™बिरगंज । बिपि कोईराला स्कुल अफ पब्लिक पौलिसी पर्साले कार्यसमितिमा पदाधिकारीहरु चयन गरेकाे छ ।
बिपि कोईराला स्कुल अफ पब्लिक पौलिसीमा उपाध्यक्षमा तिन जना, सचिवमा एक जना,काेषाध्यक्ष एक जना, सह-सचिव पाँचजना र सदसयमा एकचालिस जना चयन भएकाे र साथै कार्यसमिति सल्लाहकारमा प्रदेश २ का उपाध्यक्ष विकास तिवारी तथा सदस्य केशवराज मिश्र, रमेश यादव र युसुफ अहमद रहेकाे बिपि कोईराला स्कुल अफ पब्लिका अध्यक्ष अभय कर्णले बताए।
साथै अध्यक्ष कर्णले आउने केही दिन भित्र विभिन्न कार्यक्रमका साथ विभिन्न क्षेत्रलाई समेट्दै जाने तथा सफल तरिकाले कार्य सञ्चालन गर्दै जाने र आउने केही दिनमै सामाजिक विकृती विरुद्ध पाईला चाल्दै त्यसको अन्त्यका निम्ति सघाउने कार्य गरिने जानकारी समेत दिए । त्यसै गरि उन्ले कार्यकाल सफल बनाउन सबैकाे विशेष भुमिकाको अपेक्षा रहेकाे भन्दै अध्यक्ष कर्णले सम्पुर्णमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन । रासस