभन्दा पनि चुनाव जित्ने दाउमा मात्र छ,’ श्रेष्ठले भने, ‘चुनावमा जुन दललाई जिताए पनि जनता आफैं भने सधैं पराजित छन्।’

    यहाँका सर्वसाधारणले धेरै सरकार देखे तर जीवनमा खासै परिवर्तन आउन नसकेको सामाजिक अगुवा नागेश्वर जैसवाल बताउँछन्। ग्रामीण भेगका सर्वसाधारणले पटकपटक भोट हाले पनि उनीहरूको हालत नसुध्रिएको उनको बुझाइ छ। ‘यहाँका जनतालाई चुनावले होइन, सदियौंदेखि अभावले छोएको छ,’ उनले भने, ‘पटकपटकको धोकापछि उनीहरू निराश हुन थालेका छन्।’ सरकारी कार्यालयमा हुने ढिलासुस्ती, भिडभाड र घुस लिने चलनबाट उनीहरू झनै आजित छन्। यो समाचार आजको नागरिक दैनिकमा उपेन्द्र लामिछानेले लेखेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑