• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    किसान क्रेडिट कार्ड किसानले कहिले पाउँछन् ?

  • वीरगंज संजाल
  • Nov 3, 2020, 7:01 pm
  • ४१८५

    वीरगन्ज । किसान क्रेडिट कार्ड कोरोनाको कारण किसानको हातमा पुग्न केही ढिला हुने भएको छ । दसैँअघि नै जारी गर्नेगरी काम थालिएको बताउने कृषि विकास बैङ्कले कोरोनाले समयमै काम नसकिदा किसानको हातमा पुग्न ढिला भएको जनाएको छ । बैङ्कले किसान कार्डको प्रयोगमा लैजान कार्यविधि बनाएर सञ्चालक समिति (बोर्ड) समक्ष पेश गरिसकेको छ ।

    बैङ्कका सिइओ अनिलकुमार उपाध्याय तिहारअघि नै सो कार्यविधि बोर्डबाट पास गराएर नेपाल राष्ट्र बैङ्कमा पठाउने तयारी रहेको बताउँछन् । क्रेडिट कार्डमा रकमको सिमा राष्ट्र बैङ्कले तोक्नेछ र उसकै निर्देशन बमोजिम कृषि विकास बैङ्कले प्रयोगमा लैजानेछ । कार्डको प्राविधिक काम र परिक्षण सबै सकिएको सिइओ उपाध्यायले बताए । शुरुमा कार्ड किसानको परिक्षणका लागि ३÷४ सय पिस मात्र छाप्ने र उनीहरुको राम्रो प्रतिक्रिया र माग आएको खण्डमा छपाइको सँख्या बढाउँदैजाने पक्षमा बैङ्क छ ।

    कार्ड प्राविधिक प्रयोग भएकाले यसको सुरक्षामा पनि निकै ध्यान दिइएको सिइओ उपाध्यायको भनाइ छ ।  उनी भन्छन्, ‘कोरोनाले हाम्रा कर्मचारी पनि प्रभावित बने जसका कारण कामलाई तिब्रता दिन सकिएन । अब चाडबाड सकिएपछि किसानको हातमा कार्ड पुग्ने गरी तयारी गरेका छौँ ।’

    किसान क्रेडिट कार्ड हाल सर्वसाधारणले प्रयोग गरिरहेको एटीएम र भिसा कार्डकै आकारमा आउनेछ । किसान क्रेडिट कार्ड क्युआर कोडमा आधारित हुन्छ । एटीएम र भिसा कार्डमा जस्तो चिप्समा चल्दैन । बैङ्कले नगद भुक्तानी प्रदायकहरु (मर्चेन्ट) गाउँ गाउँमा खडा गर्छ र सोहीमार्फत किसानले कृषिका लागि चाहिएको बेला नगद लिन सक्ने व्यवस्था किसान क्रेडिट कार्डमा हुनेछ ।

    बैङ्कका अनुसार कार्डको सबै काम सकिएको र कार्यविधि मात्र पास हुन बाँकी रहेको छ ।

    नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष (२०७७/७८) को मौद्रिक नीतिमा किसान क्रेडिट कार्डको विषय उठान गरेको थियो । बिशेष गरी किसानले पाउने ऋण र अनुदानसँग सम्बन्धित यस कार्डको विषय बजेटमा भएपछि बजेट कार्यान्वयन गराउँन मौद्रिक नीतिमार्फत सम्बोधन भएको हो ।

    यस्तो हुनेछ कार्डको प्रयोग र फाइदा

    कृषि सामाग्री, मल खाद्य, मेसिनरी बिक्री गर्ने सप्लायर्स कृषि बिकास बैङ्कको मर्चेन्ट (एजेन्ट) हुन्छ । उनीहरुले कार्डमा क्युआर कोड राखिएको हुन्छ सो क्युआर कोड स्क्यान गरेर भुक्तानी लिनसक्छन् । यो मोबाइल सिस्टमबाट कार्डको क्युआर कोडमार्फत भुक्तानी हुनेछ । कार्डको पहुँच हुने मोवाइल एप्लिकेसन विकास कृषि विकास बैङ्कले गर्छ । सो एपमार्फत स्क्यान गरेर भुक्तानी हुन्छ ।

    सो कार्ड लिनका लागि कृषि विकास बैङ्कमा खाता खोलेको हुनुपर्नेछ । किसानले सो खातामा राखेको रकम अनुसार त्यसको निश्चित सीमासम्म बैङ्कले ऋण प्रदान गर्नेछ । यदि राज्यले किसानलाई विभिन्न शीर्षकका सहुलियत दियो भने सो कार्डमा हालिदिन्छ ।

    कृषि गर्नका लागि चाहिने पैसा लिन किसान चेक बोकेर बैङ्कको शाखासम्म धाउनु पर्ने अवस्था छ । किसान क्रेडिट कार्ड बनेपछि स–साना कृषि कामका लागि चाहिने थोरै रकम निकाल्न कृषक बैङ्कसम्म धाउनु पर्दैन । आफुले लिएको कार्ड मार्फत निकाल्न सक्नेछन् ।

    कृषि उत्पादनको समग्र चक्रसहित किसानलाई बजार र कृषिसँग सम्बन्धित सबै निकायसँग जोड्ने सुविधासहितको सफ्टवेयर नै किसान क्रेडिट कार्डको विशेषता हो ।

    निजी बैङ्कको पनि किसान लक्षित कार्ड

    सिभिल बैङ्कले किसानहरुको समृद्धिको लागि किसान समृद्धि कार्ड संचलनमा ल्याइसकेको छ । बैङ्कले दसैँअघि नै यो कार्ड सञ्चालनमा ल्याएको हो । कुनै पनि कृषि पेशामा आवद्ध ग्राहकहरुलाई लक्षित गरी ल्याइएको यो कार्डबाट कृषि कार्यबाट प्राप्त हुने आम्दानीलाई नियमित रुपमा बचत गर्दै जाने तथा आवश्यक परेको अवस्थामा बचत रकम झिक्ने र नपुग भएमा सोहि खाताबाट कर्जाको रुपमा बढी रकम पनि झिक्न सकिने व्यवस्था गरिएको छ । यो ऋण सुबिधा लिन खेतीयोग्य जमीनलाई पनि धितोको रुपमा राख्न सकिन्छ र प्रति कृषक परिवार रु पाँच लाखसम्मको ऋण सुबिधा उपलब्ध गराइने बैङ्कले जनाएको छ ।

    यस्तै दसैँअघि नै मेगा बैङ्कले पनि ‘मेगा किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ सेवा सुरु गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ
  • अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो
  • नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड
  • विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन, डा. चापागाईंलाई जिम्मेवारी

    वीरगन्जका नागरिक समाजका अगुवा भन्छन् : दंगा र विभाजन होइन, सदभाव र भाईचारा चाहन्छ मधेस साउन २०, २०८३

    कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै

    उद्योगी मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई सोधियो २४ घण्टे स्पष्टीकरण

    निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    News

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    News

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    News

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    News

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑