• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  अर्थतन्त्र

    नेपालमा पनि क्लिन फिड लागु, नेपालमा प्रसारण हुने विदेशी च्यानलले विज्ञापन प्रसारण गर्न नपाउने

  • वीरगंज संजाल
  • Oct 23, 2020, 2:12 pm
  • २७६९

    काठमाडौं । नेपालमा प्रसारण हुने विदेशी च्यानलमा विदेशी विज्ञापन प्रसारण कात्तिक ८ अर्थात् भोलिदेखि नहुने भएको छ । विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ६ (१) अनुसार नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने र ऐन प्रारम्भ हुँदाको बखतमा विदेशी च्यानलसँग डाउनलिङ्‍क गरी प्रसारण गर्ने सम्झौता गरिसकेका संस्थाहरूले ऐन प्रारम्भ भएको मितिले १ वर्षभित्र अर्थात २०७७ कात्तिक ७ गतेभित्र विज्ञापनरहित प्रसारण गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही व्यवस्थाअनुसार भोलिदेखि नेपालमा प्रसारण हुने कुनै पनि विदेशी च्यानलमा विज्ञापन प्रसारण गर्न पाइने छैन । संघीय संसदबाट पारित विज्ञापन (नियमन गर्ने) ऐन २०७६ गत वर्ष कात्तिक ८ मा प्रमाणीकरण भएको थियो । ऐनको परिच्छेद २ को ६ (१) मा विज्ञापनरहित प्रकाशन वा प्रसारण गर्नुपर्ने प्रावधान राखिएको छ ।

    विदेशी च्यानल क्लिन फिड (विज्ञापनरहित) प्रसारण भए/नभएको कात्तिक ८ गतेदेखि अनुगमन गर्ने जनाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विज्ञापन ऐनको व्यवस्थाअनुसार क्लिन फिड कार्यान्वयन नगर्नेलाई कानुनअनुसार कारबाही हुने बताए । विज्ञापन (नियमन गर्ने) ऐनको व्यवस्थाअनुसार नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने र ऐन प्रारम्भ हुँदाको बखतमा विदेशी च्यानलसँग डाउनलिङ्‍क गरी प्रसारण गर्ने सम्झौता गरिसकेका संस्थाहरूले ऐन प्रारम्भ भएको मितिले १ वर्षभित्र अर्थात २०७७ कात्तिक ७ गतेभित्र विज्ञापनरहित प्रसारण गर्नुपर्ने स्पष्ट कानुनी व्यवस्था रहेको उनले बताए । यसको कार्यान्वयन गर्नु गराउनु सम्बन्धित सबै पक्षको दायित्व रहेको उनले बताए । उक्त कानून कार्यान्वयनका लागि विज्ञापन बोर्डको गठन भइसकेको उनले बताए । सरकारले संसद्‌बाट कानुन पारित भई कार्यान्वयन गर्ने अघिल्लो दिन मात्रै बोर्ड गठन गरेको हो ।

    विज्ञापन बजार शत्‌प्रतिशत बढ्ने दाबी
    यो कानुन कार्यान्वयनमा आएसँगै नेपाली विज्ञापन बजार शत्‌प्रतिशतले बढ्ने विश्वास विज्ञापन व्यवसायीहरूको छ ।
    नेपालमा प्रसारण हुने कुनै पनि विदेशी च्यानलबाट प्रसारण हुने विज्ञापन नेपाली उपभोक्ताले हेर्न नपाउने भएपछि नेपाली उपभोक्तालाई केन्द्रित गरेर विज्ञापन प्रसारण गर्ने विदेशी कम्पनीहरूले अब नेपाली भाषामा नै विज्ञापन बनाउनुपर्ने हुन्छ । यसले गर्दा नेपाली विज्ञापन बजारको दायरा विस्तार हुने विज्ञापन व्यवसायीको भनाइ छ ।

    नेपाल विज्ञापन संघ (आन) का अध्यक्ष रवीन्द्र रिजाल क्लिन फिड लागु भएपछिको समयदेखि दुई वर्षभित्र विज्ञापन बजार शत्‌प्रतिशतले बढ्ने बताउँछन् । विज्ञापन उत्पादनदेखि वितरणसम्मसमेत गरी समग्र विज्ञापन बजार अहिले १२ अर्बको रहेको उनले बताए । “क्लिन फिड लागु भएपछि १२ अर्बको समग्र विज्ञापन बजार दुई वर्षभित्र २४ अर्ब पुग्ने अपेक्षा हामीले गरेका छौं,” उनले भने ।

    क्लिन फिड लागु हुँदाको पहिलो दुई-तीन महिना बजारीकरणमा केही समस्या आउन सक्ने उनले बताए । “सुरुको दुई तीन महिना केही कमी आउँन सक्छ, किन भने उनीहरू (कम्पनीहरू) विट एन्ड सीको अवस्थामा थिए । क्लिन फिड लागु हुने भएपछि बहुराष्ट्रिय कम्पनीहरूले पनि विज्ञापन बनाउन खोजी गर्ने काम गरिरहेका छन्,” उनले भने, “उत्पादकहरू उत्साहित नै छन्, यसको बजार बढेर जान्छ ।”

    व्यवसायीका अनुसार सुरुको दुई-तीन महिना टेलिभिजनको विज्ञापनमा असर गर्नेछ । नयाँ विज्ञापन बनाउन समय लाग्ने र ती कम्पनीहरू विज्ञापन बनाउने तयारीमा जुटेकाले केही समय त्यसको असर बजारीकरणमा पर्ने व्यवसायीको भनाइ हो । क्लिन फिड कार्यान्वयनको बढी प्रभाव टेलिभिजन, अनलाइन, रेडियो, पत्रपत्रिकामा पर्ने अध्यक्ष रिजाल बताउँछन् ।

    क्लिन फिड लागु भए/नभएको कात्तिक ८ देखि अनुगमन गरिने

    अब उप्रान्त त्यस्ता वस्तु जुन नेपाली बजारमा बिक्री हुन्छन् तर विज्ञापन नेपाली सञ्‍चारमाध्यममा नभई विदेशी च्यानलमा मात्रै प्रसारण गर्नेहरूले अब नेपाली उपभोक्ताका लागि विज्ञापन प्रसारण गर्नुपरेमा नेपालमै र नेपाली भाषामै विज्ञापन बनाउनुपर्ने हुन्छ । त्यसले यस क्षेत्रमा रोजगारी बढ्ने, सरकारले त्यसबापत राजस्व पाउने रिजालले बताए ।

    नेपालमा पनि क्लिन फिड लागु गर्न विज्ञापन व्यवसायीहरूले एक दशकदेखि लबिइङ गर्दै आएका थिए । क्लिन फिड लागु भएपछि नेपालको विज्ञापन बजारको आकार बढ्नुका साथै स्थानीय कलाकार, खेलाडी, राजनीतिककर्मीलगायत चर्चित व्यक्तिहरूका लागि अवसर र विज्ञापन बजारमा माग तथा आम्दानी दुवै बढ्ने रिजालले बताए ।

    क्लिन फिडको नियमन तथा अनुगमन गर्न सरकारले विज्ञापन बोर्ड गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव डिल्लीराज शर्मालाई विज्ञापन बोर्डको अध्यक्षमा नियुक्त गरिएको मन्त्री गुरुङले बताएका थिए ।

    ‘कानुनलाई मात्रै हेरियो, व्यवहारिक भइएन’
    क्लिन फिडसम्बन्धी व्यवस्थाको मिडिया उद्योग, विज्ञापन व्यवसायीले स्वागत गरेपनि यस व्यवस्थाप्रति केबल टेलिभिजन सेवा प्रदायकहरूको भने यो लागु भए विदेशी ब्रोडकास्टरहरूले च्यानल नै नदिने दाबी गर्दै आएका छन् । उनीहरूले यो व्यवस्थाले सस्तो दरमा विदेशी च्यानल हेर्न पाएका नेपाली उपभोक्ताले अब विदेशी च्यानल हेर्न नपाउने र हेर्न पाए पनि महँगो शुल्क तिर्नुपर्ने बताउँछन् । क्लिन फिड लागु हुनेबित्तिकै अहिले नेपालीमा प्रसारण भइरहका विदेशी च्यानल उपलब्ध नहुने उनीहरूको भनाइ छ ।

    डिशहोमका प्रबन्ध निर्देशक सुदीप आचार्य क्लिन फिड सही भए पनि अहिलेको अवस्थामा भने व्यवहारिक नभएको बताउँछन् । कोरोना महामारीको बीचमा कतिपय सामान ल्याउनै नसकिएको उनको भनाइ छ । “हामीले यो व्यवस्थाको विरोध गरेका छैनौं तर एक महिनाको मात्रै समय दिइएको भए व्यवहारिक रुपमा काम गर्न सहज हुन्थ्यो,” उनले भने ।

    उनले यो व्यवस्था कार्यान्वयनका लागि हिजो मात्रै विज्ञापन बोर्ड गठन गर्नु, विदेशी प्रसारकहरूले के कस्ता सामग्री प्रसारण गर्न पाइन्छ भन्‍ने जानकारी लिन खोज्दा पनि जानकारी नगराइएको उनले बताए । विज्ञापन प्रसारण गर्न नमिल्ने तर प्रोमो प्रसारण गर्न पाउने वा नपाउने भन्‍ने विषयमा पनि लामो समयसम्म स्पष्टता नपारिएको उनले बताए । “ऐनमा प्रोमो पनि प्रसारण गर्न नपाइने भन्ने व्यवस्था छ । तर त्यसमा लचिलो बनेका छौं भन्ने कुरा आएको छ,” उनले भने ।

    उनले यो कानुन बनाउने विषयमा आफूहरू स्टेक होल्डर भए पनि एकपटक पनि समितिमा छलफल हुँदा नबोलाइएको बताए । “कानुन बनाउने तर कार्यान्वयन पक्षको व्यवहारिकतालाई हेर्न नसकेको हुनाले सर्वसाधारणले दसैँको मुखमा टेलिभिजन हेर्न कठिनाइ हुने भयो,” उनले भने, “आजका दिनसम्म जति पनि विदेशी च्यानल आएका छन्, भोलि आउनै नसक्ने अवस्था भयो । कोरोनाको कारणले एक महिना मात्रै भए पनि समय थपिन आग्रह गरेको थियौं । त्यसले व्यवहारिक रुपमा काम गर्न सहज हुन्थ्यो ।” सरकारले कानुन बनाएरै क्लिन फिड कार्यान्वयन अघि बढाएकाले यो पूर्ण रूपमा अपनाउँदा विदेशी ब्रान्डको विज्ञापनको डबिङसमेत अब गर्न पाइने छैन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या
  • रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना
  • बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध
  • नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या

    रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना

    बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध

    नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    बारामा १० हजार लिटर घरेलु मदिरा बनाउने कच्चा पदार्थ नष्ट

    रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या

    रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना

    बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध

    नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या

    News

    रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना

    News

    बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध

    News

    नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम

    News

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑