• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ७० प्रतिशतले घट्यो औषधिको उत्पादन

  • वीरगंज संजाल
  • ७ आश्विन २०७७, बुधबार ०६:४८
  • ३५२१

    वीरगंज। बजारमा औषधिको मागमा कमी आएपछि औषधि उत्पादक कम्पनीहरूले उत्पादनमा व्यापक कटौती गरेका छन् ।कोरोना संक्रमण बढ्दै गएपछि सरकारले गरेको बन्दाबन्दीयता दीर्घरोग र प्यारासिटामोल, हाइड्रोक्लोरोक्विनबाहेक अन्य औषधिको माग शून्य भएपछि उत्पादन कटौती गर्नु परेको व्यवसायीहरू बताउँछन् ।औषधिको मागमा कमी आएपछि अहिले उद्योगीहरूले ७० प्रतिशतसम्म उत्पादन घटाएको नेपाल औषधि उत्पादक संघका अध्यक्ष नारायणबहादुर क्षत्रीले बताए ।

    ‘बजारमा औषधिको माग नै नभएपछि उद्योगीहरूले लक्ष्यभन्दा एकदमै कम उत्पादन गरिरहेका छन्,’ उनले भने ।कोरोना महामारी शुरू हुँदा भारत र चीनले कच्चा पदार्थको निर्यातमा कडाइ गर्नु र औषधिजन्य कच्चा पदार्थको मूल्य पनि बढाएका कारण नेपालका उद्योगहरूले उत्पादनमा केही कमी ल्याएको उनले बताए ।चैतयता आपूर्ति शृंखला राम्रो भए पनि बजारमा औषधिको माग नै नहुँदा व्यवसायीहरू पुरानो लयमा फर्किन सकेका छैनन् ।

    अस्पतालहरूमा कोरोनाका बिरामीको चाप बढ्दै गएकाले नागरिकमा मनोवैज्ञानिक त्रास फैलिएको क्षत्रीको बुझाइ छ । ‘कोरोनाको जोखिमका कारण अत्यावश्यक अवस्थामा मात्र बिरामीहरू अस्पताल पुग्ने गरेका छन् जसले गर्दा मागमा कमी आएको हो,’ उनले भने ।

    बजारमा माग नै नभएपछि देशकै सबैभन्दा ठूलो औषधि उत्पादक कम्पनी देउराली जनता फर्मास्युटिकल्सले करीब १ महीना औषधि उत्पादन नै बन्द ग¥यो । बजारमा माग नभएकाले केही समय उत्पादन बन्द गरी पुनः सञ्चालनमा ल्याइएको कम्पनीका सञ्चालक हरिभक्त शर्माले जानकारी दिए । ‘सप्लाइलगायत सबै काम भइरहेका छन् । उत्पादन बजार मागअनुसार गरिरहेका छौं,’ उनले भने ।

    नेपाल मेडिकल संघका अध्यक्ष सीताराम घिमिरे पछिल्लो समय अस्पताल पुग्नेहरूको चाप नै न्यून भएको बताउँछन् । उनका अनुसार ट्रमा, छाला, दुखाइलगायत छोटो समयमा देखिने रोगका औषधिको माग बजारमा एकदमै न्यून छ । क्यान्सर, क्षयरोग, मधुमेहजस्ता दीर्घरोगको माग सामान्य रहेकामा पछिल्लो समय मनोरोगसम्बन्धी औषधिको माग भने ह्वात्तै बढेको उनी सुनाउँछन् ।

    ‘धेरैले रोजगारी गुमाएका छन्, महामारीको त्रास छ, त्यसैले पनि मान्छेहरू तनावमा गएका छन्,’ उनले भने, ‘जसले गर्दा औषधिको मागको आँकडामा डिप्रेसनका रोगी बढेको देखिन्छ ।’ नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष एवं एशियन फर्मास्युटिकल्सका कार्यकारी निर्देशक शंकर घिमिरे पनि समग्र औषधिको माग घटेकोमा मनोरोगसम्बन्धी औषधिको माग भने बढेको बताउँछन् ।

    महामारीपछिको बन्दाबन्दीका कारण सर्वसाधारणमा आर्थिक र मनोवैज्ञानिक समस्या थपिएको विश्लेषण उनको छ । अन्य औषधिको माग बजारमा न्यून भएकाले तत्कालका लागि उत्पादनमा कटौती गरिएको उनले जानकारी दिए ।

    ‘कच्चा पदार्थ र मौज्दात पनि पर्याप्त भएकाले तत्काल मागअनुसार उत्पादन गरिरहेका छौं,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑