• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    राष्ट्र बैंकको परिपत्रले आयातकर्ता अन्योलमा

  • वीरगंज संजाल
  • Oct 18, 2020, 7:02 am
  • ३१६९

    वीरगंज। नेपाल राष्ट्र बैंकको परिपत्रलाई देखाएर वाणिज्य बैंकहरूले भुक्तानी अस्वीकार गरेपछि चैत १६ अघि सिपमेन्ट भएका केराउ, मरीच र सुपारी भित्र्याउने प्रक्रिया फेरि अवरुद्ध भएको छ ।खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागको पूर्वअनुमति नलिई भित्रिएका यस्ता वस्तु एकपटकका लागि भित्र्याउन दिने निर्णय सरकारले गरेको थियो । राष्ट्र बैंकको पछिल्लो पत्रका कारण जाँचपास रोकिएको आयातकर्ताले बताए ।

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी चैत १६ अघि सिमपेन्ट भइसकेका यस्ता वस्तु भित्र्याउन अनुमति दिएको थियो । गत भदौ २२ मा मन्त्रालयको सूचना प्रकाशित भएपछि वीरगञ्ज सुक्खा बन्दरगाह र भारतका कोलकाता र विशाखापत्तनम् बन्दरगाहमा रोकिएका यस्ता मालसामन भित्रिन थालेका थिए ।

    मरीच, सुपारी, केराउ, छोकडा र ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यका सवारीसाधन आयातका लागि विदेशी मुद्रा सटही सुविधा नदिन राष्ट्र बैंकले पत्राचार गरेको छ । राष्ट्र बैंकले असोज २७ मा यस्तो परिपत्र गरेको थियो । यो पत्र देखाएर बैंकहरूले सटही सुविधा दिन नमानेका हुन् । बैंकले सटही सुविधा नदिएपछि बन्दरगाहमा आइसकेका मालसामानको जाँचपास रोकिएको आयातकर्ता ओमप्रकाश मोरले बताए ।

    राष्ट्र बैंकको पत्र देखाउँदै वाणिज्य बैंकहरूले केराउको भुक्तानी गर्न मानेका छैनन् । ‘सरकारले ल्याउन दिने भन्ने राष्ट्र बैंकले रोक्ने गर्दा व्यवसायीहरू ठूलो नोक्सानीमा पर्ने अवस्था भयो,’ मोरले भने, ‘राष्ट्र बैंकको पत्र देखाएर बैंकहरूले राजपत्रको सूचना लत्याइरहेका छन् । यो कानून मिच्ने काम हो ।’

    सो परिपत्र औद्योगिक कच्चा पदर्थका रूपमा प्रयोग हुने मरीच र कूटनीतिक नियोगले भित्र्याउने ५० हजार डलरभन्दा बढी मूल्यको गाडीका सन्दर्भमा भएको दाबी नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख बमबहादुर मिश्रले गरे ।

    सरकारले हालै कच्चा पदार्थका रूपमा प्रयोग हुने मरीच र कूटनीतिक नियोगका लागि गाडी आयातमा यस्तो प्रतिबन्ध हटाउने निर्णय गरेको थियो ।

    ‘उद्योग विभागको सिफारिशमा उद्योगले आयात गर्ने मरीच र कूटनीतिक नियोगले ल्याउने गाडी आयातमा सटही सुविधा दिने सन्दर्भमा परिपत्र भएको हो । यसबाट राजपत्रमा प्रकाशित सूचनाअनुसारका वस्तुको आयातमा कुनै बाधा हुँदैन,’ प्रमुख मिश्रले स्पष्ट पारे ।

    चैत १६ अघि सिपमेन्ट भइसकेका यस्ता वस्तु भित्र्याउन दिने भनिए पनि प्रतिबन्ध कायमै रहेकाले त्यसयताको आयातमा सटही सुविधा नदिन परिपत्र गरिएको मिश्रको भनाइ छ । केही बैंकहरूले पत्रको आशय नबुझेर भुक्तानी रोकेको भेटिएको पनि उनले बताए ।

    विदेशी मुद्रा सञ्चितिमा दबाब बढेको भन्दै सरकारले गत चैत १६ गते यस्ता वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धका कारण निर्णयअघि सिपमेन्ट भए पनि खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागको पूर्वस्वीकृति नलिएका १ हजार कन्टेनर मालसामान बन्दरगाहमा रोकिएको थियो ।आर्थिक अभियान दैनिकबाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन
  • प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    News

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑