- चायालाई फेसप्याक
- एक चम्चा काँचो दूध, आधा चम्चा कागतीको रस, आधा चम्चा गोलभेँडाको रस र त्यसमा पाउरोटीको सेतो भाग मिसाएर प्याक बनाई अनुहारमा लगाउने । २० मिनेटपछि पखाल्ने ।
- मुगीको दाल ठूलो एक चम्चा, दही सानो एक चम्चा, अन्डाको सेतो भाग र पहेँलो भाग दुई चम्चा, आधा भाग कागतीको रस, आधा चम्चा मह, एक चिम्टी बेसार मिसाई प्याक बनाएर अनुहारमा लगाउने । २० मिनेटपछि पुछ्ने (पखाल्ने) ।
- कालो तुलसीको पातमा थोरै मह, तीन–चार थोपा कागतीको रस मिसाएर राति सुत्ने वेलामा फेसप्याकका रूपमा लगाउने । २० मिनेटपछि पखाल्ने ।