• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / जीवनशैली

    शरीरको कुन स्थानमा भएको कोठीले शुभ फल दिन्छ ? हेनुहोस्

  • वीरगंज संजाल
  • ६ कार्तिक २०७७, बिहीबार ०४:३०
  • ३४७३

    वीरगंज । हाम्रो शरीरको विभिन्न स्थानमा दाग तथा कोठीहरु हुन्छन् । के ति कोठीहरुले कुनै शुभ वा अशुभ फल प्रदान गर्दछ ? यस सम्बन्धमा मसुन्द्र शास्त्रमा शरीरमा भएको कोठी वा चिन्हका आधारमा व्यक्तिको भाग्य र भविष्य विश्लेषण गरिएको छ । शरीरमा हुने कोठीको आधारमा शारीरिक, आर्थिक तथा नैतिक चरित्रको पनि विश्लेषण गर्न सकिन्छ ।

    अनुहारमा देखिने कोठीले त मानिसको सुन्दरमा बढाउँन पनि मद्दत गरेको हुन्छ । जन्म जात हुने कोठी वा चिन्हले व्यक्तिको हाउभाउ तथा उसले दैनिक जीवनमा गरिने कामको संकेत गर्दछ । मानिसले कुनै नयाँ काम गर्न खोज्दा चिन्ह, कोठी तथा रेखाहरु देखिने तथा केहि समयपछि आफै हराएर पनि जाने हुन्छ । शरीरको कुन ठाउँको कोठीले कस्तो प्रकारको संकेत गर्दछ यसको बारेमा विश्लेषण गर्न गईरहेका छौँ ।

    टाउकोमा कोठी ः टाउकोमा पनि कोठी हुन्छ । कपाल खौरिएको अवस्थामा यसलाई स्पष्टसँग देख्न सकिन्छ । यदि टाउकोको दायाँ स्थानमा रातो वा हरिको कोठी छ भने त्यस्ता व्यक्ति राजनीतिमा सफल हुन्छन् । समाजमा मान सम्मान तथा ईज्जत प्रतिष्ठा समेत कमाउँदछन् । टाउकोको पछाडिपट्टी कोठी छ भने यस्ता पुरुषहरु महिलासँग निकै नजिक हुन्छन् । यी व्यक्तिले पैसा त टन्नै कमाउँछन् तर उनको समाजमा राम्रो नाम हुँदैन । यदि कोठी टाउकोको बायाँ भागमा छ भने प्रायजसो आर्थिक संकटको सामाना गर्नुपर्ने हुन्छ । आध्यात्मिक जीवनको नेतृत्व गर्छन् भने साहित्यमा पनि रुची राख्छन् ।

    निधारमा कोठीः निधारको मध्य भागमा रहेको कोठी प्रेमको निशानी हो । निधार ठूलो छ र यसको दाहिनेतर्फ कोठी छ भने यसले धनलाई सूचित गर्छ । यस्ता व्यक्ति समाजमा नाम तथा दाम दुवै कमाएर प्रतिष्ठित हुन्छन् । यी व्यक्तिले अरुलाई पनि सहयोग गर्छन् र भगवानप्रति आस्थावान् हुन्छन् । निधारको दाहिनेतर्फको कोठीले कुनै विशेष कुरामा निपुणता दर्साउँछ भने बायाँ तर्फको कोठी फजुलखर्चको प्रतिक हो । यस्ता व्यक्तिहरु स्वार्थी हुने भएका कारण उनीहरुलाई कसैले पनि सहयोग गर्दैनन् र गन्दैनन् । निधारको सबैभन्दा माथिपट्टीको दायाँ भागको कोठी धन वृद्धिकारक हुन्छ भने बायाँ तर्फको कोठी घोर निराशापूर्ण जीवनको संकेत गर्दछ ।

    आँखी भौँको कोठीः दुबै आँखी भौंमा कोठी हुने व्याक्तिहरु यात्राशिल हुन्छन् । आँखी भौँको बीचमा कोठी छ भने त्यस्ता व्यक्ति नेतृत्व गर्नसक्ने क्षमताका हुन्छन् । उनीहरुले समाजमा नाम र दाम दुवै कमाएका हुन्छन् । आँखी भौँको दाहिने कोठी सुखमय र बाँयापट्टीको दुःखद दाम्पत्य जीवनको संकेत हो । दायाँ आँखीभौँमा कोठी भए चाँडै विवाह हुन्छ । ती व्यक्ति विवाहपछि भाग्यमानी हुन्छन् । यस्ता पुरुषले आफ्नी महिलाको नाममा लगानी गर्दा राम्रो हुन्छ ।

    आँखाको नानी भित्रको कोठी ः दायाँ नानीभित्र कोठी छ भने उक्त व्यक्तिको विचार उच्च हुन्छ । आँखाको नानीमा कोठी हुने मानिसहरु सामान्यतयाः भावुक हुन्छन् ।

    परेलामा कोठी ः आँखाको परेलामा कोठी हुने मानिसहरु संवेदनशील हुन्छन् । दायाँ परेलाको तुलनामा बायाँ परेलामा कोठी हुने मानिसहरु बढि संवेदनशील हुन्छन् ।

    नाकमा कोठी ः नाकमा यदि कोठी छ भने उक्त व्यक्ति छिट्टै सोच्ने र छिट्टै रिसाउने किसिमका हुन्छन् । यस्ता व्यक्तिहरुको उच्च आत्मसम्मान हुन्छ । नाकको दायाँपट्टीको भागमा कोठी छ भने थोरै मेहेनत गरेर पनि धेरै पैसा कमाउन सक्ने बताउँछ ।

    ओठमा कोठी ः ओठमा माथिल्लो भागमा कोठी हुने व्यक्ति निकै प्रेमिल स्वभावका हुन्छन् । तर विलासीका सामान र महिलाहरुमा यस्ता व्यक्ति आशक्त हुन्छन् । ओठको तल्लो भागमा कोठी हुने व्यक्तिले मिठो खानेकुरा मनपराउँछन् । यस्ता व्यक्तिको अभिनय र थिएटरमा समेत रुची हुन्छ ।

    कानमा कोठी ः कानको कुनै पनि भागमा कोठी छ भने धनी तथा उनीहरुको जीवनशैली भव्य हुन्छ । यस्ता व्यक्तिहरु अन्धधुन्ध पैसा खर्च गर्छन् । कानको पछाडि कोठी छ भने त्यस्ता मानिसहरुले रितिरिवाजको निकै ख्याल राख्छन् । उनीहरुले उच्च घरानाकी श्रीमती पाउँछन् ।

    गालामा कोठी ः गालामा यदि तपाईंको रातो कोठी छ भने यसले शुभ फलको संकेत दिन्छ । गालाको दायाँ भागमा कोठी हुने व्यक्ति निकै संवेदनशील हुने जसले घरपरिवारलाई निकै सम्मान दिन्छन् । यस्ता व्यक्तिले आफ्नी श्रीमती र आफन्तलाई निकै माया गर्छन् । यस्ता व्यक्तिले निकै सुखमय र लामो जीवन बाँच्छन् । बायाँ गालामा कोठी भएकाहरु अन्तरमुखी स्वभावका र रिसालु हुने दर्साउँछ । उनीहरुले जीवनमा धेरै संघर्ष झेल्नुपर्ने हुन्छ । तर आफ्नो सन्तानका कारण बुढ्यौलीमा भने उनीहरु खुसी हुन्छन् ।

    मुख वरिपरि कोठी ः मुख वरिपरिको कोठीले महिला तथा पुरुष दुबै सुखी सम्पन्न र सज्जन हुने सूचक हो । मुखमा कोठी भएको व्यक्तिहरु भाग्यमानी हुन्छन् । उनका जीवनसाथी सज्जन हुन्छन् ।

    ओठमा कोठी ः ओठको बिचमा कोठी छ भने यसले शिक्षामा संघर्ष गर्नुपर्दछ । यस्ता व्यक्तिहरु प्रष्टसँग बोल्न हिच्किचाउँछन् र उनीहरुले स्वास्थका कारण पनि धेरै समस्या झेल्नुपर्ने हुन्छ ।
    ओठको टुप्पोमा कोठी भएकाहरुले पनि मानिसहरुलाई आफ्नो भाषणले सजिलै मन्त्रमुग्ध पार्नसक्छन् । यस्ता व्यक्तिहरु वुद्धिमान र कूटनितिज्ञ हुन्छन् । यस्ता व्यक्तिलाई मिठो खाना मनपर्छ र उनका सन्तानको राम्रो भविष्य हुन्छ ।

    घाँटीमा कोेठी ः घाँटीको पछाडि कोठी हुने मानिसहरु रिसालु प्रवृत्तिका हुन्छन् । साधारणतया यस्ता व्यक्तिहरु ‘एन्टी सोसल’ गतिविधिमा संलग्न हुन्छन् । घाँटीको अग्र भागमा कोठी छ भने यसले राम्रो स्वर भएको कलात्मक व्यक्तित्वको परिचय दिन्छ । यस्ता पुरुषको विवाहपछि राम्रो हुन्छ ।

    काँधमा कोठी ः दायाँ काँधमा कोठी भएका मानिसहरु बलवान् र साहसी हुन्छन् जो आफ्नो काम नसकि सुत्दैनन् । बायाँ काँधमा कोठी हुनेहरु अरुसँग झगडा गर्न तम्सन्छन् ।

    दाहिनी पाखुरामा कोठीः यस्तोमा कोठी भएका मानिस प्रतिष्ठित र बुद्धिमान हुन्छन् । मानिसहरु उनीहरुको आदर गर्दछन् ।

    बायाँ पाखुरामा कोठीः बायाँ पाखुरामा कोठी हुने व्यक्ति आफ्नो कुरा भन्न कहिले पनि अन्कनाउँदैन । हो, यसको असर कहिलेकाँही उनीहरुको सम्बन्धमा पनि पर्न जान्छ ।
    कुहिनामा कोठीः कुहिनामा कोठी तपाईंको विद्वताको सूचक हो ।

    हातमा कोठी ः जसको हातमा कोठी हुन्छ उनीहरु बुद्धिमान हुन्छन् । दायाँ हत्केलामा कोठी छ भने बलवान र दायाँ हत्केलामा छ भने धनवान हुन्छन् । बायाँ हत्केलामा कोठी हुने व्यक्ति खर्चिलो हुन्छ भने बायाँमा कोठी हुने व्यक्ति भने कञ्जुस हुन्छ ।

    औंलामा कोठी ः औंलामा कोठी छ भने व्यक्ति कार्यकुशल, व्यहार कुशल तथा न्यायप्रेमी हुन्छन् ।
    छातीमा कोठी ः छातीको दाहिनेतर्फ कोठी हुनु शुभ मानिन्छ । यस्ता पुरुषहरु भाग्यमानी हुन्छन् । शिथिलता छाइरहन्छ । छातीमा बायाँतर्फ कोठी हुनु मानिसहरुबाट असहयोगको सम्भावना हुन्छ । छातीको मध्य भागमा यदि कोठी छ भने यो सुखी जिवनको सूचक हो । कुनै महिलाको छातीमा कोठी छ भने उनी सौभाग्यशाली बताइन्छ ।

    खुट्टामा कोठी ः समून्द्रशास्त्र अनुसार जसको खुट्टामा कोठी छ उनीहरुले अत्यधिक यात्रा गर्नुपर्ने दर्साउँछ । यदि दायाँ खुट्टामा कसैको कोठी छ भने त्यस्ता व्यक्तिले थोरै संघर्ष गर्नुपर्छ र अनावस्यक ठाँउमा धन खर्च हुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑