• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / अर्थतन्त्र

    साढे २३ किलो सुनका मालिक भेटिएनन्, राजश्वले लिलाम बिक्री गर्दै

  • वीरगंज संजाल
  • ३ पुष २०७७, शुक्रबार १२:४८
  • ४१७३

    वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–५, रेशमकोठीमा रहेको गणेश अपार्टमेन्टबाट बरामद साढे २३ किलो सुनका मालिक प्रहरीले भेटाउन सकेन । सुन मालिक नभेटिएपछि प्रहरीले राजश्व अनुसन्धान विभागको पथ्लैयास्थित कार्यालयमा बरामद सुन, चाँदीसहितका गरगहना बुझाएको छ ।

    विभागले सुनलाई लिलाम बिक्री गर्ने तयारी गरेको छ । बिक्रीबाट आएको रकम राज्यकोषमा जम्मा हुनेछ । जिल्ला प्रहरी कार्यालय, पर्सा र इलाका प्रहरी कार्यालय, विर्ताको संयुक्त टोलीले १ मंसिरमा छापा हानेर २२ केजी ५७६ ग्राम सुनका बिस्कुटहरु, ५७६ ग्राम सुनका गरगहना र दुई केजी २ सय ६२ ग्राम चाँदीको गहना तथा भाडाकुडा बरामद गरेको थियो ।

    त्यसवेला प्रहरीले पत्रकार सम्मेलन गरेर लामो समयदेखि सुन त्यहाँ राखिएको हुनसक्ने देखिएको बताएको थियो । प्रहरीले दुई दिनसम्म रेकी गरेर गरेको सर्च अपरेशनका क्रममा मक्किएको दराजमाथि सुन बरामद भएको हो ।

    यो पनि पढ्नुहोस
    वीरगञ्ज सुन अपरेशनको नालीबेली : मक्किएको दराजमा खजना !
    पर्साकी प्रहरी प्रमुख एसपी गंगा पन्तले तत्कालीन समयमा सुनधनी नभेटिएपछि राजश्वमा बुझाइएको अनलाइनखबरलाई बताइन् । स्रोतका अनुसार सुनका मालिक नभेटिएपछि प्रकरणको अनुसन्धान समेत बन्द भइसकेको छ ।

    त्यसवेला बरामद सुन भारतीय नागरिक अशोक सिन्हाको भएको बताइएको थियो । अपार्टमेन्टमा केही समयअघिसम्म उनी बसेकाले सिन्हाको सुन भएको आशंका गरिएको थियो ।

    सिन्हाका दाइ प्रमोदकुमार बिहार विधानसभाको निर्वाचनमा उम्मेदवार बनेका वेला प्रहरीले अपार्टमेन्टमा सुन रहेको सूचना पाएको थियो । प्रमोदकुमार रक्सौल विधानसभा–१० मा भारतीय जनता पार्टी (विजेपी) तर्फबाट उम्मेदवार बनेका थिए, जसमा उनी विजयीसमेत भइसकेका छन् ।

    भाइ अशोक चाहिँ पूर्वभन्सार क्लीयरिङ एजेन्ट हुन् । उनैले कालो धन लुकाएर राखेको हुनसक्ने आशंका गरिएको थियो ।
    स्रोतका अनुसार अशोककी छोरी निवेदिकाले जन्मको आधारमा नेपाली नागरिकता लिएकी थिइन् । त्यसकै आधारमा अपार्टमेन्ट खरिद गरिएको अनुसन्धानबाट खुलेको थियो । प्रहरीले प्रमोदबारे भारतीय पक्षसँग समन्वय गरेर सोधखोजसमेत गरेको थियो । त्यसक्रममा उनी प्यारालाइज भएर उपचाररत रहेको पाइएको थियो ।

    चुनावको नजिकिँदै गर्दा प्रमोदको भाइको कोठामा सुन भेटिएको विषयले भारतीय सञ्चारमाध्यममा पनि चर्चा पाएको थियो । त्यसपछि छोराले एउटा अडियो सन्देश सार्वजनिक गर्दै बरामद सुन परिवारको पुस्तौनी भएको बताउँदै गैरकानुनी नभएको दाबी गरेका थिए ।

    तर, परिवारका कुनै पनि सदस्य प्रहरीसमक्ष प्रमाण लिएर हाजिर भएनन् । त्यसैले चुनावमा असर नपरोस् भनेर मात्रै अडियो सार्वजनिक गराइएको प्रहरीको निष्कर्ष छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑