वीरगंज । विभिन्न चाडबाडको अवसरमा हामीले प्राय रक्सी र मासु सेवन गर्ने चलन छ ।दशैं तिहारको अवसरमा आफ्नो घर परिवार, आफन्त र साथीभाईसँग भेट गरेर एक आपसमा सुख दुखका कुराहरु सेयर गर्दै रक्सी र मासु खाने चलन छ ।तर अधिक रक्सी सेवनबाट कलेजोको रोग, स्ट्रोक, मुटु रोग र क्यान्सरको सम्भावना बढी हुन्छ । उच्च रक्तचापको प्रमुख कारण रक्सी सेवन पनि हो ।
रक्सीमा अत्याधिक शक्ति हुन्छ । यसबाट शरीरलाई प्रसस्त क्यालोरी प्राप्त हुन्छ । यसले शरीरको तौल बढाउन मद्दत पु¥याउँछ । तौल घटाउन रक्सीको सेवन बन्द गर्नुपर्छ ।उच्च रक्तचापका रोगीले रक्सी सेवन बन्द गरेमा रक्तचाप पनि कम भएर जान्छ । रक्सी थोरै मात्रामा सबैका लागि फाइदाजनक छ भनी निष्कर्ष निकाल्नु कदापि हुँदैन । रक्सी र मासु खाँदा बोसो जम्ने समस्या आउँछ ।
कलेजोमा केही मात्रामा बोसो हुनु स्वभाविक भए पनि १० प्रतिशतभन्दा बढी बोसो छ भने यस्तो अवस्थालाई कलेजोमा बोसो जमेको मानिन्छ । सुरुमा यसले खासै असर नगरे पनि पछि यसले सिरोसिस भई क्यान्सर समेत हुनसक्ने चिकित्सकहरु बताउने गर्छन ।कलेजोमा बोसो जम्ने समस्यालाई रक्सीको कारणले र रक्सीबाहेकका अन्य कारणले हुने हिसाबले दुई वर्गमा बाँडिएको छ । रक्सी नखाने तर चिल्लो बोसोयुक्त खाना खाना, बढी मासु खाने व्यक्तिलाई यो समस्या देखिन सक्छ ।
रक्सीको थोरै मात्रामा सेवन गरिरहेका व्यक्तिले रक्सी सेवन चालू राख्ने या बन्द गर्ने निर्णय लिन प्रत्येक ६–६ महिनामा चिकित्सकको राय लिनु आवश्यक हुन्छ ।चाडपर्वमा प्राय सबैले मासु खाने गरेका छौं । नहुनेले पनि ऋणपान गरेरै भए पनि दसैंमा मासु खानैपर्छ भन्ने मान्यता राखिन्छ। तर यस्तो पर्वमा मासु कति, कसरी र कस्तो खाने भन्ने सन्दर्भमा सचेत हुनु जरुरी छ ।प्रायले मासु खाए पुग्यो भन्ने मान्याता राखिन्छ । गलत तरिकाले भण्डारण गरिएका र बासी मासु खाँदा ज्यान सक्ने स्वाथ्यकर्मीहरुले बताउँदै आएका छन् ।
यस्तो चाडबाडमा मासु खानै नहुने भन्ने होइन, तर कस्तो मासु खाने, कति र कसरी खाने भन्नेले महत्वपूर्ण हुन्छ । मासु भन्नासाथ खसी, बोका, भेडा, च्याङ्ग्रा, राँगा, सुँगुर, कुखुरा, हाँस र माछा बुझिन्छ । रातोभन्दा सेतो मासु खान उपयुक्त हुन्छ । रातो मासु खानै हुँदैन भन्ने होइन तर मात्रा मिलाएर खान जान्नुपर्ने स्वास्थ्यकर्मीहरुको भनाई छ ।मिर्गौलारोगी, कोलस्ट्रोल, युरिक एसिड र रगतमा चिल्लो मात्रा बढी भएकाले रातो मासु खाँदै नखाँदा राम्रो हुने बताइएको छ ।