वीरगंज। सामान्यरुपमा पुरुषको तुलनामा महिलाको शरीरमा बोसो तथा मांसपेशी कम हुन्छ । विज्ञानको अनुसार महिला र पुरुषमा जिन र बायोलोजिकल भिन्नता भएको कारण महलाको शारीरिक तौल घटाउन समस्या हुन्छ । तौल घटाउन प्राय सजिलो हुँदैन र महिनौ सम्म पसिना बगाउदा र कडा मिहेनत पछि शरीरमा थोरै मात्र परिवर्तन देखिन्छ ।मोटोपन कम गर्नको लागि अच्छी लाइफस्टाइल त्याग गर्नुको साथै स्वास्थ्य खाना पनि महत्वपूर्ण हुन्छ । यसको साथै नियमित व्यायाम गर्नुपर्छ ।
महिलाको तुलनामा पुरुषको शारीरिक तौल कम गर्न सजिलो हुन्छ । उनीहरु दुवैले उस्तै खाना र व्यायाम गरेपनि नतिजा भने भिन्न हुन्छ । महिलाहरुको कम्मरको बोसो घटाउनको लागि निकै कसरत गर्नुपर्ने हुन्छ ।
मांसपेशीको मास
महिलाको तुलनामा पुरुषहरुको मसल टिस्यु अधिक पतलो हुन्छ । यसको कारण तिब्र क्यालरी बर्न पनि हुन्छ । त्यसैले महिला र पुरुष आफ्नो खानामा क्यालरी समान मात्रामा कम गर्दा , पुरुषको शरीरको क्यालरी छिट्टै कम हुन्छ ।
हर्मन
महिला र पुरुषमा अलग-अलग तरिकाको हर्मन हुन्छ जसले तौल घटाउन समस्या उत्पन्न गर्छ । महिलाहरुमा एस्ट्रोजन हर्मन कम हुन्छ र जब उनीहरुमा एस्ट्रोजनको मात्रा अधिक हुन्छ र टेस्टोस्टेरोन कम हुन्छ तब महिलाको तौल घटाउन कठिन हुन्छ ।
यससंगै घ्रेलिन हर्मनको कारण पनि महिलाहरुमा क्यालरी बर्न गर्न समस्या हुन्छ । सामान्यरुपमा महिलाहरुको शरीरमा बोसोको मात्रा ६ प्रतिशत हुन्छ भने पुरुषको शरीरमा ११ प्रतिशत । यो एक बायोलोजिकल कारण हो, जसले गर्भवती भएको समयमा सहयोग गर्छ ।
किशोरावस्था देखि मेनोपोज सम्म महिलाहरुको औसत बडी फ्याट पुरुषको भन्दा अधिक हुन्छ ।
सजिलोसंग तौल कम गर्ने तरिका:
विभिन्न प्रकारको व्यायाम (वर्कआउट) गर्ने दैनिक एकै प्रकारको व्यायाम गर्दा तौल घट्न समय लाग्छ । त्यसैले आफ्नो दैनिकीमा विभिन्न प्रकारको व्यायाम गर्नुपर्दछ ।
स्वास्थ्य आहार
हरेक मानिसको मेटाबोलिज्म छुट्टै हुन्छ । दैनिक रुपमा खानामा फलफुल समावेस गर्दा सबैलाई फाइदा हुन्छ भन्ने छैन । त्यसैले आफ्नो शरीरलाई फाइदा हुने खाना खानुपर्छ ।
जीवनशैलीमा परिवर्तन:
केवल खाना र व्यायामले तौल घट्दैन र धेरै फाइदा हुँदैन । यसको लागि आफ्नो सबै जीवनशैली परिवर्तन गर्नुपर्छ । समयमा सुत्ने, समयमा उठ्ने साथै शारीरिक गतिविधिमा वृद्धि गर्नुपर्छ ।
जीन र बायोलोजिकल भिन्नता भएको कारण तौल घटाउने कार्यमा महिलालाई पुरुष भन्दा अधिक समय लाग्ने गर्दछ । स्वास्थ्य जीवनशैली अपनाउदा शरीरको तौल सजिलै घट्नसक्छ ।