• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोभिड–१९ उपचार : नेपालमा आयुर्वेद औषधिको क्लिनिकल ट्रायल

  • वीरगंज संजाल
  • १५ कार्तिक २०७७, शनिबार ०९:५६
  • २९६९

    वीरगन्ज । विगत ८ महिनादेखि विश्वभर आंतक मच्चाएको कोरोना भाइरस संक्रमण (कोभिड–१९) उपचारको खोप र औषधि अझै पत्ता लागेको छैन। यस्तो अवस्थामा विश्वभरका वैज्ञानिकहरु खोप बनाउने काममा जुटेका छन् भने पहिले नै अन्य रोगका लागि चलाउँदै आइएका औषधि कोरोना उपचारमा चलाउँदै क्लिनिकल परीक्षण समेत भइरहेका छन्।

    कोरोना भाइरसले कमजोर प्रतिरक्षा शक्ति भएका मानिसलाई सबैभन्दा छिटै प्रभावित पार्ने भएकाले आयुर्वेदका विभिन्न औषधि पनि यो रोगका लागि उपयोगी हुने चर्चा समेत चलिरहेको छ।

    नेपालमा पाइने विभिन्न जटिबुटीबाट उत्पादित औषधिको प्रयोगले शरीरमा इम्युनिटी पावर बढाउने र श्वासप्रश्वासमा सहजता ल्याउने भएकाले आइसोलेसन र क्वारेन्टाइनमा रहेका व्यक्तिलाई त्यस्ता औषधि दिँदै पनि आएको पाइन्छ।

    यसैबीच, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले कोरोना भाइरस (कोभिड–१९) को उपचारका लागि आयुर्वेदिक गुणयुक्त जडिबुटीको प्रभावबारे ‘क्लिनिकल ट्रायल’ गरिरहेको छ।

    कोरोना संक्रमणको कुनै उपचार वा खोप पत्ता नलागेको अवस्था विभिन्न अध्ययन तथा अनुसन्धान जारी नै छ। यस्तो अवस्थामा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पनि नेपालमा विभिन्न एलोपेथिक र आयुर्वेद औषधिको क्लिनिकल परीक्षण गरिरहेको छ।

    नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पहिलो पटक नेपालमा आयुर्वेद औषधिको क्लिनिकल परीक्षण गर्न लागेको हो। यसअघि अन्य विभिन्न अध्ययनहरु भए पनि आयुर्वेद औषधिको ‘क्लिनिकल ट्रायल’ भने भएको थिएन।

    नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का आयुर्वेद कन्सलट्यान्ट एवं त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम), आयुर्वेद क्याम्पसका प्राध्यापक डा विष्णुदयाल पटेलको नेतृत्वमा आयुर्वेद औषधि येष्टीमधु (जेठीमधु) र त्रिकटु (मरिच, सुठो र पिप्ला) मिश्रण गरी तयार पारिएको आयुर्वेदिक औषधिको ‘क्लिनिकल ट्रायल’ गरिरहेको छ। यो औषधि येष्टीमधु (जेठीमधु) र त्रिकटु (मरिच, सुठो र पिप्ला) मिश्रण पाउडरमा हुन्छ। जसमा बनेको काडा वा चिया बिरामीलाई दिइन्छ।

    यो परीक्षण प्रदेश २ र प्रदेश ५ मा भइरहेको र एक महिनापछि यस अनुसन्धानबाट आएको नतिजा सार्वजनिक हुने डा पटेलले जानकारी दिए।

    जेष्टीमधु र त्रिकुटबाट बनेको चिया जस्तो काडा बिहान र बेलुका खाना खानुअघि संक्रमितलाई दिइने छ। यो औषधिले घाँटी खसखस हुने, चिलाउने, शरीर दुख्ने जस्ता समस्या कम गर्ने तथा भोक जगाउने काम गर्छ। कोरोना संक्रमितमा पनि यिनै लक्षणहरु देखा पर्ने भएकाले यो औषधिको परीक्षण गर्न लागिएको परिषद्ले जनाएको छ।

    डा. पटेलले भने, ‘उक्त अध्ययनका क्रममा ५० जना बिरामीलाई यो औषधि दिइने छ र ५० जनालाई दिइने छैन,’ त्यसबाट आयुर्वेद औषधि लिइएका र  अन्य औषधिबाट उपचार गरिरहेका बिरामीको तुलनात्मक अध्ययन गरी कुन औषधि कति छिटो संक्रमितको नेगेटिभ रिपोर्ट आयो भनेर हेरिने छ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा वासुदेव उपाध्यायका अनुसार यो सयौं वर्ष पहिलादेखि नेपालमा प्रयोग हुँदै आएको औषधि हो। पहिले मानिसहरुले रुघाखोकी, श्वासप्रश्वासको समस्या हुँदा घरमा पाइने यिनै जडिबुटी प्रयोग गर्ने गर्थे।

    महानिदेशक उपाध्याय भन्छन्,‘ नेपालमा पहिलो पटक क्लिनिकल ट्रायल भइरहेको छ। यसले अन्य आयुर्वेद औषधिको अध्ययनमा बाटो खुलेको छ। कोभिड–१९ को उपचारका लागि ट्रायल भइरहेको यो औषधि सामान्य र मध्यम लक्षण भएका बिरामीलाई दिने हो। संक्रमित गम्भीर छन् भने उनीहरुलाई अन्य उपचार जरुरी पर्छ।’ आयुर्वेदिक औषधि वा अन्य कुनै पनि औषधिले कोभिड–१९ निको पार्ने तथ्य अझ फेला परेको छैन।

    स्वास्थ्य तथा वैकल्पिक चिकित्सा विभागले ‘नेपालमा कोभिड–१९ को रोकथामका लागि तथा व्यवस्थापनको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सा सम्बन्धी निर्देशिका’ पनि जारी गरेको छ। जसमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्दतिले विभिन्न श्वासप्रश्वास तथा ज्वरो उपचार र व्यवस्थापन उपयोगी हुने उल्लेख छ। उक्त निर्देशिकामा रोग प्रतिरोधात्मक क्षमताको विकासका लागि तुलसीको पात, सुठो, मरिच, दालचिनी, कालो किसमिसलाई खस्रो धुलो पारी २३ ग्रामको मात्रा १ कप  उमालेको पानीमा मिसाएर गुड वा कागतीको रस हाली चियाको रुपमा दिनको एक वा दुई पटक प्रयोग गर्न सकिने पनि सुझाव दिइएको छ।

    विभागले कोभिड–१९ सम्बन्धमा जारी गरेको एक सन्देशमा गुडुची (गुर्जो) ५ ग्राम आधा लिटर पानीमा पकाएर आधा बाँकी रहेपछि चियाजस्तै पिउन, असुराको पात र बेसारलाई १ लिटर पानीमा पकाएर आधा बनाई पिउन, सुठो, मरिच, पिप्ला २ ग्राम र तुलसीको पात ५ वटा १ लिटर पानीमा पकाएर आधा भएपछि पिउन र तेजपात २ ग्राम, दालचिनी २ ग्राम आधा लिटर पनीमा पकाएर पिउन र नियमित योग गर्न पनि सुझाइएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा
  • कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?
  • शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान
  • ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    सुकुम्बासीलाई सुरक्षित बनाउन खोजिएको हो : बालेन

    निर्वाचन सर्दैन, तोकिएकै मितिमा हुन्छ : प्रधानमन्त्री कार्की

    बालेन्द्रले मात्रै प्रयोग गर्ने गरेको महानगरको लिफ्ट सर्वसाधारणका लागि खुला

    ११ वर्ष से फरार हत्या आरोपी सिराहा से गिरफ्तार

    अमेरिका र भारतबीच ‘व्यापार सम्झौतामा सहमति’

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    News

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    News

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    News

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    News

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑