• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  अर्थतन्त्र

    फेस्टिभ मुडबाट बाहिरिए लगानीकर्ता, २०७४ साउनपछिकै उच्च पुगेको नेप्सेमा पौने ३ अर्बको कारोबार

  • वीरगंज संजाल
  • Oct 28, 2020, 11:30 pm
  • २५४५

    वीरगंज। दसैँपछिको पहिलो कारोबार दिनमै सेयर बजारमा उछाल आएको छ । दसैँमा पाँच दिनको सार्वजनिक बिदापछि बुधबारबाट खुलेको सेयर बजारमा उछाल देखिँदा नेप्से ३ वर्षयताकै उच्च विन्दुमा पुगेको छ । आज नेप्से ४० अंकभन्दा बढीले वृद्धि भएर १६४७ अंक पुगेको छ । २०७७ साउन २६ गते नेप्से १६५३.५३ अंक थियो । त्यसपछि लगातर घटेको नेप्से ११०० अंकसम्म झर्‍यो ।

    दसैँ अझैं बाँकी रहेको अवस्थामा पनि नेप्सेमा भने उछाल देखिएको छ । कोभिडका कारण यो वर्ष नेपालीले परिवारमा मात्रै दसैँ सीमित गर्दा लगानीकर्ता चाँडै फेस्टिभ मुडबाट बाहिरिएका छन् । जसले गर्दा कारोबार रकमसँगै नेप्सेमा पनि उछाल देखिएको छ ।

    सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेको अवस्थामा लगानीकर्ताले लाभांश बुक गर्न दसैँपछि बजारमा खरिद चाप बढाएका छन् । विशेष गरेर वाणिज्य बैंकको सेयरमा लगानीकर्ताको आकर्षण हुँदा नेप्सेमा उछाल आएको छ ।

    वाणिज्य बैंक समूहको प्रतिनिधित्व गर्ने बैंकिङ समूहको सूचक ४.२७ प्रतिशतले वृद्धि हुँदा नेप्से २.५७ प्रतिशतले बढेको छ । आज ४१.२ अंकले वृद्धि हुँदा नेप्से १६४७.४५ अंकमा बन्द भएको छ । २०७२ मा अहिलेसम्मकै उच्च १८८१ अंकमा पुगेर झरेको नेप्सेले पुन: सोही विन्दु पछ्याउँदै गएको विश्लेषकहरु बताउँछन् ।

    दसैँअगाडि नेप्से १६०६.२५ अंकमा बन्द भएको थियो । आज प्रि-ओपनिङ सेसनमा  २०७४ साउन १२ गते १६१२.५१ अंकमा खुलेको नेप्से बजार खुलेसँगै लगातार बढेको हो । सूचीकृत कम्पनीले धमाधम लाभांश घोषणा गरिरहेको, बैंकमा कर्जाको ब्याजदर घटेको पर्याप्त तरलाता भएको कोभिड १९ को कारण व्यापार व्यावसाय प्रभावित हुँदा लगानीको सुरक्षित क्षेत्रका रुपमा सेयर बजार रहेकाले नेप्सेले यसअघिको १८८१ अंकका रेकर्ड तोड्ने सक्ने विश्लेषकहरु बताउँछन् ।

    दसैँपछिको पहिलो कारोबारर दिनमै बजारलाई लिड गर्ने बैंकिङ समूहको सूचकमा देखिएको उछाल र त्यसले नेप्सेमा भएको वृद्धिले पनि अझै बढ्नसक्ने संकेत देखिन्छ । आज नेप्सेमा व्यापारबाहेक अन्य सबै समूहको सूचकमा हरियाली देखिएको छ । विकास बैंक समूहको सूचक पनि २.९१ प्रतिशत वृद्धि भएको छ । यस्तै व्यापार समूहको सूचक भने ०.८ प्रतिशतले घटेको छ ।

     

     

    आज नेप्सेमा कारोबार रकम तथा धेरै सेयर मूल्य बढ्ने कम्पनीमा वाणिज्य बैंकहरुको नै वर्चश्‍व छ । नेप्सेमा १८८ कम्पनीको ९३ लाख २२ हजार ०८५ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ७२ करोड ५९ लाख ९४ हजारको सेयर कारोबार भएको छ । ४२ हजार ६१८ वटा कारोबारबाट उक्त रकमको सेयर किनबेच भएका हो ।

    आज ग्लोबल आईएमई बैंकको २० करोड ६५ लाख ४५ हजारको सेयर कारोबार हुँदा धेरै कारोबार हुने कम्पनीम प्राइम कमर्सियल बैंक, प्रभु बैंक, सिटिजन्स बैक र नेपाल बैंक छन् । प्राइम कमर्सियल बैंक, नेपाल फाइनान्स र सिटिजन्स बैंकको सेयर मूल्य करिब १० प्रतिशतले बढेर पोजेटिभ सर्किट लाग्दा प्रभु बैंकको ८.५ र सनराइज बैंकको सेयर मूल्य ७.५७ प्रतिशतले बढेको छ । आज नेप्सेमा गुमाउने भने हाइड्रोपावरका लगानीकर्ता छन् । धेरै सेयर मूल्य घट्ने ५ कम्पनीमा हाइड्रोपावर मात्रै छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश
  • काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त
  • भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का
  • एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    बारामा १० हजार लिटर घरेलु मदिरा बनाउने कच्चा पदार्थ नष्ट

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त

    इरान युद्धले बदलेको दशकौँ पुरानो तेल व्यापार, होर्मुजको विकल्प खोज्दै खाडी देशहरू

    किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

    कसरी दौडिँदै छ बागमती करिडोर निर्माणको काम?

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    News

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    News

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    News

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    News

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑