• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / अर्थतन्त्र

    नेपालका प्रयोगशालामा नेगेटिभ आएको रिपोर्ट विदेशमा पोजेटिभ ! निगमले उठायो प्रयोगशालाको विश्‍वसनीयतामा प्रश्‍न

  • वीरगंज संजाल
  • १९ कार्तिक २०७७, बुधबार १४:४६
  • ३३०५

    काठमाडौं । नेपाल वायुसेवा निगमले नेपालका प्रयोगशालामा गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आउने तर विदेशमा पुनः परीक्षण गर्दा पोजेटिभ आएकोप्रति ध्यानाकर्षण गराएको छ ।

    निगमले उडान गर्ने गन्तव्यहरुमा यात्रा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट मान्यता प्राप्त प्रयोगशालाबाट आरटी पीसीआर परीक्षण गरी ७२ घण्टाभित्रको रिपोर्टलाई मान्यता दिए पनि विगत केही दिनदेखि हङकङ, दुबई, नारिताजस्ता गन्तव्यहरुमा ७२ घण्टाको पीसीआर रिपोर्टका बाबजुद पनि त्यहाँ परीक्षण गर्दा कोभिड-१९ पोजेटिभ देखिएको जनाएको छ । जसले गर्दा सम्बन्धित देशका निकायहरुले निगमलाई सचेत गराउनुका साथै कतिपय उडानमा रोकसमेत लगाएकाले निगमलाई आर्थिक तथा प्रतिष्ठाको दृष्टिले ठूलो नोक्सानी पर्न गएको भन्दै ध्यानाकर्षण गराएको हो ।

    विज्ञप्ति जारी गर्दै यी घटनाहरुले निगमको मात्र नभई समग्र देशकै प्रतिष्ठामा नकारात्मक असर परेको जनाएको छ । “साथै नेपालका स्वास्थ्य प्रयोगशालाहरुको विश्‍वसनीयतामै प्रश्‍न खडा गरेको छ,” निगमकी प्रवक्ता करिश्मा श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “तसर्थ निगम नेपाल सरकारबाट मान्यता प्राप्त स्वास्थ्य प्रयोगशालाहरुलाई सजगता अपनाउन अनुरोध गर्दछ ।”

    निगमले यात्रुको सुरक्षा तथा सरोकारवाला नियकाहरुको मापदण्डका सन्दर्भमा सजग र सचेत रहेको भन्दै निगमले विश्‍वव्यापी कोरोना महामारीका कारण उड्‍डयन क्षेत्रमा परेको समस्या तथा स्वास्थ्य सुरक्षाका अतिरिक्त मापदण्डहरु लागु गर्ने गराउने कुरामा कुनै सम्झौता नगरिएको जनाएको छ ।

    निगमले यात्रुलाई पनि आरटी पीसीआरको नमुना दिएपछि पनि विशेष सावधानी अपनाई पूर्ण रुपमा सजग रहन अनुरोध गरेको छ । रिपोर्ट नेगेटिभ देखाएर उडान गर्ने यात्रुको सम्बन्धित देशहरुमा पुनः परीक्षण गर्दा पोजेटिभ देखिए त्यसको सम्पूर्ण जिम्मेवारी यात्रु स्वयंले लिनुपर्ने समेत निगमले जनाएको छ ।

    निगमले ७२ घण्टाभित्रको कोरोना परीक्षण गर्दाको रिपोर्टका आधारमा यात्रुलाई उडाउँदै आएको छ । तर, नेपालमा नेगेटिभ देखिएका यात्रुमध्ये गन्तव्य मुलुकमा पुगेपछि सम्बन्धित देशले पुनः परीक्षण गर्दा केही यात्रुमा पोजेटिभ देखिएपछि निगम कारबाहीमा पर्दै आएको छ । निगमलाई हङकङले दुईपटक उडानमै प्रतिबन्ध लगाएको थियो । दुबईले पनि उडान रोक्ने चेतावनी दिइसकेको छ ।

    निगमका सह-प्रवक्ता शुलेख मिश्रले जापानले निगमलाई इमेलमार्फत नेपालबाट गएका २ देखि १० जनासम्म यात्रुमा कोरोना पोजेटिभ देखिएकाले सचेत बन्‍न आग्रह गरेको बताए । यस्तै यूएईले पनि पत्र नै लेखेर निगमको ध्यानाकर्षण गराइसकेको छ । सोही आधारमा निगम सचेत र संवेदशील रहेको उनले बताए ।

    जापान, हङकङ, यूएईले गराएको ध्यानाकर्षणबारे तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयलाई जानकारी गराएको र निरन्तर सम्पर्कमा रहेको प्रवक्ता श्रेष्ठले बताइन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑