• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    नाफामा वाणिज्य बैंकभन्दा विकास बैंक अगाडि, कुन बैंकले कति कमाए ?

  • वीरगंज संजाल
  • Nov 16, 2020, 1:58 pm
  • ४९४१

    वीरगंज । राष्ट्रिय स्तरका विकास बैंकहरुको नाफामा ४८ प्रतिशत वृद्धि भएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म राष्ट्रिय स्तरको मान्यताप्राप्त ७ वटा विकास बैंकहरुले अघिल्लो वर्षको ३ महिनाको तुलनामा ४८.६३ प्रतिशत नाफा वृद्धि गरेका हुन् । यो वर्ष यी ७ वटा बैंकहरुको कुल नाफा १ अर्ब २६ करोड ७३ लाख रुपैयाँ छ । अघिल्लो वर्षको यही अवधिमा यो नाफा ८५ करोड २६ लाख रुपैयाँ रहेको थियो । यो करिब ४१ करोड ४६ लाख रुपैयाँ बराबरको वृद्धि हो ।

    विकास बैंकहरुमध्ये ५ वटा बैंकको नाफामा उल्लेख्य सुधार देखिँदा राम्रो बैंकको रुपमा रहेका गरिमा विकास बैंक र ज्योति विकास बैंकको नाफा भने घटेको छ । यो अवधिमा कामना सेवा बैंकले अघिल्लो वर्षको भन्दा करिब १० गुणाले नाफा वृद्धि गरेर कुल नाफा २० करोड पुर्याएको छ । अघिल्लो वर्ष यस्तो नाफा १ करोड ८६ लाख रुपैयाँ मात्रै थियो ।

    त्यस्तै शाइन रेसुंगा डेभलपमेन्ट बैंकको नाफा पनि यो अवधिमा १ सय २६ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष १२ करोड ७४ लाखमा सीमित रहेको नाफा चालु आर्थिक वर्षमा २८ करोड ८७ लाख पुगेको हो । यो बैंकले अघिल्लो वर्ष लुम्बिनी प्रदेशका दुई क्षेत्रीय विकास बैंकलाई आफूमा गाभेको थियो ।

    महालक्ष्मी बैंकको नाफा पनि करिब ४९ प्रतिशतको वृद्धि भएर १५ करोड ९७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो नाफा १० करोड ६८ लाख रुपैयाँ थियो ।
    विकास बैंकहरुकै विरासत मानिने मुक्तिनाथ विकास बैंकले कोभिड–१९ कै महामारीकाबीच २८.५९ प्रतिशत नाफा वृद्धि गर्न सफल भएको छ । अघिल्लो वर्ष २२ करोड ८७ लाख रुपैयाँ रहेको सो बैंकको नाफा यो वर्ष २९ करोड ४१ लाख रुपैयाँ पुग्दा नाफामा यो वृद्धि देखिएको हो ।

    लुम्बिनी विकास बैंकको नाफा भने यो वर्ष सामान्य मात्रै बढेको छ । अघिल्लो वर्ष करिब ९ करोड ५७ लाख रुपैयाँ रहेको बैंकको नाफा यो वर्ष ११ करोड १७ लाख पुगको हो ।

    तर बाँकी २ बैंकको नाफा वृद्धिको अवस्था भने नाजुक छ । विकास बैंकहरुमा मुक्तिनाथ पछिकै दोस्रो ठूलो बैंकको रुपमा रहेको यो बैंकको नाफामा अघिल्लो वर्षभन्दा  ४०.७८ प्रतिशतको कमी आएको छ । अघिल्लो वर्ष १३ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको गरिमाको नाफा यो वर्ष ८ करोडमा १२ लाखमा सीमित भएको हो जुन राष्ट्रिय स्तरको विकास बैंकमध्येकै सबैभन्दा कम नाफा समेत हो ।

    उता ज्योति विकास बैंकको नाफामा समेत सामान्य गिरावट आएको छ । अघिल्लो वर्ष १३ करोड ६९ लाख रहेको ज्योतिको नाफा यसपालि घटेर १३ करोड १५ लाख पुगेको छ । यो करिब ४ प्रतिशतको गिरावट हो ।

    विकास बैंकको राम्रो पर्फमेन्स
    वाणिज्य बैंक र विकास बैंकको नाफामा यो त्रैमासमा निकै उतारचढाव देखियो । कुनै बैंकको नाफा अस्वाभाविक धेरै देखिँदा कुनै बैंकको नाफामा अस्वाभाविक गिरावट आएको अवस्था वाणिज्य बैंक र विकास बैंक दुवैमा देखिएको छ । तर समग्रमा हेर्दा भने वाणिज्य बैंकभन्दा विकास बैंककै कार्यसम्पादन राम्रो देखिएको छ ।

    असोजसम्मको अवधिमा यो वर्ष २५ वटा वाणिज्य बैंकको नाफामा करिब १.४३ प्रतिशत कमी आएको थियो । विकास बैंकमा भने यो अवस्था ठ्याक्कै उल्टो देखिएको छ । राष्ट्रिय स्तरका ७ वटा विकास बैंकको नाफा याही अवधिमा भने करिब ४८ प्रतिशतले बढेको देखिएको छ ।

    कुन बैंकको नाफा कस्तो ?
    यो वर्ष सबैभन्दा बढी नाफा वृद्धि भएको बैंक कामना सेवा हो । अघिल्लो वर्ष २ करोडभन्दा कम रहेको नाफालाई एकैपटक २० करोड रुपैयाँभन्दा बढी पुर्याएर यो बैंकले चमत्कार गरेको छ । यो बैंकको नाफा यसरी बढ्नुको पछाडि कुल ब्याज आम्दानीमा भएको वृद्धि र अन्य शुल्क तथा कसिनबाट आउने आम्दानी प्रमुख कारण मानिएको छ । गत वर्ष एकैपटक १ सय १२ वटा शाखा खोलेको कामना सेवा बैंकको शाखा सञ्जालकै कारण ग्राहक संख्या बढ्दा यस्तो आम्दानी बढेको देखिएको छ ।

    शाइन रेसुंगा बैंकको नाफा भने मर्जर तथा एक्विजिसनको कारणले वृद्धि भएको हो । अघिल्लो वर्ष मात्रै शाइनले पूर्णिमा र भार्गव विकास बैंकलाई आफूमा गाभेर राष्ट्रिय स्तरको विकास बैंकमा स्तरोन्नति भएको थियो । मर्जरसँगै बैंकका सबै परिसूचकहरु सकारात्मक देखिएका छन् ।

    उता महालक्ष्मी विकास बैंकले भने यो वर्ष अघिल्लो वर्षको तुलनामा खराब कर्जाको लागि कम रकम प्रोभिजन गरे पुग्ने भएकोले यो रकम नाफमा देखाउन पाउने भएकोले नाफा बढेको देखिएको हो । अघिल्लो वर्ष ८ करोड प्रोभिजन गरिएकोमा यो वर्ष यो रकम साढे २ करोडमा झरेको छ ।

    मुक्तिनाथ विकास बैंकले भने प्राभिजनमा राख्ने रकम दोब्बरभन्दा बढी पुग्दा पनि नाफा बढाउन सफल भएको छ । बैंकको खुद ब्याज आम्दानी र अन्य सञ्चालन आम्दानी समेत बढ्दा खुद नाफा बढेको हो ।
    नाफामा उच्च गिरावट आएको गरिमा विकास बैंकले पनि सम्भावित कर्जा नोक्सानीका लागि कर्जा रिजर्भमा पैसा छुट्याउँदा नाफामा यो गिरावट सहनु परेको हो । गरिमाले करिब साढे ६ करोड रुपैयाँ बढी रकम यस्तो प्रोभिजनमा राखेको छ । बैंकको अरु पक्षहरु भने सामान्य अवस्थामै छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अव्यवस्थित इन्टरनेट तार व्यवस्थापनमा वीरगञ्ज महानगरको कडा कदम: सोमबार पुनः बृहत् छलफल हुने
  • म्यानपावर व्यवसायी आन्दोलित, आज रातिदेखि सरकारी सेवा नलिने
  • देउवा फर्किनेबारे प्रहरीले भन्यो : हामी हेर्दैछौं
  • काठमाडौं उपत्यकामा ५६८ रोहिंग्या भेटिए
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अव्यवस्थित इन्टरनेट तार व्यवस्थापनमा वीरगञ्ज महानगरको कडा कदम: सोमबार पुनः बृहत् छलफल हुने

    म्यानपावर व्यवसायी आन्दोलित, आज रातिदेखि सरकारी सेवा नलिने

    देउवा फर्किनेबारे प्रहरीले भन्यो : हामी हेर्दैछौं

    काठमाडौं उपत्यकामा ५६८ रोहिंग्या भेटिए

    कोइराला परिवारले जेनजी आन्दोलनमा जलेको निवास मर्मत गर्न सरकारी पैसा नलिने

    २५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाखको बम्पर उपहार

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    अव्यवस्थित इन्टरनेट तार व्यवस्थापनमा वीरगञ्ज महानगरको कडा कदम: सोमबार पुनः बृहत् छलफल हुने

    म्यानपावर व्यवसायी आन्दोलित, आज रातिदेखि सरकारी सेवा नलिने

    देउवा फर्किनेबारे प्रहरीले भन्यो : हामी हेर्दैछौं

    काठमाडौं उपत्यकामा ५६८ रोहिंग्या भेटिए

    कोइराला परिवारले जेनजी आन्दोलनमा जलेको निवास मर्मत गर्न सरकारी पैसा नलिने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अव्यवस्थित इन्टरनेट तार व्यवस्थापनमा वीरगञ्ज महानगरको कडा कदम: सोमबार पुनः बृहत् छलफल हुने

    News

    म्यानपावर व्यवसायी आन्दोलित, आज रातिदेखि सरकारी सेवा नलिने

    News

    देउवा फर्किनेबारे प्रहरीले भन्यो : हामी हेर्दैछौं

    News

    काठमाडौं उपत्यकामा ५६८ रोहिंग्या भेटिए

    News

    कोइराला परिवारले जेनजी आन्दोलनमा जलेको निवास मर्मत गर्न सरकारी पैसा नलिने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑