• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / राजनीति

    भारत र अमेरिकाबीच नयाँ सैन्य सम्झौता हुँदै, चीनलाई चेतावनी ?

  • वीरगंज संजाल
  • ११ कार्तिक २०७७, मंगलवार ११:५०
  • २०८५

    भारत | भारत र अमेरिकाबीच आधारभूत आदानप्रदान तथा सहकार्य सम्झौता (बेका) मा मंगलवार हस्ताक्षर हुने भएको छ । यस सम्झौताअन्तर्गत दुई देशले भूस्थानिक सूचना आदानप्रदान, नक्साहरूको सूचना तथा रक्षा मामिलाका लागि भूउपग्रहीय तस्वीर साझा गर्ने काम पर्दछ ।

    सम्झौताका लागि अमेरिकाका रक्षामन्त्री मार्क टी एस्पर र परराष्ट्रमन्त्री माइकल आर पोम्पेओ सोमवार नयाँ दिल्ली आइपुगेका छन् । उनीहरूले भारतीय समकक्षीहरू रक्षामन्त्री राजनाथ सिंह र परराष्ट्रमन्त्री एस जयशंकरसँग कुराकानी गरिरहेका छन् । अमेरिकामा राष्ट्रपति चुनाव आउनुभन्दा एक हप्ताअघि भारत र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धलाई यस सम्झौताले थप सुदृढ बनाएको विश्लेषण गरिँदैछ ।

    भारतको रक्षा मन्त्रालयले यस भ्रमणका क्रममा बेका सम्झौता हुने भनी सन्तोष व्यक्त गरेको छ । विगत चार वर्षमा भारत र अमेरिकाबीच तीनवटा आधारभूत सैन्य सम्झौता भएका छन् जसले गर्दा दुई देशबीचको सैन्य सम्बन्ध थप निकट बनेको छ । रक्षा मन्त्रालयको विज्ञप्तिमा उल्लेख भएअनुसार, दुवै देशका रक्षामन्त्रीले विभिन्न क्षेत्रमा द्विपक्षीय रक्षा सहकार्यमा समीक्षा गरेका छन् ।

    अमेरिकी रक्षामन्त्री एस्परदले मालाबार २०२० सैन्य अभ्यासमा अस्ट्रेलिया पनि सहभागी हुने विषयलाई स्वागत गरे । उक्त अभ्यासमा अस्ट्रेलिया पनि सामेल हुने भनी भारतले केही दिनअघि घोषणा गरेको थियो । छलफलका क्रममा सिंहले आत्मनिर्भर भारतअन्तर्गत रक्षा क्षेत्रका पहलहरूमा जोड दिए र अमेरिकी कम्पनीहरूलाई भारतको उदारीकृत नीति तथा अनुकूल रक्षा उद्योग प्रणालीको फाइदा उठाउन आग्रह गरे ।

    उता भारतका विदेशमन्त्री एस जयशंकरले अमेरिकी समकक्षी पोम्पेओसँग हैदराबाद हाउसमा भेटघाट गरेर विश्व परिस्थिति तथा त्यसका समकालीन चुनौतीहरूका विषयमा कुराकानी गरेको बताइएको छ । एसियाको स्थिरता तथा सुरक्षाका विषयमा समान चिन्ता र चासो पनि त्यसक्रममा व्यक्त भएको बताइएको छ । उनीहरूले चीनको चुनौतीका विषयमा कुरा गरेको बुझिएको छ ।

    मंगलवारको बैठकमा पनि चारैजना मन्त्रीहरूले विशेष विषयमा कुराकानी गर्ने बताइएको छ । भारत र अमेरिकाबीच दुई जोड दुई मन्त्रीस्तरीय बैठक भइरहेको हो । कोभिडका कारण अधिकांश कूटनीतिक बैठकहरू भिडियो कन्फरेन्सिङमार्फत भइरहेकोमा यसरी आमनेसामने भएर भेटघाट गर्नु आफैंमा दुर्लभ कुरा हो ।

    विगत पाँच महिनादेखि पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखामा भारत र चीनका सैनिकहरूबीच गतिरोधको स्थितिमा भारत र अमेरिकाका मन्त्रीहरूबीच प्रत्यक्ष भेटघाटको आफ्नै महत्त्व छ । चीनले भारतविरुद्ध चालेको कदमलाई अमेरिकाले कठोर आलोचना गर्दै आएको छ र त्यसको नेतृत्व माइक पोम्पेओले आफैंले गरेका छन् ।
    बेका सम्झौता भएपछि भारतले अमेरिकाको भूस्थानिक सूचना उपयोग गर्न पाउँछ र क्षेप्यास्त्र तथा सशस्त्र ड्रोन जस्ता हतियार र स्वचालित प्रणालीको सटीकता बढ्छ । भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ । यस सहकार्यअन्तर्गत उच्चस्तरीय भूउपग्रहीय तस्वीर, टेलिफोन इन्टरसेप्ट तथा सीमामा चिनियाँ सैनिक र हतियार तैनाथीको आँकडा आदानप्रदान पनि गरिनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑