• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चर्चित नेपाली नायिकाको अश्लील फोटो बनाई फेसबूकमा राखेपछि 

  • वीरगंज संजाल
  • १८ कार्तिक २०७७, मंगलवार १८:०९
  • ४००५

    वीरगन्ज । नेपाली फिल्म क्षेत्रमा विगतका केही वर्षदेखि काम गर्दै आएकी एक नायिका (नेपाली फिल्मकी क वर्गकी नायिका) कोरोना महामारीका बीच गत चैतयता प्रायःजसो घरमै हुन्छिन् ।

    कोरोना महामारीअघि उनको व्यस्तता निकै थियो । हरेका दिनजसो फिल्म शूटिङ, प्रमोसन, पत्रकार सम्मेलन आदि–आदि ।सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय थिइन् र अहिले पनि छिन् । सामाजिक सञ्जालमा उनको फ्यान फलोअर्स लगभग एक करोडभन्दा बढी छ ।

    कोरोना महामारीका कारण घोषित लकडाउनको समयमा उनी घरमै थिइन् । फेसबूक, ट्विटर, इन्स्टाग्राम आदिमा समय बित्ने नै भयो ।

    सामाजिक सञ्जाल चलाउने क्रममा एक दिन उनले फेसबूकमा आफ्नो फोटोलाई बिगारेर विभिन्न अश्लील शब्दहरू प्रयोग गरी शेयर गरेको भेटिन् ।

    उनी छाँगाबाट खसेजस्तै भइन् । त्यसपछि खोज्दै नांगो फोटोमा उनको टाउको जोडेको तथा भिडियो समेत बनाएको पाइयो ।

    त्यसपछि उनले आफन्तको सल्लाहमा साइबर ब्यूरोमा उजुरी दिइन् । साइबर ब्यूरोले प्राविधिक अनुसन्धानका क्रममा ‘ढकारी गाउँपालिका अनलाइन खबर’ र ‘हाम्रो ढकारी गाउँपालिका कार्यालय अछाम’ नामको अनलाइन पेज चलाउने व्यक्ति पत्ता लगायो ।

    ती नायिकाको नग्न फोटो राख्ने, ती दुबै पेजमा अश्लील शब्दहरू राख्ने लगायतका काम उनले गर्दै आएको पाइएको साइबर ब्यूरोका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसपी) नविन्द्र अर्यालले बताए ।

    ‘फेजबूक पेज प्रयोगकर्ताले ती नायिकाको फोटोहरू प्रयोग गरेर अश्लील शब्दहरू समेत लेख्ने गरेको पाइएको छ,’ एसएसपी अर्यालले लोकान्तरसँग भने, ‘ती व्यक्तिले फेसबूक पेजमार्फत, सामाजिक सद्भावमा खलल पार्ने, नायिकालाई हैरानी दिने नैतिकताविरुद्धको कार्य गर्ने गरेको पाइएको छ ।’

    ब्यूरोका प्रमुख एसएसपी अर्यालका अनुसार ती व्यक्तिले फेसबूक पेजमा ‘…म्यारिज फूल भिडियो’ शीर्षक दिएर अपाच्य शब्द प्रयोग गरेर अश्लील भिडियो समेत पोस्ट गरेका थिए । प्रहरीले अनुसन्धान गर्दै जाँदा अछाम ढकारी गाउँपालिका–५ चैनपुरका किरण क्षेत्री भन्ने किरण बुढाले उक्त पेज सञ्चालन गर्दै आएको पाइएको छ ।

    प्रहरीले अनुसन्धान र यथेष्ट प्रमाणपछि उनीविरुद्ध विद्युतीय कारोवार ऐन–२०६३ को दफा ४७ को उपदफा १ बमोजिम बिगो दाबी र कारवाहीको मागसहित जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको एसएसपी अर्यालले बताए ।

    अभियुक्त किरण बुढा भने अहिले वैदेशिक रोजगारीका क्रममा दुबईमा छन् । किरणले सामाजिक सञ्जालमा अश्लील र अमर्यादित पोष्टहरू दुबईमा बसेर गर्दै आएको पाइएको प्रहरीले जनाएको छ । 

    २ महिनामा ६ सय साइबर अपराधका उजुरी

    आर्थिक वर्षको शुरूआतको पहिलो २ महिनामा ६ सयभन्दा धेरै अर्थात् ६ सय १३ वटा साइबर अपराधका उजुरी परेका छन् । 

    ‘पछिल्लो समयमा साइबर अपराधका उजुरीहरू धेरै आइरहेका छन् । आर्थिक वर्षको पहिलो दुई महिनामा ६ उजुरी परेका छन्,’ ब्यूरोका एसएसपी अर्यालले भने, ‘एक महिनामा औसत ३ सयको हाराहारीमा साइबर अपराधका उजुरीहरू आउँछन् ।’

    साइबर ब्यूरोको तथ्याङ्कलाई हेर्ने हो भने फेसबूक म्यासेन्जरबाट हुने अपराध धेरै छन् । केही दिन अगाडि मात्रै फेसबूक म्यासेन्जरमा अश्लील फोटो/भिडियो १४ वर्षमुनिका बालबालिकालाई पठाउने एक जनालाई ब्यूरोले कारवाहीको दायरामा ल्याएको थियो ।

    यो आर्थिक वर्षको पहिलो २ महिना साउन र भदौमा फेसबूकमा ५ सय ३७ वटा, इमोमा ७ वटा, युट्युबमा १४ वटा, ह्वाट्सएपमा ५ वटा, ट्विटरमा ३ वटा, इन्स्टाग्राममा ६ वटा, टिकटकमा ७ वटा, इमेलमा ४ वटा, इसेवामा ११ वटा र अन्य १७ वटा साइबर अपराध भएको उजुरी परेको ब्यूरोको तथ्याङ्कले देखाएको छ ।

    साइबरमा अपराध गर्नेहरूले महिलालाई बढी सताएको देखिन्छ । यो दुई महिनामा परेका ६१३ उजुरीमध्ये ३९१ जना महिला पीडित छन् । पुरुष २४९ जना, १९ जना बालिका र ७ जना बालक पीडित भएको देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑