• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  अर्थतन्त्र

    नेपालका प्रयोगशालामा नेगेटिभ आएको रिपोर्ट विदेशमा पोजेटिभ ! निगमले उठायो प्रयोगशालाको विश्‍वसनीयतामा प्रश्‍न

  • वीरगंज संजाल
  • Nov 4, 2020, 2:46 pm
  • २४७३

    काठमाडौं । नेपाल वायुसेवा निगमले नेपालका प्रयोगशालामा गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आउने तर विदेशमा पुनः परीक्षण गर्दा पोजेटिभ आएकोप्रति ध्यानाकर्षण गराएको छ ।

    निगमले उडान गर्ने गन्तव्यहरुमा यात्रा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट मान्यता प्राप्त प्रयोगशालाबाट आरटी पीसीआर परीक्षण गरी ७२ घण्टाभित्रको रिपोर्टलाई मान्यता दिए पनि विगत केही दिनदेखि हङकङ, दुबई, नारिताजस्ता गन्तव्यहरुमा ७२ घण्टाको पीसीआर रिपोर्टका बाबजुद पनि त्यहाँ परीक्षण गर्दा कोभिड-१९ पोजेटिभ देखिएको जनाएको छ । जसले गर्दा सम्बन्धित देशका निकायहरुले निगमलाई सचेत गराउनुका साथै कतिपय उडानमा रोकसमेत लगाएकाले निगमलाई आर्थिक तथा प्रतिष्ठाको दृष्टिले ठूलो नोक्सानी पर्न गएको भन्दै ध्यानाकर्षण गराएको हो ।

    विज्ञप्ति जारी गर्दै यी घटनाहरुले निगमको मात्र नभई समग्र देशकै प्रतिष्ठामा नकारात्मक असर परेको जनाएको छ । “साथै नेपालका स्वास्थ्य प्रयोगशालाहरुको विश्‍वसनीयतामै प्रश्‍न खडा गरेको छ,” निगमकी प्रवक्ता करिश्मा श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “तसर्थ निगम नेपाल सरकारबाट मान्यता प्राप्त स्वास्थ्य प्रयोगशालाहरुलाई सजगता अपनाउन अनुरोध गर्दछ ।”

    निगमले यात्रुको सुरक्षा तथा सरोकारवाला नियकाहरुको मापदण्डका सन्दर्भमा सजग र सचेत रहेको भन्दै निगमले विश्‍वव्यापी कोरोना महामारीका कारण उड्‍डयन क्षेत्रमा परेको समस्या तथा स्वास्थ्य सुरक्षाका अतिरिक्त मापदण्डहरु लागु गर्ने गराउने कुरामा कुनै सम्झौता नगरिएको जनाएको छ ।

    निगमले यात्रुलाई पनि आरटी पीसीआरको नमुना दिएपछि पनि विशेष सावधानी अपनाई पूर्ण रुपमा सजग रहन अनुरोध गरेको छ । रिपोर्ट नेगेटिभ देखाएर उडान गर्ने यात्रुको सम्बन्धित देशहरुमा पुनः परीक्षण गर्दा पोजेटिभ देखिए त्यसको सम्पूर्ण जिम्मेवारी यात्रु स्वयंले लिनुपर्ने समेत निगमले जनाएको छ ।

    निगमले ७२ घण्टाभित्रको कोरोना परीक्षण गर्दाको रिपोर्टका आधारमा यात्रुलाई उडाउँदै आएको छ । तर, नेपालमा नेगेटिभ देखिएका यात्रुमध्ये गन्तव्य मुलुकमा पुगेपछि सम्बन्धित देशले पुनः परीक्षण गर्दा केही यात्रुमा पोजेटिभ देखिएपछि निगम कारबाहीमा पर्दै आएको छ । निगमलाई हङकङले दुईपटक उडानमै प्रतिबन्ध लगाएको थियो । दुबईले पनि उडान रोक्ने चेतावनी दिइसकेको छ ।

    निगमका सह-प्रवक्ता शुलेख मिश्रले जापानले निगमलाई इमेलमार्फत नेपालबाट गएका २ देखि १० जनासम्म यात्रुमा कोरोना पोजेटिभ देखिएकाले सचेत बन्‍न आग्रह गरेको बताए । यस्तै यूएईले पनि पत्र नै लेखेर निगमको ध्यानाकर्षण गराइसकेको छ । सोही आधारमा निगम सचेत र संवेदशील रहेको उनले बताए ।

    जापान, हङकङ, यूएईले गराएको ध्यानाकर्षणबारे तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयलाई जानकारी गराएको र निरन्तर सम्पर्कमा रहेको प्रवक्ता श्रेष्ठले बताइन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश
  • काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त
  • भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का
  • एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    बारामा १० हजार लिटर घरेलु मदिरा बनाउने कच्चा पदार्थ नष्ट

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त

    इरान युद्धले बदलेको दशकौँ पुरानो तेल व्यापार, होर्मुजको विकल्प खोज्दै खाडी देशहरू

    किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

    कसरी दौडिँदै छ बागमती करिडोर निर्माणको काम?

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    News

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    News

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    News

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    News

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑