• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    उद्योग क्षेत्रको पुनरुत्थान गर्न अनलाइन सर्वेक्षण शुरू

  • वीरगंज संजाल
  • Nov 4, 2020, 11:02 am
  • ७९७७

    वीरगन्ज । सरकारले कोरोना भाइरस (कोभिड—१९) र बन्दाबन्दीका कारण धराशयी बनेका उद्योग व्यवसाय तथा उद्यमलाई पहिलाकै अवस्थामा फर्काउन उद्योग व्यवसायीसँग सुझाव माग गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभिन्न १० प्रश्नावली राखेर बन्दाबन्दीमा मारमा परेका उद्योगहरूलाई कसरी पुनरुत्थान गर्न सकिन्छ भन्ने सुझाव माग गर्दै अनलाइन सर्वेक्षण शुरू गरेको हो ।

    कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि नेपालभर बन्दाबन्दी जारी गरेको थियो । त्यसले गर्दा स्वास्थ्य, खाद्यन्न लगायत केही उद्योग व्यवसायबाहेक लगभग सबै प्रकारका उद्योग बन्द भएका थिए । यद्यपि सरकारले बन्दाबन्दी र निषेधाज्ञा जारी नगर्दा भने उद्योगहरूको उत्पादन क्षमता औसतमा ६० प्रतिशतभन्दा माथि पुगेको छ । मन्त्रालयले उद्यम तथा व्यवसायलाई पहिलाकै अवस्थामा सुचारु गर्न सरकारका तर्फबाट उद्योगी व्यवसायीले चाहेको सहयोगका विषयमा पनि उल्लेख गर्न भनेको छ ।

    उद्योगलाई प्रवर्द्धन गर्न सरकारले वित्तीय, नीतिगत, सहुलियत तथा अन्य थप के गर्नुपर्छ भन्ने सुझाव माग गरिएको छ । मन्त्रालयले सोमवार सूचना जारी गर्दै प्रश्नावली भरेर ईमेलमार्फत जानकारी गराउन आग्रह गरेको हो । मन्त्रालयको औद्योगिक तथा लगानी प्रवद्र्धन महाशाखाकी उपसचिव प्रदर्शनी कुमारीले समयावधि नतोकिए पनि १ हप्ताभित्र उद्योगी व्यवसायीले फारम भरी पठाउन सक्ने आधारमा सूचना जारी गरिएको जानकारी दिइन् । अहिले समय नतोकिएको र त्यस अवधिमा व्यवसायीले पठाएको मेललाई अध्ययन गरेर आगामी कदम लिइने उनको भनाइ छ । उद्योगी तथा व्यवसायीले पठाएको सूचनाको विस्तृत अध्ययन गरेर प्रतिवेदन पनि तयार गरिने उनले बताए ।

    मन्त्रालयले जारी गरेको सूचना अनुसार लघु उद्यम, घरेलु उद्योग, साना र ठूला उद्योगहरूले प्रश्नावली भर्नुपर्नेछ । यस्तै उद्योग व्यवसायको प्रकृति, कोभिडका कारण बन्दाबन्दीको समयदेखि हालसम्म उद्योग व्यवसाय कति समय सञ्चालन रह्यो वा पूर्ण बन्द, आंशिक २५ देखि ७५ प्रतिशतसम्म बन्द, उत्पादनमा आएको ह्रासको अवस्था समेत फारममा खुलाउन मन्त्रालयले व्यवसायीलाई आग्रह गरेको छ ।

    साथै उत्पादनमा र कच्चापदार्थको आपूर्तिमा के कस्तो असर तथा प्रभाव परेको छ भन्ने विषय पनि उद्योगीहरूले उल्लेख गर्नुपर्नेछ । श्रमिक परिचाल, बजारीकरण, उद्योगको नाफा वा नोक्सानीको स्थितिसमेत खुलाउन मन्त्रालयले सूचनामार्फत आग्रह गरेको छ । उत्पादन, बजारीकरण र आपूर्ति प्रणालीलाई सुचारु गरी मुलुकको अर्थतन्त्रलाई पुनरुत्थान गर्न जरुरी रहेकाले अध्ययन गर्ने उपयुक्त समय अहिले भएकाले सर्वेक्षण शुरू गरिएको मन्त्रालयको दाबी छ । कोभिड महामारीका कारण प्रभावित उद्योगहरूको संरक्षण र प्रवद्र्धनका लागि लिनुपर्ने आवश्यक नीति र कार्यक्रमबारे जानकारी लिन मन्त्रालयले प्रश्नावली तयार गरी उद्योग तथा व्यवसायीलाई भर्न अनुरोध गरेको हो । यसका लागि उद्योग व्यवसायीका छाता संगठनदेखि लघु, महिला तथा साना तथा मझौला उद्योगका छाता संगठनलाई पनि सहयोगका लागि आग्रह गरिएको मन्त्रालयको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश
  • काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त
  • भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का
  • एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    बारामा १० हजार लिटर घरेलु मदिरा बनाउने कच्चा पदार्थ नष्ट

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त

    इरान युद्धले बदलेको दशकौँ पुरानो तेल व्यापार, होर्मुजको विकल्प खोज्दै खाडी देशहरू

    किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

    कसरी दौडिँदै छ बागमती करिडोर निर्माणको काम?

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    News

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    News

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    News

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    News

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑