काठमाडौं | अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा पठाउन विशेष अदालतले आदेश दिएको छ ।
आइतबार बयानका लागि विशेष अदालत पुगेका बस्न्यातलाई अदालतले थुनामा राख्न आदेश दिएको हो । उनमाथि बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाएर भ्रष्टाचार गरेको अभियोग छ ।
न्यायाधीशहरु प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले उनलाई थुनामा राख्ने आदेश दिएको हो । अब उनी मुद्दाको अन्तिम टुङ्गो नलागुन्जेल थुनामा रहनुपर्नेछ ।