• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    विश्व बैंकबाट नेपालका लागि १७ अर्ब ६९ करोड ऋण स्वीकृत

  • वीरगंज संजाल
  • Sep 30, 2020, 8:21 am
  • २६४५

    वीरगंज | विश्व बैंकले नेपाललाई १७ अर्ब ६९ करोड (१५० मिलियन) ऋण दिने भएको छ । नेपालको सहरी क्षेत्रमा रहेका स्थानीय तहको शासकीय सुधार एवं पूर्वाधार विकास गर्न विश्व बैंकको मंगलबार बसेको बोर्ड बैठकले नेपाललाई उक्त ऋण दिन सो सम्बन्धी परियोजना स्वीकृत गरेको हो ।

    मुख्यगरी स्थानीय तहको शासकीय सुधार गरी संघीयता कार्यान्वयनलाई थप प्रभावकारी बनाउने र कोभिड–१९ का कारण धराशयी बनेको अर्थतन्त्रलाई माथि उकास्ने उद्देश्यले यो परियोजनाका लागि उक्त ऋण स्वीकृति गरेको विश्व बैंकले जानकारी दिएको छ ।

    विश्व बैंकका नेपाल, श्रीलंका तथा मालदिभ्सका लागि निर्देशक फारिस हदद जार्भोसले तीव्र सहरीकरण, संघीयता र कोभिड चलिरहेको अवस्थामा नेपालको सहरी क्षेत्रका स्थानीय तहबाट प्रदान भइरहेको सेवा प्रवाह सुदृढ गरी महामारी प्रभावित समूहलाई सहयोग पुर्‍याउन यो परियोजना महत्वपूर्ण हुने बताए ।

    ‘मुख्यगरी नगरपालिकाको क्षमता वृद्धि, स्थानीय उत्तरदायित्व बढाउन र कमजोर समूहका लागि छोटो अवधिको रोजगारीका साथै सेवा पुर्‍याएर कोरोनाले गरेको असरलाई पुनरुत्थान गर्न परियोजनाले मद्दत गर्नेछ,’ जार्भोसले भने । उनका अनुसार यी परियोजनाको माध्यमबाट मुलुकभित्र रोजगारी सिर्जना गर्नसमेत सहयोग पुग्ने विश्व बैंकको अपेक्षा छ । यो सहायता अन्तर्गतको परियोजना प्रदेश १ र २ का नगरपालिका र गण्डकी प्रदेश र प्रदेश ५ का नगरपालिकामा केन्द्रित हुने विश्व बैंकले बताएको छ ।यी प्रदेशबाट नगरपालिकाहरुको छनोट गरी ती क्षेत्रमा विश्व बैंकले ऋण लगानी गर्नेछ । यी क्षेत्र व्यापारिक र प्रशासनिक दृष्टिकोणबाट बढी महत्वपूर्ण मानिँदै आएका छन् ।

    नगरपालिकाहरुको सेवा प्रवाह क्षमता बढाउने मात्र नभई उनीहरुलाई योजना निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनमा समेत सहयोग गर्ने लक्ष्य राखेको विश्व बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसले सहरी शासन व्यवस्थामा त्यहाँका सरकारहरुले नागरिकको अपेक्षा अनुसार काम गर्न सक्ने अवस्था सिर्जना हुने अपेक्षा विश्व बैंकको छ । पछिल्लो समय कोभिड–१९ पछिको अर्थतन्त्रलाई उकास्न विश्व बैंकले सहयोगलाई बढाउँदै लगेको देखिन्छ ।केही दिन अघि मात्रै विश्व बैंकले नेपालको वित्तीय क्षेत्रलाई सहयोग पुर्याउन २३ अर्ब ६० करोड ऋण सहयोग उपलब्ध गराउने बताएको थियो ।अभियान दैनिकबाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन
  • प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    News

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑