• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  अर्थतन्त्र

    सौराहामा अपेक्षाभन्दा बढी पर्यटक

  • वीरगंज संजाल
  • Oct 31, 2020, 11:41 am
  • २६१३

    चितवन । लामो समयदेखि सुनसान रहेको सौराहामा एक्कासि चहलपहल छाएको छ । लकडाउन र निषेधाज्ञापछि पर्व बिदा  परेकाले पर्यटकको चहलपहल बढेको हो ।

    दसैँको टीकाको दिनयता राप्ती किनारका पबहरुमा आन्तरिक पर्यटक बढेका छन् भने होटल बुकिङ भइरहेका छन् । व्यवसायीले अपेक्षा गरेभन्दा बढी पर्यटक सौराहामा आइरहेका छन् । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार ३० देखि ३५ प्रतिशत होटल बुकिङ भइरहेका छन् । सुनसान अवस्थामा एकाएक पर्यटक आएपछि बिदामा रहेका कर्मचारी डाकेर होटल सञ्चालकले व्यवस्थापन गरिरहेका छन् ।

    उनका अनुसार सबै पर्यटक स्वदेशी हुन् । जिल्लाभन्दा बाहिरका पर्यटक बढी रहेको उनले जानकारी दिए । काठमाडौं, पोखरा, वीरगन्ज, बुटवल, नेपालगन्जलगायत क्षेत्रबाट पारिवारिक र समूहगत रुपमा युवाहरु यहाँ आएको भट्टराईको भनाइ छ । उनले भने, “यसले निरन्तरता पाए राम्रो हुन्थ्यो, भोलिदेखि के हुन्छ थाहा छैन ।” गएको चैत ११ गतेबाट बन्द रहेका सौराहाका होटलहरु बीचमा केही समय खुले पनि पर्यटक आएका थिएनन् । सौराहामा ११० होटल छन् जसमध्ये एक सय हाराहारीले सेवा सुरु गरेका छन् ।

    पर्यटकको चहलपहल बढेसँगै रेस्टुरेन्ट पनि खुलेका छन् । होटलमा भन्दा रेस्टुरेन्टको व्यापार बढी छ । जिल्लाका आन्तरिक पर्यटक घुमेर रेस्टुरेन्टमा रमाएर साँझ फर्किनेहरु पनि छन् भने बाहिरी जिल्लाका पर्यटक भने साँझ सौराहामै बस्ने गरेका छन् । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार सौराहामा रहेका ८० रेस्टुरेन्टमध्ये लगभग सबै खुलेका छन् । उनले भने, “व्यवसायी उत्साहित भएका छन् । क्रमशः बढ्ने हाम्रो अपेक्षा छ ।” राप्ती नदीको किनारमा बनाइएका पबमा बिहानदेखि साँझसम्म रमाउने क्रम बढेको उनले जानकारी दिए ।

    पर्यटक आएसँगै दैनिक चितवन राष्ट्रिय निकुञ्जभित्र जिप सफारी, स्थानीय सामुदायिक वनमा हात्ती सफारी सुरु भएको छ । सौराहाबाट काठमाडौं आवतजावत गर्ने पर्यटक बस पनि सञ्चालनमा आएका छन् । क्षेत्रीय होटल संघ सौराहाका पूर्वअध्यक्षसमेत रहेका जङ्‍गल सफारी लजका सञ्चालक सुमन घिमिरेले दसैँसँगै पर्यटक बढेपछि आफूहरुमा उत्साह थपिएको बताए । आन्तरिक पर्यटक आउने क्रम सुरु भएको भन्दै उनले कोभिड सङ्क्रमण नहोस् भन्नका लागि आवश्यक सम्पूर्ण सुरक्षा मापदण्ड अपनाइएको जानकारी दिए । “पाहुनाको स्वास्थ्य सुरक्षाका लागि नेपाल सरकारले तोकेको मापदण्ड हामीले पूरा गरेका छौं,” उनले भने । सबै व्यवसायीले सङ्क्रमण फैलिन नदिनका लागि सतर्कता अपनाएको उनको भनाइ छ ।

    सात महिनादेखि घरमै पट्यारलाग्दो बसाइले गर्दा पनि आन्तरिक पर्यटक घुम्‍न रुचाएका छन् । सफारीका लागि यो निकुञ्ज प्रख्यात छ । स्वदेशी र विदेशी पर्यटक यहाँ जङ्‍गल सफारीका लागि आउने गर्छन् । दुर्लभ एकसिंगे गैंडा, बाघ, घडियाल गोही जस्‍ता जनावर, चराचुरुङ्‍गीको अवलोकन गर्न पर्यटक आउने गर्छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश
  • काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त
  • भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का
  • एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    बारामा १० हजार लिटर घरेलु मदिरा बनाउने कच्चा पदार्थ नष्ट

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त

    इरान युद्धले बदलेको दशकौँ पुरानो तेल व्यापार, होर्मुजको विकल्प खोज्दै खाडी देशहरू

    किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

    कसरी दौडिँदै छ बागमती करिडोर निर्माणको काम?

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    News

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    News

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    News

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    News

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑