वीरगञ्ज । नेकपा पर्साका जिल्ला सदस्य मुकेश चौरसियाको निधनप्रति जनता समाजवादी पार्टी पर्साले पनि ध्यानाकर्षण भएको जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिन्दवासिनि गाउँपालिकाको सपत ग्रहण कार्यक्रममा भएको झडपमा परी घाइते भएका गाउँ कमिटि सचिब समेत रहेका चौरसियाको उपचारको क्रममा मृत्यु भएको घटनाको निष्पक्ष छानविन गर्न समाजवादी पार्टी पर्साले माग गरेको छ ।
तत्कालिन समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादब र तत्कालिन राष्ट्रिय जनता पार्टी पर्साका अध्यक्ष जगदीस पटेलद्वारा सयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तीमार्फत हालसम्म पनि उक्त घटनाको उजुरी दर्ता नगरेको भन्दै आपत्ति जनाइएको छ ।
साथै उक्त घटनालाई गैरराजनीतिक घटनाको संज्ञा दिदै कसैको दवाव र प्रभावमा नपरी पेसागत व्यावसायिकतालाई पालना गरेर घटनाको अनुसन्धान गर्न प्रहरी प्रशासनलाई विज्ञप्तीमार्फत आग्रह गरिएको छ । त्यसैगरी नेकपाका नेता तथा कार्यकर्ताहरुलाई पनि घटनालाई राजनीति आवरणबाट बचाउन सुझाव समाजवादी पार्टी पर्साले दिएको छ ।