• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वीरगञ्ज आईसीपीमा पूरा भएन एकीकृत भन्सारको योजना

  • वीरगंज संजाल
  • Nov 2, 2020, 7:01 am
  • २९७३

    वीरगञ्ज । वीरगञ्जको एकीकृत जाँच चौकी (आईसीपी) सञ्चालनमा आउँदा वीरगञ्ज नाकाबाट हुने सम्पूर्ण आयातनिर्यात यही संरचनाको मातहतमा ल्याउने योजना राखिएको थियो । तर, आईसीपी सञ्चालनमा आएको ३ वर्ष बितिसक्दा पनि यो उद्देश्यले पूर्णता पाएको छैन ।

    साविकको वीरगञ्ज–रक्सौल नाका र सुक्खा बन्दरगाहलाई आईसीपीमै गाभेर आयातनिर्यातलाई पारदर्शी र छरितो बनाउने लक्ष्य अहिलेसम्म अलपत्र परेको छ । कोरोना महामारीका बेला नेपाल–भारत सिमाना बन्द भएपछि वीरगञ्ज–रक्सौल इनर्वा नाकाको अधिकांश कारोबार आईसीपीमा केन्द्रित भइसकेको छ । तर, यो नाकालाई यात्रु शाखामा सीमित गर्ने भन्सार प्रशासनको योजनाले गति लिन सकेको छैन ।

    कोरोनाका कारण गत चैतयता सीमा बन्द भएपछि भन्सारको अधिकांश काम आईसीपीमा केन्द्रित भइसकेको वीरगञ्ज भन्सारका अधिकृत रमेश सुकमनीले बताए । ‘अधिकांश आयातनिर्यात कारोबार अहिले आईसीपीबाटै भइरहेको छ । ९९ प्रतिशतभन्दा बढी जाँचपास आईसीपीबाट हुन्छ,’ अधिकृत सुकमनीले आर्थिक अभियानसित भने ।

    अहिले भारतीय आयल निगमको रक्सौल डिपोबाट भित्रिने पेट्रोलियम पदार्थको केही परिमाण, तरकारी, क्लिंकर, कोइला, आइरनओर, स्ल्यागलगायत केही मालसामानमात्र इनार्वाबाट भित्रिन्छन् । इनर्वालाई यात्रु शाखा बनाएर आयातनिर्यात व्यापारलाई आईसीपीमा सार्न वीरगञ्ज भन्सारले स्क्यानरसहितको पूर्वाधार निर्माणको काम पनि थालेको थियो ।

    नाकालाई एकीकृत गर्न सुक्खा बन्दरगाह भन्सारलाई आईसीपीमा सार्ने निर्णय भएकै १ वर्ष बित्न लागिसकेको छ । तर, यी भन्सारलाई आपसमा गाम्ने मन्त्रिपरिषद्को निर्णयमा प्रगति देखिएको छैन ।

    निर्णयमा साविक वीरगञ्ज भन्सारको सम्पूर्ण कारोबार आईसीपीमा सरेपछि सुक्खा बन्दरगाह भन्सारलाई आईसीपीमा गाभ्ने शर्त घुसाइएको छ । यही शर्तका कारण गत पुसमा भएको निर्णय अहिलेसम्म यसै थन्किएको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

    सुक्खा बन्दरगाहलाई गाभ्ने उद्देश्यसँग इनार्वा नाकाबाट हुने आयातनिर्यातको सरोकार छैन । तर, भन्सारमा हुने अवैध चलखेल र राजस्व छल्ने सीमित व्यवसायीको प्रभावमा भन्सार एकीकृत गर्ने योजना अलमलमा पारिएको दाबी भन्सार विभागका अधिकारीहरू गर्छन् ।

    वीरगञ्ज नाकाबाट एउटा वस्तु घोषणा गरेर अर्कै वस्तु जाँचपास गराउने, परिमाण र मूल्यांकन फरक पारेर राजस्व छल्नेजस्ता घटना बारम्बार बाहिरिने गरेका छन् ।

    भारतको रक्सौल रेल यार्डबाट आईसीपीसम्मको पहुँच मार्ग सहज छैन । करीब १ किलोमीटर दूरीमा रहेका यी संरचनालाई जोड्ने सम्पर्क सडक सहज हुने हो भने वीरगञ्ज–रक्सौल रूटबाट आउने सम्पूर्ण मालसामान आईसीपीमा लैजान सकिने आयातकर्ता प्रदीप केडिया बताउँछन् । सरकारले सम्पर्क सडक निर्माण र सहजीकरणलाई बेवास्ता गर्दा पनि आईसीपीको उद्देश्य अलमलमा पार्ने बदनियतलाई बल पुगेको बुझाइ केडियाको छ । सुक्खा बन्दरगाहलाई आईसीपीमा गाभ्नकै लागि यी दुई संरचनाका बीचमा पर्ने ६२ बिगाहा जग्गा अधिग्रहणको योजना राखिएको थियो । सरकारले यो जग्गाको मुआब्जा पनि तोकिसकेको छ । तर, अहिलेसम्म मन्त्रिपरिषद्ले जग्गा अधिग्रहणको निर्णय भने गरेको छैन । यही निर्णयको अभावमा जग्गा प्राप्तिको प्रक्रिया ५ वर्षदेखि अन्योलमा परेको छ । ‘मुख्य नाकाका तीनओटा भन्सार एकीकृत संरचनामा आएपछि राजस्व चुहावट र अवैध आयातनिर्यात नियन्त्रणमा सहयोग पुग्ने भए पनि यो योजनालाई पछाडि धकेल्ने काम भइरहेको छ,’ भन्सार विभागका एक उच्च अधिकारीले आर्थिक अभियानसित भने, ‘आईसीपीमा मालसामान बोकेका गाडी भित्रिएपछि नेपाल र भारतका भन्सारसँगै इन्टरमोडेल यातायात विकास समितिले संयुक्त निगरानी राख्न सक्दछन् ।’ अवैध तरीका अपनाएर राजस्व छल्न पल्किएकाहरू एकीकृत निगरानीमा आउन नचाहेको ती अधिकारीको दाबी छ । अभियान को लागि ओमप्रकाश खनालले लेखनु भएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश
  • काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त
  • भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का
  • एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    बारामा १० हजार लिटर घरेलु मदिरा बनाउने कच्चा पदार्थ नष्ट

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त

    इरान युद्धले बदलेको दशकौँ पुरानो तेल व्यापार, होर्मुजको विकल्प खोज्दै खाडी देशहरू

    किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

    कसरी दौडिँदै छ बागमती करिडोर निर्माणको काम?

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    News

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    News

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    News

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    News

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑