• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    आठ वर्षपछि बिओके र हिमालयन बैंकले मुद्दा जिते, चीनबाट पौने २ अर्ब रुपैयाँ नेपाल आउने

  • वीरगंज संजाल
  • Nov 7, 2020, 9:02 am
  • ४०१७

    वीरगन्ज । मेलम्ची खानेपानी आयोजनासँग ठेक्का तोडेपछि चाइना कन्स्ट्रक्सन बैंकको तर्फबाट काउन्टर ग्यारेन्टी बसेका नेपाली बैंकको रकम तत्कालै फिर्ता आउनुपर्नेमा चिनियाँ बैंक र ठेकेदारले मुद्दा हालेपछि फसेको थियो

    मेलम्ची खानेपानी आयोजनाको चिनियाँ ठेकेदारका तर्फबाट अग्रिम भुक्तानी र पर्फमेन्स ग्यारेन्टीबापतको रकम चिनियाँ बैंकले नदिएपछि आठ वर्षदेखि फसेको दुई नेपाली बैंकको करिब पौने २ अर्ब रुपैयाँ आउने बाटो खुलेको छ । हिमालयन बैंक र बैंक अफ काठमाण्डू (बिओके)ले चीनको तल्लो अदालतमा मुद्दा जितेपछि करिब दुई बैंकको गरेर कुल १ करोड ३२ लाख डलर र १४ लाख युरो (कुल १ अर्ब ७७ करोड रुपैयाँ) प्राप्त गर्ने सम्भावना बढेको हो ।

    ‘चीनको तल्लो अदालतमा दोस्रोपटक भएको सुनुवाइमा हामीले मुद्दा जितेका छौँ, चिनियाँ बैंक पुनः माथिल्लो अदालतमा पुनरावेदन गर्न नसक्ने भन्ने त होइन, तर सम्भावना कम छ,’ हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले भने । यसअघि दुई नेपाली बैंकले तल्लो अदालतमा मुद्दा हारेपछि पुनरावेदन गरेका थिए । पुनरावेदन अदालतले फैसलामा त्रुटि देखिएको भन्दै पुनः मुद्दा सुनुवाइ गर्न तल्लो अदालतलाई आदेश दिएको थियो । त्यसपछिको सुनुवाइमा नेपाली बैंकको पक्षमा फैसला आएको हो । अब आफूहरूले रकम फिर्ता पाउन चाइना कन्स्ट्रक्सन बैंकमा दाबी पठाउने राणाले जानकारी दिए ।

    तत्कालीन समयमा मेलम्ची आयोजनाको निर्माण ठेक्का पाएको ठेकेदार चाइना रेलवे १५ ब्युरो ग्रुपको ग्यारेन्टरका रूपमा चाइना कन्स्ट्रक्सन बैंक कर्पोरेसन (सिसिबी) रहेको थियो । मेलम्ची खानेपानी आयोजनाले चाइना रेलवेसँग ठेक्का तोडेपछि सिसिबीका तर्फबाट दुई नेपाली बैंकले पर्फमेन्स ग्यारेन्टी र अग्रिम भुक्तानी दिएका थिए ।

    चैत ०६५ मा बिओकेले काउन्टर ग्यारेन्टीका रूपमा १४ लाख युरो र ६६ लाख अमेरिकन डलरको अग्रिम भुक्तानी दिएको थियो । हिमालयन बैंकले भने ६६ लाख डलर पर्फमेन्स ग्यारेन्टी दिएको थियो । चाइना रेलवेले मेलम्चीसँगको ठेक्का भदौ ०६९ मा तोडेपछि राष्ट्र बैंकले हिमालयनबाट सो रकम जफत गरी मेलम्चीलाई भुक्तानी दिएको थियो ।

    यो अवधिमा नेपाली र चिनियाँ अदालतमा पटक–पटक मुद्दा–मामिला भए । चाइना रेलवे १५ ब्युरोले ठेक्का तोडेपछि मेलम्ची आयोजनाले काठमाडौं जिल्ला अदालतमा ग्यारेन्टी रकमको दाबी गर्दै नेपाली बैंकलाई समेत मुद्दा हाल्यो । बैंकरहरूका अनुसार चाइना रेलवेले काम छाडेको १४ दिने सूचना दिएको अन्तिम दिन मेलम्चीले यहाँ अदालतमा मुद्दा दायर गरेको थियो । काठमाडौं अदालतले मेलम्चीको पक्षमा निर्णय गरेसँगै राष्ट्र बैंकले सक्रियता देखाएर बैंकहरूले राष्ट्र बैंकमा राखेको रकमबाटै आयोजनालाई भुक्तानी गरिदियो ।

    नेपालमा मेलम्चीले ग्यारेन्टी रकम पाएपछि चाइना रेलवे १५ ब्युरोले समेत जालसाजी भुक्तानी भएको भन्दै यसविरुद्ध चीनकै तल्लो अदालत झेङझु इन्टरमिडिएट पिपल्स कोर्टमा नेपाली बैंक र मेलम्चीविरुद्ध मुद्दा दायर गरेको थियो । मेलम्चीले जालसाजी गरेको भन्दै चाइना रेलवेले मुद्दा हालेको थियो । चिनियाँ तल्लो बैंकले चाइना रेलवेको पक्षमा फैसला सुनायो ।

    नेपाली बैंकहरूले त्यसविरुद्ध हेनान प्रोभिन्स पिपल्स कोर्टमा ग्यारेन्टी रकम फिर्ता पाउनुपर्ने मागसहित पुनरावेदन गरे । बैंकहरूले गलत मनसायले मेलम्चीलाई भुक्तानी नदिएको भन्दै नेपाली बैंकको गल्ती नभएको उल्लेख गर्दै आएका थिए । माथिल्लो अदालतले नेपाली बैंकहरूकै पक्षमा फैसला सुनाए पनि तल्लो अदालतलाई पुनः यस सम्बन्धमा सुनुवाइ अगाडि बढाउन निर्देशन दिएको थियो । मेलम्ची र चाइना रेलवेबीच भएको सम्झौता र काउन्टर ग्यारेन्टीको विषय फरक–फरक भएकाले त्यसलाई छुट्याएर हेर्नुपर्ने पनि त्यहाँको माथिल्लो अदालतको आदेश थियो । यस्तो ग्यारेन्टीलाई अन्तर्राष्ट्रिय कानुनका आधारमा हेर्नुपर्ने भन्दै पुनः मुद्दा प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको थियो ।

    ‘अहिले तल्लो अदालतले पनि चाइना रेलवे १५ ब्युरोको सबै दाबीलाई खारेज गरिदिएको छ,’ बैंक अफ काठमाण्डूका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले भने, ‘हामीले अब रकम पाउने लगभग सुनिश्चित भएको छ ।’

    हार्ने पक्षले तल्लो अदालतको फैसलामा चित्त नबुझे १५ दिनभित्र माथिल्लो अदालतमा पुनरावेदन गर्न सक्छन् । यसअघि पनि नेपाली बैंक पुनरावेदनमा गएका र त्यहाँबाट पनि बैंकहरूकै पक्षमा फैसला भएकाले ग्यारेन्टी रकम पाउने लगभग सुनिश्चित भएको बैंकरहरूको भनाइ छ ।

    के हो घटना ?

    चाइना रेलवे १५ ब्युरोले मेलम्ची खानेपानी आयोजनाको डाइभर्सन टनेल र इनटेक निर्माणको ठेक्का पाएको थियो । कन्स्ट्रक्सन बैंक कर्पोरेसन (सिसिबी)ले चाइना रेलवेलाई अग्रिम भुक्तानी र पर्फमेन्स ग्यारेन्टी दिएको थियो, सिसिबीका लागि दुई नेपाली बैंकले चैत ०६५ मा काउन्टर ग्यारेन्टी बसिदिए । ९ असोज ०६९ मा चाइना रेलवेले ठेक्का बीचमै तोडेसँगै मेलम्ची आयोजनाले काठमाडौं जिल्ला आदालतमा ग्यारेन्टी रकम पाउनुपर्ने माग राख्दै मुद्दा हाल्यो ।

    मेलम्चीले जालसाजी गरेको भन्दै भुक्तानी रोक्न चीनको तल्लो अदालत झेङझु इन्टरमिडिएट पिपल्स कोर्टमा चाइना रेलवेले मेलम्ची र बैंकहरूविरुद्ध मुद्दा हाल्यो । मेलम्ची आयोजनाले काठमाडौं जिल्ला अदालतमा मुद्दा जितेसँगै राष्ट्र बैंकले १ जेठ ०७२ मा बैंकहरूको अनिवार्य नगद मौज्दातबाट रकम झिकेर मेलम्चीलाई ग्यारेन्टीबापतको रकम भुक्तानी दियो । उता चीनको तल्लो अदालतले पनि चाइना रेलवेको पक्षमा फैसला गर्‍यो ।

    चीनको तल्लो अदालतको निर्णयको विरुद्धमा नेपाली बैंकहरूले चीनको उच्च अदालत हेनान प्रोभिन्स पिपल्स कोर्टमा ग्यारेन्टी रकम फिर्ता पाउनुपर्ने मागसहित पुनरावेदन गरे । ४ असार ०७६ मा उच्च अदालतले बैंकहरूले कुत्सित मनसायले मेलम्चीलाई भुक्तानी नदिएको निष्कर्ष निकाल्यो । मेलम्ची र चाइना रेलवेबीच भएको सम्झौता र काउन्टर ग्यारेन्टीको विषय फरक भएकाले नेपाली बैंकलाई काउन्टर ग्यारेन्टीको रकम नदिनु गलत भएको निर्णय सुनाएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ
  • अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो
  • नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड
  • विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन, डा. चापागाईंलाई जिम्मेवारी

    वीरगन्जका नागरिक समाजका अगुवा भन्छन् : दंगा र विभाजन होइन, सदभाव र भाईचारा चाहन्छ मधेस साउन २०, २०८३

    कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै

    उद्योगी मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई सोधियो २४ घण्टे स्पष्टीकरण

    निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    News

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    News

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    News

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    News

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑