• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Video

    एक हातले साइकल चलाएर काठमाडौंबाट वीरगञ्ज

  • वीरगंज संजाल
  • Dec 3, 2020, 6:45 pm
  • ६१६९

    वीरगञ्ज | अधिकारीलाई द्रुत गतिमा साइकल चलाउन मन पर्छ। एकदिन गौशाला नजिकै भर्खर बनेको कच्ची बाटोमा उनी साइकल चलाइरहेका थिए। सँगैको स्कुटरलाई जित्ने हुटहुटीमा बत्तिए। त्यही बेला स्कुटर ‘डिस्ब्यालेन्स’ भयो। राम भित्तामा ठोकिए र बेहोस भए।

    पछि होसमा उठ्दा स्कुटर चलाउने युवती रोइरहेकी थिइन्– ला! यो मान्छेलाई मैले ठोकिदिएँ। यसको हात पनि छैन, खै कता गयो।

    अहिले यो घटना सम्झँदा रामलाई हाँसो लाग्छ। उनी त पहिल्यैदेखि एक हात बिनै साइकल चलाउने ‘पारा साइकलिस्ट’ जो हुन्। जसको हात–खुट्टा छैन तर पनि खेलकुदमा सक्रिय छन्, उनीहरू पारा खेलकुद अन्तर्गत पर्छन्। साइकल यसैमध्येको एक विधा हो।जति उनी त्यो दुर्घटनाको दिन सम्झिएर हाँस्छन्, आफ्नो हात गुमाएको दिनको सम्झनाले झस्किन्छन्।

    उनी जम्मा सात वर्षका थिए। त्यतिबेला उनको दोलखास्थित घरमा डिजेलबाट चल्ने मिल थियो।

    बुवा भारतमा काम गर्नु जानुअघि भनेका थिए, ‘मिल धेरै चलिरहँदा तातेर पड्किन्छ। यसैले छिनछिनमा बन्द गर्दै चलाउनुपर्छ है।’

    त्यो बेला आमाले अंकललाई मिल बन्द गर्न भनेकी थिइन्। सँगै गएका राम हुत्तिएर मिलमा पुगेछन्, हात मिलले काटिदियो। चुँडियो।

    हतारहतार उनलाई सदरमुकाम चरिकोट ल्याइयो। त्यहाँ मल्हमपट्टी गरेर काठमाडौं जान हतारिए। परिवार–गाउँलेहरूलाई लागेको थियो– २४ घण्टाभित्र उपचार भयो भने हात जोडिन्छ।

    त्यही सोचमा काठमाडौं त ल्याए, तर त्यो बेला उनको अवस्था देखेर डाक्टरले भनिदिए, ‘उपचारका लागि वडाको सिफारिस चाहिन्छ।’

    त्यस्तो बेला कहाँ सिफारिस खोज्नु, कहाँ के?

    दार्जिलिङतिर रामका मामाहरू बस्थे। उनीहरूले उतै बोलाए र उपचार गरे। तर धेरै ढिला भइसकेकाले हात जोड्न पाएनन्।

    त्यो दिन सम्झँदा उनलाई अझै लाग्छ, ‘त्यो बेला समयमै उपचार गर्न पाएको भए…’

    दाहिने हात गुमाएपछि उनले धेरैजसो काम देब्रे हातले गर्नुपर्ने भयो। भर्खरै त कक्षा एकमा पढ्दा लेख्न सिक्दै थिए, हातै गयो। अस्पतालमै रहँदा उनलाई नर्सहरूले देब्रे हातबाट लेख्न सिकाए।

    अहिले त एउटै हातसँग उनलाई बानी परेको करिब २५ वर्ष भयो। तर अचेल उनलाई देख्नेहरूलाई भने बानी पर्न केही समय नै लाग्छ। धेरै जना त अचम्म मानेर हेरिरहन्छन्।

    केही दिनअघि मात्रै त्यस्तै एक जनासँग उनको भेट भएको रहेछ।

    एकदिन साइकल चलाएर जावलाखेलमा हिँडिरहेका बेला उनको फोटो खिचेका रहेछन्। पछि साइकल किन्न आउँदा उनीसँग जम्का भेट भयो। पहिलेको फोटो उनलाई देखाएछन्।

    ‘कसरी चलाएको? तिमीले त चलायौ, हामी पनि सक्छौं भन्दै प्रेरित हुँदै जानुभयो,’ रामले भने, ‘यस्ता प्रतिक्रियाले हौसला मिल्छ।’

    कसैले भने होच्याउँदा पनि रहेछन्, ‘एउटा हातले साइकल चलाएर के फूर्ति लगाएको!’

    सुरूआतमा साइकल सिक्छु भन्दा आमाबुवा पनि रिसाउँथे रे। कहीँ लड्ला, ठोक्किएला भन्ने उनीहरूको डर थियो। त्यसमाथि एउटा हात नभएपछि डरको सीमा चुलिनु स्वभाविक हो। तर विस्तारै आफ्नो क्षमता प्रमाणित गरेपछि उनीहरू उल्टो रामलाई देखेर गर्व महसुस गर्छन्।

    ३३ वर्षीय रामले साइकल चलाउन कक्षा १० पढ्दाताका सिकेका हुन्। त्यतिबेला दोलखाबाट सदरमुकाम चरिकोटमा एक महिना जति पढ्न भनेर साथीकहाँ आएका थिए। साथीको साइकल थियो। उनलाई पछाडि राखेर त चढाउँथे, चलाउन भने जति भन्दा पनि दिएनन्।

    अहिले सम्झिँदा रामलाई लाग्छ– सायद! म लड्छु, ठोक्किन्छु भनेर होला।

    त्योबेला भने उनलाई रिस उठ्यो। इख लाग्यो। सदरमुकामकै एक पसलेसँग भाडामा मागेर साइकल ल्याए।

    ‘उकालो–ओरालोमा ह्यान्डल गर्न सिकेँ, एकै दिनमा,’ उनले भने।

    जुन साथीले उनलाई साइकल चलाउन दिएका थिएनन्, पछि उनैको साइकल रामले किनेछन्।

    ‘त्यो साथीसँग मैले पैसा लिनुपर्ने थियो। १२ पढ्न काठमाडौं आउनेक्रममा मैले पैसाको सट्टा साइकल नै लिएँ,’ उनले भने।

    तस्बिर सौजन्यः राम अधिकारी

    दोलखामै हुँदा एसएलसीपछिको छुट्टीमा रामले थांका पेन्टिङ सिकेका थिए। काठमाडौं आएपछि भक्तपुर, नगदेश बस्थे, दरबार स्क्वायरमा पेन्टिङ गर्न जान्थे। एउटा चित्र बनाउँदा ११–१२ रुपैयाँ कमाइ हुन्थ्यो त्योबेला। दिनभरि काम गर्दा ४०–५० कमाउँदा पनि ठूलै थियो। पछि थांका छाडेर उनी मार्केटिङतिर लागे।

    काम गरेर काठमाडौंमा संघर्ष गरिरहेका बेला गाउँका एक दाइले उनलाई एउटा संस्थामा राखिदिए। त्यही बसेर पढे, नेतृत्वका तालिमहरू लिए। होस्टल बसेरै कक्षा १२ सके।

    होस्टल सकेपछि ठूलो बुवाका छोरासँग ७ सय ५० रूपैयाँमा साइकल किनेर चलाए। त्यही साइकल बनाउने क्रममा एकदिन उनी डुलिरहेका थिए, नेपालकै पुरानो मानिने साइकल पसल पन्चनारायण-अष्टनारायण (प्यांक) का सञ्चालक तिरेक मानन्धरसँग उनको भेट भयो।

    कमलाक्षीस्थित उक्त पसलमा पुगेर साइकल बनाउदा उनीसँग पुग्दो पैसा थिएन। तिरेकले त्यो कुरा वास्ता गरेनन्। पछि आउँदा–जाँदा उनीसँग नजिकिए। अहिले उनी प्यांकबाटै ‘स्पोन्सरसिप’मा साइकल चलाउँछन्।

    रामले चलाउने साइकल अलि भिन्न छ। साइकलबारे बताउँदै प्यांकका सञ्चालक तिरेक भन्छन्, ‘पहिला रामले चलाएको साधारण फलामको साइकल थियो। अहिले कार्बनको हलुका साइकल चलाउँछन्। उनका लागि परिमार्जन गरेर दुवै ब्रेक देब्रे हातमा राखिएको छ। यसपछि उनले झनै सजिलो गरी साइकल चलाउन थाले। हामीले उजस्तै मान्छेलाई सकेसम्म साइकलमा सहयोग गरिरहेका छौं।’

    रामले केही साताअघि मात्रै काठमाडौंबाट वीरगञ्जसम्म १ सय ५६ किलोमिटर यात्रा साइकलमा गरिसकेका छन्, त्यो पनि एकै दिनमा। उनी यो यात्रालाई सबभन्दा ठूलो उपलब्धि मान्छन् र आगामी दिनमा यस्तै साहसी यात्रा गर्न चाहन्छन्।

    बाटामा साइकल चलाउँदा अनेक सास्तीसँग पनि सामना गर्नुपर्छ।

    सानो ठाउँमा ठूलो फन्को लिन गाह्रो हुने, चिप्लिन्छ कि भन्ने डर, उकालो–ओरालोका उबडखाबड, ती चुनौती हुन्। तर दैनिक अभ्यासले उनलाई सामान्य भइसक्यो। ठूला दुर्घटना सामना गर्नुपरेको छैन।

    साइकल लेन भने सबै ठाउँ भइदिए दैनिक यात्रा गर्न सजिलो हुने बताउँदै भन्छन्, ‘नेपालमा साइकलका लागि लेन बनाउनु ठूलो क्रान्ति हो। हाम्रो त अधिकारकै कुरा पनि हो।’

    साइकल चलाएरै जोर्डन, भियतनाम, श्रीलंका लगायत देश पुगिसके राम। उनको परिचय पारा साइकलिस्टमा मात्रै सीमित छैन, उनी पारा तेक्वान्दो खेलाडी पनि हुन्।

    विशालनगरमा डेरा बस्दा उनी ताहचलस्थित महेन्द्र रत्न क्याम्पस साइकलमै जान्थे। जहिल्यै क्याम्पस जाँदा रंगशाला छिर्थे। त्यही बेला उनको भेट प्रशिक्षकसँग भयो। तिनै प्रशिक्षकको हौसलामा पारा तेक्वान्दो खेलिरहेका छन्।

    पारा तेक्वान्दो मार्सलआर्ट विधाको खेल हो। मार्सलआर्टलाई हात–खुट्टाको कला पनि भनिन्छ। पारा तेक्वान्दोमा भने हातले हानेको अंक आउँदैन, खुट्टाको मात्र आउँछ।

    कमलाक्षीमा एक्लै भाडामा बस्ने राम आफ्ना घरायसी काम आफैं गर्छन्। दिँउसो कुपन्डोलस्थित सामाजिक काम गर्ने ‘परिचय समाज’मा काम गर्छन्। कोरोनाका कारण उनको बिहानको तेक्वान्दो तालिम भने छैन।

    उनीजस्तै पारा तेक्वान्दो र साइकल चलाउने सिर्जना घिसिङ, रञ्जना धामी, विशाल धामी लगायत छन्। उनीहरूलाई रामले नै हौसला दिँदै आएको बताउँछन्।’हामी जस्ता मान्छे हातको औंलामै गन्न सक्ने हुनुहुन्छ। मजस्तै साथीलाई अरूले गिज्याउँछन् भनेर लुकेर नबस्न आग्रह गर्छु,’ उनले भने, ‘झन् उहाँहरूलाई खेलमा लाग्न भन्छु। आफ्नो शरीरलाई पनि फाइदै हुन्छ।’

    पारा तेक्वान्दो र साइकलबाट नाम बनाइसकेका राम आफूजस्तै भाइबहिनीलाई भविष्यमा तालिम दिन चाहन्छन्। उनको अर्को चाहना पनि छ, ओलम्पिक खेल्ने।भन्छन्, ‘तेक्वान्दोबाट ओलम्पिक जाने मन छ। त्यहाँबाट पूरा भएन भने साइकलबाट हुन्छ कि?राम अधिकारी। तस्बिरः सबिना श्रेष्ठ/सेतोपाटी

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
  • करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑