• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    सर्वोच्चको अन्तरिम आदेशपछि माछाको आयात सहज बनाउन व्यवसायीको माग

  • वीरगंज संजाल
  • Oct 19, 2020, 10:01 am
  • ४४३३

    वीरगंज | सर्वाेच्च अदालतले जिउँदो मांगुर माछा (क्याट फिस)को आयात तत्काल नरोक्न अन्तरिम आदेश जारी गरेपछि यसको आयात सहज बनाइदिन व्यवसायीले सम्बद्ध निकायसँग आग्रह गरेका छन् । असोज २८ गते सर्वाेच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको इजलाशले उक्त माछाको तत्काल आयात नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

    उक्त आदेशपछि विराटनगरका माछा व्यवसायीले भारतबाट आउने मांगुर जातको जिउँदो माछाको आयातमा सहजीकरण गरिदिन सम्बन्धित पक्षसँग आग्रह गरेका हुन् । विराटनगरमा पत्रकार सम्मेलन गरेर माछा व्यवसायीले सर्वोच्चको आदेशले आयात नरोक्न भने पनि पशु क्वारेन्टाइन चेकपोष्ट, विराटनगर रानीले आयातका लागि सिफारिश गर्न आलटाल गर्ने गरेको गुनासो गरेका छन् ।

    माछा आयात कर्ता मोहम्मद एहसान शेखले विनाआधार कृषि तथा पशुपन्छी विकास मन्त्रालय र पशु सेवा विभाग हरिहर भवन ललितपुरले आयात गर्न रोक लगाएको बताए । सबै प्रक्रिया पूरा गरेर भन्सारमा राजस्व तिरेर ल्याएको ठूलो परिमाणको माछा प्रहरीले नष्ट गरेपछि विभागले आयातमा रोक लगाएको उनको भनाइ छ ।

    यसअघि जिल्ला प्रहरी कार्यालय सुनसरी प्रहरीले विराटनगर भन्सारबाट आयात गरिएको ७ दशमलव ५ मेट्रिक टन क्याट फिस प्रतिबन्धित भन्दै साउन २ गते नष्ट गरेको थियो । विराटनगर भन्सारले २ लाख ५ हजार रुपैयाँ भन्सार राजस्व बुझेर माछा पैठारीको अनुमति दिएको थियो ।

    भारतबाट जिउँदो मांगुर माछा ल्याउन नमिल्ने भन्दै स्थानीय प्रशासनले माछा नष्ट गरेपछि भारतबाट मांगुर माछाको आयात रोकिएको हो । भन्सारले जिउँदो मांगुर माछाको जाँचपास रोकेपछि माछा व्यापारी सर्वाेच्च अदालत पुगेका थिए ।

    प्रदेश १ र २ का ९० जना व्यापारीले दायर गरेको मुद्दाको सुनुवाइ गर्दै सर्वोच्चले दुवै पक्षलाई २० कात्तिकमा छलफलका लागि बोलाएको छ । सर्वोच्चले पशु सेवा विभागको २०७७ भदौ १२ गतेको निर्णय कार्यावन्यन नगर्न र नगराउन भनेर अन्तरिम आदेश दिएको हो । आदेशमा यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ?

    आदेश जारी हुन नपर्ने भए आधार र कारणसहित यो आदेश प्राप्त भएको मितिले १५ दिनभित्र विपक्षीलाई लिखित जवाफ पेश गर्न भनिएको छ । विराटनगरमा भारतको पश्चिम बंगाल, आन्ध्र प्रदेशलगायत स्थानबाट माछा आयात हुँदै आएको छ । नेपालमा मांगुर जातको जिउँदो माछा वार्षिक ४ हजार मेट्रिक टन खपत हुने गरेकोमा आन्तरिक उत्पादन १ हजार २ सय टन मात्र हुने गरेको तथ्यांक छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या
  • रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना
  • बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध
  • नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या

    रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना

    बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध

    नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    बारामा १० हजार लिटर घरेलु मदिरा बनाउने कच्चा पदार्थ नष्ट

    रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या

    रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना

    बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध

    नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या

    News

    रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना

    News

    बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध

    News

    नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम

    News

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑