• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोभिड–१९ उपचार : नेपालमा आयुर्वेद औषधिको क्लिनिकल ट्रायल

  • वीरगंज संजाल
  • १५ कार्तिक २०७७, शनिबार ०९:५६
  • २६५३

    वीरगन्ज । विगत ८ महिनादेखि विश्वभर आंतक मच्चाएको कोरोना भाइरस संक्रमण (कोभिड–१९) उपचारको खोप र औषधि अझै पत्ता लागेको छैन। यस्तो अवस्थामा विश्वभरका वैज्ञानिकहरु खोप बनाउने काममा जुटेका छन् भने पहिले नै अन्य रोगका लागि चलाउँदै आइएका औषधि कोरोना उपचारमा चलाउँदै क्लिनिकल परीक्षण समेत भइरहेका छन्।

    कोरोना भाइरसले कमजोर प्रतिरक्षा शक्ति भएका मानिसलाई सबैभन्दा छिटै प्रभावित पार्ने भएकाले आयुर्वेदका विभिन्न औषधि पनि यो रोगका लागि उपयोगी हुने चर्चा समेत चलिरहेको छ।

    नेपालमा पाइने विभिन्न जटिबुटीबाट उत्पादित औषधिको प्रयोगले शरीरमा इम्युनिटी पावर बढाउने र श्वासप्रश्वासमा सहजता ल्याउने भएकाले आइसोलेसन र क्वारेन्टाइनमा रहेका व्यक्तिलाई त्यस्ता औषधि दिँदै पनि आएको पाइन्छ।

    यसैबीच, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले कोरोना भाइरस (कोभिड–१९) को उपचारका लागि आयुर्वेदिक गुणयुक्त जडिबुटीको प्रभावबारे ‘क्लिनिकल ट्रायल’ गरिरहेको छ।

    कोरोना संक्रमणको कुनै उपचार वा खोप पत्ता नलागेको अवस्था विभिन्न अध्ययन तथा अनुसन्धान जारी नै छ। यस्तो अवस्थामा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पनि नेपालमा विभिन्न एलोपेथिक र आयुर्वेद औषधिको क्लिनिकल परीक्षण गरिरहेको छ।

    नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पहिलो पटक नेपालमा आयुर्वेद औषधिको क्लिनिकल परीक्षण गर्न लागेको हो। यसअघि अन्य विभिन्न अध्ययनहरु भए पनि आयुर्वेद औषधिको ‘क्लिनिकल ट्रायल’ भने भएको थिएन।

    नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का आयुर्वेद कन्सलट्यान्ट एवं त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम), आयुर्वेद क्याम्पसका प्राध्यापक डा विष्णुदयाल पटेलको नेतृत्वमा आयुर्वेद औषधि येष्टीमधु (जेठीमधु) र त्रिकटु (मरिच, सुठो र पिप्ला) मिश्रण गरी तयार पारिएको आयुर्वेदिक औषधिको ‘क्लिनिकल ट्रायल’ गरिरहेको छ। यो औषधि येष्टीमधु (जेठीमधु) र त्रिकटु (मरिच, सुठो र पिप्ला) मिश्रण पाउडरमा हुन्छ। जसमा बनेको काडा वा चिया बिरामीलाई दिइन्छ।

    यो परीक्षण प्रदेश २ र प्रदेश ५ मा भइरहेको र एक महिनापछि यस अनुसन्धानबाट आएको नतिजा सार्वजनिक हुने डा पटेलले जानकारी दिए।

    जेष्टीमधु र त्रिकुटबाट बनेको चिया जस्तो काडा बिहान र बेलुका खाना खानुअघि संक्रमितलाई दिइने छ। यो औषधिले घाँटी खसखस हुने, चिलाउने, शरीर दुख्ने जस्ता समस्या कम गर्ने तथा भोक जगाउने काम गर्छ। कोरोना संक्रमितमा पनि यिनै लक्षणहरु देखा पर्ने भएकाले यो औषधिको परीक्षण गर्न लागिएको परिषद्ले जनाएको छ।

    डा. पटेलले भने, ‘उक्त अध्ययनका क्रममा ५० जना बिरामीलाई यो औषधि दिइने छ र ५० जनालाई दिइने छैन,’ त्यसबाट आयुर्वेद औषधि लिइएका र  अन्य औषधिबाट उपचार गरिरहेका बिरामीको तुलनात्मक अध्ययन गरी कुन औषधि कति छिटो संक्रमितको नेगेटिभ रिपोर्ट आयो भनेर हेरिने छ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा वासुदेव उपाध्यायका अनुसार यो सयौं वर्ष पहिलादेखि नेपालमा प्रयोग हुँदै आएको औषधि हो। पहिले मानिसहरुले रुघाखोकी, श्वासप्रश्वासको समस्या हुँदा घरमा पाइने यिनै जडिबुटी प्रयोग गर्ने गर्थे।

    महानिदेशक उपाध्याय भन्छन्,‘ नेपालमा पहिलो पटक क्लिनिकल ट्रायल भइरहेको छ। यसले अन्य आयुर्वेद औषधिको अध्ययनमा बाटो खुलेको छ। कोभिड–१९ को उपचारका लागि ट्रायल भइरहेको यो औषधि सामान्य र मध्यम लक्षण भएका बिरामीलाई दिने हो। संक्रमित गम्भीर छन् भने उनीहरुलाई अन्य उपचार जरुरी पर्छ।’ आयुर्वेदिक औषधि वा अन्य कुनै पनि औषधिले कोभिड–१९ निको पार्ने तथ्य अझ फेला परेको छैन।

    स्वास्थ्य तथा वैकल्पिक चिकित्सा विभागले ‘नेपालमा कोभिड–१९ को रोकथामका लागि तथा व्यवस्थापनको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सा सम्बन्धी निर्देशिका’ पनि जारी गरेको छ। जसमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्दतिले विभिन्न श्वासप्रश्वास तथा ज्वरो उपचार र व्यवस्थापन उपयोगी हुने उल्लेख छ। उक्त निर्देशिकामा रोग प्रतिरोधात्मक क्षमताको विकासका लागि तुलसीको पात, सुठो, मरिच, दालचिनी, कालो किसमिसलाई खस्रो धुलो पारी २३ ग्रामको मात्रा १ कप  उमालेको पानीमा मिसाएर गुड वा कागतीको रस हाली चियाको रुपमा दिनको एक वा दुई पटक प्रयोग गर्न सकिने पनि सुझाव दिइएको छ।

    विभागले कोभिड–१९ सम्बन्धमा जारी गरेको एक सन्देशमा गुडुची (गुर्जो) ५ ग्राम आधा लिटर पानीमा पकाएर आधा बाँकी रहेपछि चियाजस्तै पिउन, असुराको पात र बेसारलाई १ लिटर पानीमा पकाएर आधा बनाई पिउन, सुठो, मरिच, पिप्ला २ ग्राम र तुलसीको पात ५ वटा १ लिटर पानीमा पकाएर आधा भएपछि पिउन र तेजपात २ ग्राम, दालचिनी २ ग्राम आधा लिटर पनीमा पकाएर पिउन र नियमित योग गर्न पनि सुझाइएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए
  • राष्ट्रको हित सांस्कृतिक विविधताको सम्मानबाट मात्र सम्भव : अध्यक्ष प्रचण्ड
  • न्युजिल्यान्डमा पनि बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने प्रस्ताव
  • ७.१ प्रतिशतले बढ्यो निजी क्षेत्रमा कर्जा प्रवाह
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए

    राष्ट्रको हित सांस्कृतिक विविधताको सम्मानबाट मात्र सम्भव : अध्यक्ष प्रचण्ड

    न्युजिल्यान्डमा पनि बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने प्रस्ताव

    ७.१ प्रतिशतले बढ्यो निजी क्षेत्रमा कर्जा प्रवाह

    पत्रकार महिलाको अर्थपूर्ण सहभागितामा अवरोध छः उपसभामुख राना

    महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

    नेपालको भूमिकाले भारत-पाकिस्तान युद्ध अन्त्य भएको प्रधानमन्त्रीको दाबी

    सुन चाँदी दुबैको घटयो मुल्य

    कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

    रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने

    युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए

    राष्ट्रको हित सांस्कृतिक विविधताको सम्मानबाट मात्र सम्भव : अध्यक्ष प्रचण्ड

    न्युजिल्यान्डमा पनि बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने प्रस्ताव

    ७.१ प्रतिशतले बढ्यो निजी क्षेत्रमा कर्जा प्रवाह

    पत्रकार महिलाको अर्थपूर्ण सहभागितामा अवरोध छः उपसभामुख राना

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए

    News

    राष्ट्रको हित सांस्कृतिक विविधताको सम्मानबाट मात्र सम्भव : अध्यक्ष प्रचण्ड

    News

    न्युजिल्यान्डमा पनि बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने प्रस्ताव

    News

    ७.१ प्रतिशतले बढ्यो निजी क्षेत्रमा कर्जा प्रवाह

    News

    पत्रकार महिलाको अर्थपूर्ण सहभागितामा अवरोध छः उपसभामुख राना

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑