• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आखिर किन कम हुन्छ महिलामा यौन चाहना ?

  • वीरगंज संजाल
  • १६ कार्तिक २०७७, आईतवार ०३:०४
  • ४६९७

    अक्सर के देखिन्छ भने, यौनका लागि पुरुष नै सधै तत्पर हुनुपर्ने । अर्थात पुरुषको इच्छा अनुसार नै महिलाहरु यौनका लागि तयार हुन्छन् ।

    यौनमा महिला अग्रसर हुँदैनन् । दम्पतीबीच हुने यौन सम्बन्धमा श्रीमानको इच्छा सर्वोपरी हुन्छ । श्रीमतीहरु यौन सम्बन्धका लागि इच्छा जाहेर गर्दैनन् । कतिपय अवस्थामा त उनीहरु आफ्ना पार्टनरकै खातिर मात्र यौनका लागि तयार भएको जस्तो पनि देखिन्छ । श्रीमती आफै अग्रसर हुने, आफ्नै इच्छा मुताविक यौन आसन बदल्ने, आफ्नो सन्तुष्टिलाई बढी ध्यान दिने गरेको पाइदैन ।

    उनीहरु पुरुषको यौन सन्तुष्टिका लागि आफुलाई समर्पण गरिरहेका हुन्छन्, भलै त्यसबाट उनीहरुले पनि आनन्द लिन सक्छन् ।

    यौन सम्बन्धका बेला पनि पुरुष जति सक्रिय हुन्छन्, महिलाहरु त्यती हुँदैनन् । धेरैजसो महिला निस्त्रिरय जस्तै हुने गर्छन् । के उनीहरुमा यौन चाहना कम भएको हो ? के उनीहरु यौनमा उदासिन छन् ? स्वभाविक रुपमा जिज्ञासा उठ्छ ।

    दम्पतीबीच नियमित यौन सम्बन्ध आवश्यक हुन्छ । यसले उनीहरुको भावनात्मक सम्बन्धलाई थप कसिलो र रसिलो बनाउँछ । तर, यौन सम्बन्धको प्रसंगमा महिलाहरु उति खुल्दैनन् । उति सक्रिय हुँदैनन् । उति अग्रसर हुँदैनन् । एक अध्ययनमा भनिएको छ, पुरुषको तुलनामा महिलाहरु यौन सम्बन्ध बनाउने कुराले उदास रहन्छन् ।

    यौनमा उनीहरु किन उदासिन हुन्छन् ?

    त्यसमा अनेक कारण हुनसक्छ । उनीहरुको शारीरिक एवं प्रजनन समस्या । मानसिकता । उमेर । परिस्थिती ।

    सम्बन्ध चिसिएपछि

    महिलामा यौन इच्छा त्यसकारण पनि कम हुँदै जान्छ कि, जब उनीहरुको सम्बन्धमा चिसोपन आउन थाल्छ । दम्पतीबीचको सम्बन्ध सुमधुर छैन । प्रेमिल छैन । झैझगडा, मनमुटाव, भनाभन भइरहन्छ भने त्यसले महिलाको यौन जीवनमा सोझो प्रभाव पार्छ । आफ्ना पार्टनरसँग उनीहरु भावनात्मक रुपले जति टाढिदै जान्छन्, महिलाको यौन इच्छामा पनि ह्रास आउन थाल्छ ।

    यसका साथै पार्टनरको यौन समस्या, भावनात्मक सन्तुष्टि नमिल्नु र बच्चाको जन्म पनि यसको कारण हुनसक्छ ।

    पारिवारिक दायित्व भार

    अक्सर हामीकहाँ महिलाहरु घर धन्दाको काममा बढी व्यस्त हुन्छन् । विवाह गरेपछि उनीहरुलाई घर परिवार सम्हाल्ने अभिभारा दिइन्छ । खाना पकाउने, ख्वाउने, नानी स्यहार्ने, लुगाफाटो धुने, घर सफा गर्ने, किनमेल गर्ने जस्ता अनगिन्ती कामको भार उनीहरुको काँधमा थमाइन्छ ।

    अझ अहिले धेरै महिला कामकाजी छन् । उनीहरुले आफ्नो पेशा व्यवसाय पनि सम्हाल्नुपर्ने, अर्कोतिर घरधन्दाको काम पनि भ्याउनुपर्ने दोहोरो भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । यसरी कामको चापले उनीहरुमा यौन चाहना घट्दै जान्छ ।

    दिनभरको कामले थकित हुन्छन् । राती शरीरले विश्राम माग्छ । अन्य समय पार्टनरसँग अन्तरंग पल विताउने फुर्सद र अनुकुलता हुँदैन । यसले गर्दा पनि महिलामा यौन चाहना कम हुन्छ ।

    घरायसी माहौल

    घरमा सासु-ससुरा, देवर-देवरानी, छोराछोरी हुन्छन् । उनीहरुको आँखा छलेर अन्तरंग पल साट्ने अनुकुलता मिल्दैन । अझ बालबच्चा भइसकेको अवस्थामा त महिलाहरुको भूमिका थप बढ्न थाल्छ । बालबच्चा हुर्काउने, स्यहार्ने कुरामा उनीहरु केन्दि्रत हुन्छन् । राती छोराछोरी स्यहार्नुपर्ने, सुताउनु पर्ने जस्ता अतिरिक्त जिम्मेवारी आइलाग्छ । यस्तो माहौलमा महिलाहरु उन्मुक्त ढंगले यौन क्रियामा सहभागी हुँदैनन् । पुरुषको तुलनामा उनीहरु बढी लजाउने स्वभावका हुन्छन् । उनीहरु स्वतन्त्र एवं एकान्तमा जति खुल्छन्, त्यती खुल्न सक्दैनन् । यसले पनि उनीहरुको यौन जीवनमा प्रभाव पार्छ ।

    प्रजनन स्वास्थ्यको कारण

    महिलाहरुको प्रजनन अंग निकै संवेदनशिल हुन्छ । मासिक श्राव, गर्भाधान, प्रसूती जस्ता अनेक चरणबाट उनीहरु गुजि्रनुपर्ने हुन्छ । यस क्रममा उनीहरुको प्रजनन अंगमा कतिपय संक्रमण हुनसक्छ । कतिपय समस्या आउन सक्छ । यसरी प्रजनन अंगमा देखापर्ने समस्याले पनि उनीहरुको यौन रुचीमा असर गर्छ ।

    टेस्टोरनको स्तर

    महिलामा टेस्टोरनको स्तर २० बर्षको अवस्थामा बढी हुन्छ  र त्यसपछि क्रमस कम हुँदै जान्छ । यसले गर्दा पनि महिलामा यौन इच्छा कम हुन्छ ।

    मेडिकल समस्या

    महिलाहरु यौनमा अनुदार एवं उदासिन हुँदै गएका छन् भने त्यसमा अरु पनि कारण हुनसक्छ । जस्तो कि, उनीहरु तनावग्रस्त हुनसक्छन् । उनीहरुमा थाइराइडको समस्या हुनसक्छ । एनिमिया व मधुमेहले पनि त्यस किसिमको समस्या आउन सक्छ ।

    गर्भनिरोधक चक्की

    महिलाको यौन जीवनमा प्रभाव पार्ने अर्को तत्व हो, गर्भनिरोधक चक्की । अनिच्छित गर्भ रोक्नका लागि सेवन गरिने यस्ता चक्कीले उनीहरुमा यौनप्रतिको रुची कम गराउँछ ।

    बाल्यकालको खराब याद

    कतिपय महिलाले बाल्यकालमा यौन उत्पीडन झेलेका हुन्छन् । बाल्यकाल वा किशोरावस्थामा उनीहरुले झेल्ने यस्तै पीडाले पनि उनीहरुमा यौन रुची घट्न थाल्छ । उनीहरु जसै यौन सम्बन्धका लागि तयार हुन्छन्, विगतको पीडादायक क्षणको यादले उनीहरुलाई झस्काइदिन्छ ।

    बढ्दो उमेर

    महिलाहरुमा उमेर बढ्दै गएपछि एन्ड्रोजनको स्तर कम हुन्छ । यसले गर्दा पनि उनीहरुमा यौन रुची घट्न थाल्छ । यसका साथै हर्मोन्सको असन्तुलन वा शरीरमा ल्यूटिनिसिंग हर्मोन्सको कमीले महिलामा यौन इच्छा कम हुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए
  • राष्ट्रको हित सांस्कृतिक विविधताको सम्मानबाट मात्र सम्भव : अध्यक्ष प्रचण्ड
  • न्युजिल्यान्डमा पनि बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने प्रस्ताव
  • ७.१ प्रतिशतले बढ्यो निजी क्षेत्रमा कर्जा प्रवाह
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए

    राष्ट्रको हित सांस्कृतिक विविधताको सम्मानबाट मात्र सम्भव : अध्यक्ष प्रचण्ड

    न्युजिल्यान्डमा पनि बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने प्रस्ताव

    ७.१ प्रतिशतले बढ्यो निजी क्षेत्रमा कर्जा प्रवाह

    पत्रकार महिलाको अर्थपूर्ण सहभागितामा अवरोध छः उपसभामुख राना

    महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

    नेपालको भूमिकाले भारत-पाकिस्तान युद्ध अन्त्य भएको प्रधानमन्त्रीको दाबी

    सुन चाँदी दुबैको घटयो मुल्य

    कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

    रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने

    युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए

    राष्ट्रको हित सांस्कृतिक विविधताको सम्मानबाट मात्र सम्भव : अध्यक्ष प्रचण्ड

    न्युजिल्यान्डमा पनि बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने प्रस्ताव

    ७.१ प्रतिशतले बढ्यो निजी क्षेत्रमा कर्जा प्रवाह

    पत्रकार महिलाको अर्थपूर्ण सहभागितामा अवरोध छः उपसभामुख राना

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए

    News

    राष्ट्रको हित सांस्कृतिक विविधताको सम्मानबाट मात्र सम्भव : अध्यक्ष प्रचण्ड

    News

    न्युजिल्यान्डमा पनि बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने प्रस्ताव

    News

    ७.१ प्रतिशतले बढ्यो निजी क्षेत्रमा कर्जा प्रवाह

    News

    पत्रकार महिलाको अर्थपूर्ण सहभागितामा अवरोध छः उपसभामुख राना

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑