• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वैदेशिक लगानीका प्रोजेक्ट दर्तामा परेन कोरोना प्रभाव

  • वीरगंज संजाल
  • Nov 2, 2020, 10:01 am
  • ४००१

    वीरगन्ज । कोरोना भाइरस (कोभिड—१९) संक्रमण नेपालमा समेत फैलिँदा नयाँ लगानी गर्न ‘पर्ख र हेर’को स्थिति देखिए पनि वैदेशिक लगानीका प्रोजेक्ट दर्ता स्थिति भने गतवर्षको जस्तै देखिएको छ ।

    चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो ३ महीनामा कुल रू. १९ अर्ब १५ करोड लगानीका ८९ ओटा परियोजना उद्योग विभागका दर्ता भएका छन् ।

    गत आर्थिक वर्ष २०७६/७७ को पहिलो ३ महीनामा पनि यही संख्यामा वैदेशिक लगानीका उद्योग दर्ता भएका थिए । यसले गर्दा २ आर्थिक वर्षमा विदेशी लगानीका प्रोजेक्ट दर्ता स्थिति स्थिर देखिएको हो । यद्यपि आर्थिक वर्ष २०७५/७६ मा भन्दा उल्लेख्य मात्रामा यस्तो संख्या कम रहेको छ । सो वर्षकै ३ महीनामा १२९ ओटा उद्योग दर्ता भएका थिए ।

    नेपालको कृषि तथा वनजन्य, सूचना र प्रविधि, उत्पादनमूलक, सेवा र पर्यटनका क्षेत्रमा चालू आवमा दर्ता भएका ती उद्योगबाट २ हजार ८४६ जनाले रोजगारी पाउने देखिएको छ । चालू आवको यस अवधिमा पनि पर्यटन र सेवाक्षेत्रले नै लगानीका लागि आकर्षणका रूपमा स्थापित देखिन्छन् । साउनदेखि असोज अन्तिमसम्ममा नेपालमा ५८ ओटा पर्यटनसम्बन्धी उद्योग तथा परियोजना दर्ता भएका छन् भने ती परियोजनाको कुल लगानी रू. १३ अर्ब ८० करोड रहेको छ ।

    विदेशी लगानीकर्ताको दोस्रो रोजाइमा सेवासम्बन्धी उद्योग क्षेत्र परेको छ । यसबीचमा २५ ओटा सेवासम्बन्धी परियोजना दर्ता हुँदा कृषि तथा वनसम्बन्धी १, सूचना प्रविधिका ३ र उत्पादनमूलक उद्योगमा जम्मा दुईओटा उद्योग दर्ता भएका छन् । सेवा क्षेत्रमा चालू आर्थिक वर्षको यो अवधिमा रू. ४ अर्ब ५० करोड लगानीका परियोजना दर्ता भएका छन् । चालू आवको पहिलो ३ महीनामा ऊर्जाक्षेत्रमा कुनै वैदेशिक लगानी भित्रिएको छैन ।

    होटेल एशोसिएशन नेपाल (हान)का वरिष्ठ उपाध्यक्ष विनायक शाहले पर्यटन क्षेत्र विदेशी लगानीकर्ताको आकर्षणमा पर्नु सकारात्मक विषय भए पनि लगानी नै भिœयाएको अवस्था भने कम रहेको बताए । ‘लाइसेन्स होल्ड गरेर बस्ने परिपाटी पनि देखिएको छ,’ शाहले भने, ‘यद्यपि काठमाडौं उपत्यकाबाहेक मोफसल तथा प्रदेश राजधानी भएका क्षेत्रमा अझै पनि सम्भावना रहेको हुँदा लगानीकर्ता आकर्षित भएका हुनसक्छन् ।’

    २०७५/७६ मा उद्योग दर्ता धेरै भए पनि रकम भने यी २ आवको तुलनामा कम रहेको छ । सो वर्ष रू. ७ अर्ब १३ करोड ८५ लाख लगानीका १२९ परियोजना दर्ता भएको विभागको तथ्यांक छ । सो वर्ष पनि सेवा र पर्यटनमा आधारित परियोजना तथा उद्योगहरू क्रमश : ४१ र ५० संख्यामा दर्ता भएका थिए भने लगानी पनि क्रमशः रू. १ अर्ब ३५ करोड सेवासम्बन्धी र रू. २ अर्ब ९१ करोड पर्यटनसम्बन्धीमा लगानी आएको देखिन्छ ।

    विभागका अनुसार २०७६/७७ को पहिलो ३ महीनामा वैदेशिक लगानीका ८८ ओटा उद्योग दर्ता भएका थिए भने ती उद्योगको कुल लगानी रू. १९ अर्ब २५ करोड ५८ लाख रहेको थियो । त्यसमध्ये गत आवमा पनि लगानीकर्ताको रोजाइमा सेवा र पर्यटन क्षेत्र नै परेको देखिन्छ । ४० ओटा परियोजना पर्यटन र २९ ओटा परियोजना सेवासम्बन्धी दर्ता भएको पाइन्छ भने लगानी क्रमशः पर्यटनमा रू. ६ अर्ब २० करोड र सेवामा रू. ३ अर्ब ४८ करोड थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश
  • काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त
  • भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का
  • एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    बारामा १० हजार लिटर घरेलु मदिरा बनाउने कच्चा पदार्थ नष्ट

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त

    इरान युद्धले बदलेको दशकौँ पुरानो तेल व्यापार, होर्मुजको विकल्प खोज्दै खाडी देशहरू

    किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

    कसरी दौडिँदै छ बागमती करिडोर निर्माणको काम?

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    News

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    News

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    News

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    News

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑