बिरगंज । कोरोना संक्रमित सुत्केरीलाई आज बल्ल अस्पताल लगिएको छ । कोरोना संक्रमित भएकै कारण अस्पतालले भर्ना नर्ग नमानेको समाचार प्रकाशमा आएपछि ती सुत्केरीलाई आज दुई दिनपछि बल्ल नारायणी अस्पताल लगिएको हो । गत शनिबार रातिदेखि आइतबार बिहानसम्म अक्सिजन दिइएको भएपनि हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रसूति रोग विशेषज्ञ डाक्टर दिप्ती यादव बताइन् ।
समाचार प्रकाशमा आएपछि बीरगन्जस्थित नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. संजय ठाकुरले बिहान गाडी पठाएर सुत्केरीलाई अस्पताल ल्याउन लगाएका हुन् ।तर संक्रमित महिलाको छेउमा घाउमा इन्फेक्सन भएका बिरामी राखिएकोले रगत बगिरहेको हुँदा डर लागिरहेको उनका श्रीमान् इनरदीप पण्डितले बताए । तर यसबारे अस्पतालमा जानकारी गराइसकिएको र समस्या समाधान गर्ने आश्वासनसमेत पाएको शर्माको भनाइ छ ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. सञ्जय ठाकुर कोभिड र नन कोभिड विरामीलाई एकै ठाउँमा राखेर उपचार गर्दा संक्रमण फैलने जोखिम हुने बताउँछन् । कोभिड अस्पतालले कोभिडका बिरामी नराख्ने हो भने कोभिड अस्पताललाई सुविधा सम्पन्न बनाउने ? त्यसबारे निर्णय हुनुपर्छ,’ उनले भने ।
बीरगञ्जमा हाल सञ्चालनमा रहेको नेशनल मेडिकल कलेज अस्थायी कोरोना अस्पताल (बाबा आइसोलेसन)ले मिर्गौला रोगी, गर्भवती र सुत्केरीलाई सेवा दिन नसक्ने जनाइसकेको छ । डायलायसिस र शल्यक्रियाका लागि व्यवस्था नभएकाले सेवा दिन नसक्ने अस्पताल प्रशासनको तर्क छ । बाँकी दुई अस्पतालको म्याद सकिएको भएपनि नवीकरण गर्न मानिरहेका छैनन् ।
नारायणीमा दुवै कोभिड र ननकोभिड बिरामीलाई राख्दा संक्रमणको जोखिम हुने र जनशक्ति र ठाउँको पनि अभाव रहेको मेसु ठाकुरले बताए ।प्रमुख जिल्ला अधिकारी आसमान तामाङले यो समस्या समाधानका लागि जिल्ल संकट व्यवस्थापक केन्द्रको बैठक बोलाइएएको बताए ।