ठोरी । आज पर्साको ठोरी गाउँ पालिका मा रहेको धार्मिक तथा पर्यटकिय स्थल हरुको स्थलगत अनुगमन गरेका छन ।
आयोगका अध्यक्ष डा. बिजय कुमार दतको नेतृत्व मा आएको टोलिले ठोरी गाउँ पालिका बिबादित ठुठे खोला , सीता गुफा तथा ठोरी गाउँ पालिका को वार्ड नम्बर तीन मा जङ्गल जनावर बाट बचन को लागि लगाइएको काडेतार को अनुगमन गर्नुको साथै ठोरी का स्थानीय संग सिमा क्षेत्रमा हुने गरेको भारतिय को हस्तक्षेप को बारेमा समेत छलफल गरेका थिए ।
आयोग को टोलिमा ठोरी गाउ पालिका का अध्यक्ष पदम लाल श्रेष्ठ , ठोरी गाउँ पालिका वार्ड नम्बर ३ का वार्ड अध्यक्ष सुर्य लामा , वार्ड नम्बर दुई का वार्ड अध्यक्ष किशोर तमाङ ईलाका प्रहरी कार्यालय ठोरी का प्रहरी निरीक्षक अशोक कुमार साह , सशस्त्र प्रहरी बेश क्याम्प ठोरी का सशस्त्र प्रहरी निरीक्षक दिपक दाहाल लगाएत स्थानीय भद्रभलादमी र सन्चारकर्मी लालबाबु बानिया ,कृष्ण मोहन साह, मेघराज राय , चिरञ्जीवी सापकोटा लगाएतको उपस्थित रहेको थियो ।