वीरगंज। इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तरगत रोयल च्यालेञ्जर्स बैंग्लोर आजको खेलमा जित निकाल्दै दोस्रो स्थानमा उक्लिएको छ ।दुबइमा भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराउँदै बैंग्लोरले प्लेअफ अजिक पुगेको हो । शेख जायद क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कोलकताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८४ रन मात्रै बनाउन सक्यो ।
कोलकताका लागि कप्तान इयोन मोर्गनले सर्वाधिक ३० रन बनाएका थिए । यस्तै लोकी फर्गुसनले १९ रन, कुलदीप यादवले १२ रन र टम बेन्टनले १० रन बनाएपनि अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।बैंग्लोरका लागि मोहम्मद सिराजले घातक बलिङ गर्दै ४ ओभरमा ८ रन दिएर तीन विकेट लिए । युचबेन्द्र चहलले २ विकेट लिए ।
जवाफमा बैंग्लोरले ओभरमा १३ ओभर ३ बलमा २ विकेट गुमाउँदै लक्ष्य भेटाएको हो । बैंग्लोरले पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरेको थियो । ओपनर आरोन फिन्च १६ रनमा आउट भएपछि बैंग्लोरले पहिलो विकेट गुमायो । त्यसको लगत्तै अर्का ओपनर देभदत्त पाडिकलपनि आउट भए । उनले २५ रनको योगदान गरे । कप्तान विराट कोहली १८ र गुरकिरत सिंहले २१ रन बनाए । यो जितपछि बैंग्लोरले १० खेलमा १४ अंक बनाएको छ । रनरेटका आधारमा दिल्ली पहिलो स्थानमा रहेको छ । कोलकाता भने चौथो स्थानमा कायमै छ ।