• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  अर्थतन्त्र

    जान्नुहोस्, अमेरिकी डलरसम्बन्धी केही रोचक तथ्य

  • वीरगंज संजाल
  • Nov 22, 2020, 8:01 pm
  • १८०५

    वीरगंज | विश्व बैंक एवं आइएमएफले सन् २०१९ मा विश्वको कुल उत्पादन ‘जिडब्लुपी’ ८ सय ८० खर्ब ८० अर्ब डलर हाराहारी पुग्ने अनुमान गरेको छ ।

    ‘जिडब्लुपी’को यो आँकडा विश्वका सबै देशहरूको ‘जिडिपी’को कुल योग हो । तर, विश्वको यति ठूलो अर्थ सञ्जाललाई विनिमय गर्ने मुद्राको आकडा भने निकै कम ८ प्रतिशत भौतिक मुद्राबाट सञ्चालित छ । विश्व अर्थतन्त्रमा प्रचलनमा रहेका मुद्रामध्ये ८ प्रतिशत मात्रै भौतिक रूपमा मुद्रित छन् । ९२ प्रतिशत मुद्राको अस्तित्व डिजिटल वा अन्य कुनै स्वरूपमा रहने गरेको छ । विश्व प्रतिदिन बढ्दो रूपले डिजिटिल प्रविधिमा प्रवेश गरिरहेको संकेत पनि हो यो । विश्वको सबैभन्दा वर्चस्वशाली मुद्रा अमेरिकी डलर हो । यससम्बन्धी केही तथ्य यस्ता छन् :अमेरिकी डलर नोट संख्यामा :अमेरिकाको केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’का अनुसार हाल कारोबारमा कुल १ हजार ७ सय अर्ब मूल्यका (अमेरिकी डलरमा) ४१ अर्ब ६० करोडवटा नोट प्रचलनमा छन् । जसमध्ये ११ अर्ब ५० करोडवटा सयदरका नोट पर्छन् ।

    डलरको आयु :सबैभन्दा कम औसत आयु भएको नोट १० डलर हो । यसको औसत आयु ४ दशमलव ५ वर्ष रहेको छ । सय डलरको नोटको आयु २२ दशमलव ९ वर्ष छ । नोटको आयु विनिमयको संख्या र मूल्यभार दुवैले निर्धारण गर्ने बताइन्छ । प्रकार :‘ब्युरो अफ इन्ग्रेभिङ एन्ड प्रिन्टिङ’का अनुसार अमेरिकी डलर सिक्का र नोट गरेर १८ प्रकारमा निष्कासन हुन्छ । अमेरिकामा अहिले १२ प्रकारका कागजी नोट प्रचलनमा छन् । सात प्रकारका नोट निरन्तर निष्कासन हुन्छन् भने अन्य नोट विशेष समयमा निष्कासन भएका हुन् । । पाँच प्रकारका ठूला नोटहरू, पाँच सय, एक हजार, पाँच हजार, दश हजार र एक लाख दरमा निष्कासन भएका छन् । एक लाख दरको नोटलाई ‘गोल्ड सर्टिफिकेट’ भनेर चिनिन्छ, जसको प्रचलन अहिले गैरकानुनी मानिन्छ । एक लाख डलरको नोट सन् १९३४ र १९३५ मा छापिएको थियो । केही संकलनकर्तासँग यस्ता नोट छन् । अन्य ४ प्रकारका ठूला नोटको प्रयोग भने वैधानिक नै छ ।

    १ डलर :एक डलर नोट र सिक्का दुवैमा निष्कासन हुन्छ । अमेरिका एक डलरको नोट निष्कासन चाँडै बन्द गर्ने तरखरमा छ । एक डलरको सिक्काको औसत आयु ४० र नोटको ६ दशमलव ६ वर्ष रहेको छ । सन् २०१८ बाट पहिलोपटक बजार प्रचलनमा सय डलरका नोटको संख्याले १ डलरको संख्यालाई उछिनेको छ । अहिले बजारमा सबैभन्दा बढी संख्यामा प्रचलनमा रहेको अमेरिकी नोट सय डलर बनेको छ । यो विश्वव्यापी रूपले कालो बजारमा वृद्धि भएको संकेत पनि हो । दोस्रो धेरै संख्या १ डलरको रहेको छ, तर यो नोट र सिक्का दुवैमा निष्कासित हुन्छ । नोटको तुलनामा सिक्का निकै बढी रहेको छ ।

    प्रतिदिन ९.७ टन मसी खपत :अमेरिकाको केन्द्रीय बैंकको आधिकारिक जानकारीअनुसार ‘ब्युरो अफ इनग्रेभिङ एन्ड प्रिन्टिङ’ले डलरको मुद्रणमा प्रतिदिन ९ दशमलव ७ टन अर्थात् ९ हजार ७ सय केजी मसी खपत गर्ने गर्छ । नोट तथा सिक्का मुद्रणका लागि ब्युरो अफ इनग्रेभिङ एन्ड प्रिन्टिङका दुईवटा सक्रिय ‘फ्यासिलिटी’हरू छन् । जसमा अमेरिकाले हरेक दिन डलर मुद्रण गर्ने गर्छ ।

    नोटमा ब्याक्टेरियाको संक्रमण:प्रचलनमा रहेका नोटहरूमध्ये ९४ प्रतिशत नोटमा ब्याक्टेरियाहरूको संक्रमण पाइएको छ । एउटा व्यक्तिको हातबाट अर्काेकोमा सरिरहने भएकाले ९४ प्रतिशत कागजी नोटमा ब्याक्टेरियाहरू पाइएका हुन् । एउटा अध्ययनमा, एक डलरको ८० वटा नोटमा मात्रै ३ हजार प्रकारका जीवाणुहरू देखाएका थिए । त्यसमध्ये केही ब्याक्टेरिया, कडा निमोनिया, फुड पोइजनिङलगायत संक्रमणको उच्च जोखिमपूर्ण ब्याक्टेरिया रहेको जनाइएको छ ।

    गैरकानुनी डलरमा मुसाको आक्रमण :कोलम्बियन लागुऔषध तस्करी पाब्लो इस्कोबारले लागुऔषध तस्कारीबाट जम्मा गरेको अथाह डलरमध्ये २ अर्ब १० करोडभन्दा बढी डलरलाई मुसाले आहार बनाएको थियो । उनले गोदाममा राखेको डलर मुसाले नष्ट गरिदिएको हो । पाब्लोको खजानाबाट मुसाले हरेक वर्ष १० प्रतिशत नोट ध्वस्त पारेको थियो । कालोबजार वा गैरकानुनी आयलाई डलरमा परिवर्तन गरी घर गोदाममा लुकाइछिपाई राख्ने प्रचलन बढेकाले पनि डलर यसरी नष्ट हुने गरेको हो । यसबाट अमेरिकालाई अप्रत्यक्ष नोक्सानी भइरहेको छ ।

    जुवाको राजस्व :अमेरिकाले फिल्म, खेलका दर्शक, थिम पार्क, क्रुज जहाज तथा गीत–संगीतको व्यापारबाट प्राप्त गर्ने समग्र राजस्वभन्दा जुवाबाट बढी राजस्व प्राप्त गर्ने गरेको छ ।

    फास्टफुड खर्च :अमेरिकी नागरिकले फास्टफुडमा प्रत्येक वर्ष १ सय १७ अर्ब डलर खर्चिने गरेका छन् । विभिन्न अनुसन्धानले अमेरिकीहरूले सन् २०१२ मा घरपालुवा जनावारमा मात्रै ५१ अर्ब डलर खर्चेको देखाएका छन् । त्यसैगरी, घरपालुवाको लत्ताकपडा ‘कस्ट्युम’मा ३१ करोड डलर खर्चिएका थिए । सन् २०१२ मा अमेरिकामा ९६ अर्ब डलरको बियर र ६५ अर्बको सोडा खपत भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश
  • काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त
  • भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का
  • एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    बारामा १० हजार लिटर घरेलु मदिरा बनाउने कच्चा पदार्थ नष्ट

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त

    इरान युद्धले बदलेको दशकौँ पुरानो तेल व्यापार, होर्मुजको विकल्प खोज्दै खाडी देशहरू

    किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

    कसरी दौडिँदै छ बागमती करिडोर निर्माणको काम?

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    News

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    News

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    News

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    News

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑