• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    पन्जाबलाई हराउँदै मुम्बई शीर्ष स्थानमा

  • वीरगंज संजाल
  • Oct 2, 2020, 12:55 am
  • ६०८९

    बिहिबार राती सम्पन्न आइपिएलको १३ औं खेलमा पन्जाबलाई पराजित गरेपछि दिल्ली क्यापिटल्सलाई नेट रनरेटले पछि पार्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो । जितका लागि १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४३ रन बनाउन सक्यो ।

    जस्प्रित बुमराहले चौथो ओभरको पाँचौ बलमा ओपनर मयंक अग्रवाललाई २५ रनमा बोल्ड आउट गरे । अग्रवालले १८ बलमा ३ चौका प्रहार गरे । छैटौं ओभरको चौथो बलमा करुण नायरलाई क्रुनाल पान्ड्याले शून्यमा बोल्ड आउट गरे । स्पिनर राहुल चहरको नवौं ओभरको पहिलो बलमा कप्तान लोकेश राहुल (केएल) १७ रनमा बोल्ड आउट भएपछि पन्जाब दबाबमा परेको थियो । राहुलले १९ बलमा १ चौका प्रहार गरे ।

    राम्रो ब्याटिङ गरि रहेका बायाँ हाते युवा ब्याट्सम्यान निकोलस पुरनलाई १४ औं ओभरको दोस्रो बलमा जेम्श प्याटिनसनले विकेटकिपर क्विन्टन डी ककबाट ४४ रनमा क्याच आउट गराए । पुरनले २७ बलमा ३ चौका र २ छक्का प्रहार गरे । १५ औं ओभरको पाँचौ बलमा ठूलो सट खेलेका ग्लेन म्याक्सवेल ११ रनमा ट्रेन्ट बोल्टबाट आउट भएपछि पन्जाब १०७–५ को कमजोर अवस्थामा पुगेको थियो । जेम्श निशम पनि ठूलो सट खेल्ने धुनमा ७ रनमा क्याच आउट भए । कृष्णा गौथम १३ बलमा २ चौका र १ छक्का सहित २२ रनमा अविजित रहे ।

    राहुल चहरले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । क्रुनाल पान्ड्याले ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिए । जस्प्रित बुमराहले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । जेम्श प्याटिनसनले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । टे«न्ट बोल्टले एक विकेट लिए ।

    त्यसअघि शेख जायद आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ रन ९१ बनाएको थियो। काइरन पोलार्ड २० बलमा ३ चौका र ४ छक्का ४७ रनमा अविजित रहे । हार्दिक पान्ड्या ११ बलमा ३ चौका र २ छक्का सहित ३० रनमा अविजित रहे । पाँचौ विकेटका लागि पान्ड्या र पोलार्डले मात्र ३.५ ओभरमा ६७ रनको उत्कृष्ट अविजित साझेदारी गरेका थिए ।

    मुम्बईका कप्तान रोहित शर्माले सर्वाधिक ७० रनको योगदान दिए । १७ औं ओभरको पहिलो बलमा ठूलो सट खेलेका रोहितलाई ग्लेन म्याक्सवेलको उत्कृष्ट फिल्डिङको सहयोगमा जेम्स निशमले क्याच लिएका थिए । रोहितले ठूलो सट खेलेपनि लङ अनमा रहेका म्याक्सवेलले बललाई समाउँदै निसमको हातबाट क्याच गराउँदै बाउन्ड्री बाहिर गरेका थिए । रोहितले ४५ बलमा ८ चौका र ३ छक्का प्रहार गरे ।

    त्यसअघि शामीको दोस्रो ओभरको अन्तिम बलमा एम्पायरले रोहितलाई एलबिडब्लू आउट दिएका थिए । तर रोहितले रिभ्यु लिदै अम्पायरको निर्णयलाई गलत सावित गरेका थिए । योसँगै रोहितले आइपिएलमा ब्यक्तिगत पाँच हजार पनि रन पूरा गरेका छन् । विराट कोहली र सुरेश रैनापछि आइपिएलमा पाँच हजार रन पूरा गर्ने रोहित तेस्रो खेलाडी हुन् ।

    ओपनर क्विन्टन डी ककलाई पहिलो ओभरको पाँचौ बलमा शेल्डन कटरेलले शून्यमा बोल्ड आउट गरेका थिए । चौथो ओभरको पाँचौ बलमा सूर्यकुमार यादव १० रनमा रन आउट भएका थिए । शामीले उत्कृष्ट डाइरेक्ट स्टम्प ताकेपछि यादव पेभलिएन फर्किनु परेको थियो । तेस्रो विकेटका लागि इशान किशन र रोहित शर्माले ६२ रनको साझेदारी गर्दै इनिङ अगाडि बढाए ।

    किशनलाई १४ औं ओभरको पहिलो बलमा कृष्णाप्पा गौथमले करुण नायरबाट २८ रनमा क्याच आउट गराए । किशनले ३२ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

    शेल्डन कटरेलले ४ ओभरमा एक मेडन सहित २० रन खर्चेर १ विकेट लिए । मोहम्मद शामीले ४ ओभरमा ३६ रन खर्चेर १ विकेट लिए । कृष्णाप्पा गौथमले ४ ओभरमा ४५ रन खर्चेर १ विकेट लिए ।

    पहिलो खेलमा पन्जाब दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको थियो । दोस्रो खेलमा पन्जाबले रोयल च्यालेन्जर्स बेंगलोरलाई ९७ रनले पराजित गरेको थियो । तेस्रो खेलमा राजस्थान रोयल्ससँग ४ विकेटले पराजित हुन पुगेको थियो । पाँचौ खेलमा पन्जाबले आइतबार चेन्नई सुपर किंग्ससँग दुबईमा खेल्ने छ ।

    मुम्बई पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग ५ किकेटको पराजित भएको थियो थियो । दोस्रो खेलमा कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको थियो । मुम्बई तेस्रो खेलमा बेंगलोरसँग सुपर ओभरमा पराजित हुन पुगेको थियो । पाँचौ खेलमा मुम्बईले सनराइजर्स हैदराबादसँग शारजाहमा शनिवार खेल्ने छ ।

    मुम्बई ४ खेलमा समान २ मा जित र हार सहित शीर्ष स्थानमा उक्लिएको छ । दिल्ली क्यापिटल्स ३ खेलमा २ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ । कोलकता नाइट राइडर्स, राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलोर समान ३ खेलमा २ मा जित र १ मा हार सहित नेट रन रेटको आधारमा क्रमश : तेस्रो, चोथो र पाँचौ स्थानमा छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
  • करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑