• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    चीनले किन खाेल्न चाहेन नेपालसँगको व्यापारिक नाका ?

  • वीरगंज संजाल
  • Sep 22, 2020, 2:02 am
  • २५२९

    वीरगंज । रसुवागढी भन्सार नाका खोल्ने विषयमा चीनले अघिल्लो साता फेरि एकपटक नेपाली पक्षलाई झुक्याएको छ।

    रसुवागढी भन्सारका अनुसार चीनले भदाै २६/२७ गतेदेखि सामान छाड्ने आश्वासन दिएको थियो। तर, त्यसको साता दिन बितिसक्दा पनि सामान छोडिएको छैन।

    भन्सार प्रमुख पुण्यविक्रम खड्काले नेपाल पक्षबाट नाका खोल्न पटक-पटक आग्रह भए पनि चीनले यसमा चासो नदेखाएको बताए।

    “अघिल्लो सातादेखि सामान छाड्छौं भनेका थिए। तर, उनीहरूले छाडेनन्। अहिलेसम्म तल्लो तहबाट हामीले धेरै प्रयास गरिसकेका छौं,” खड्काले देखापढीसँग भने।

    नाका खोल्नका लागि जिल्ला प्रमुख र भन्सार प्रमुखले पटक-पटक प्रयास गरेको उनले जानकारी गराए।

    नेपालतर्फ कोरोना संक्रमितको संख्या बढ्दै जाँदा नाका खोल्न चीन अनिच्छुक देखिएको बुझाइ नेपाली पक्षको छ।

    कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बन्द

    माघ १५ देखि बन्द रहेको रसुवागढी नाका गत असार २२ गते खुलेको थियो। तर, साउन ३२ गतेसम्म सञ्चालनमा आएको नाका त्यसपछि चीन र नेपाल दुवैतर्फ पहिरो गएका कारण फेरि बन्द भएको थियो।

    फेरि चीनले केरूङबाट भदौ १२ देखि १७ गतेसम्म नेपाल भित्रिनका लागि आइपुगेका सामान छाड्यो। चीनले पाँच दिनसम्म दैनिक आठ कन्टेनर सामान नेपाल भित्रिन दिएको थियो।चीनसँगको अर्को प्रमुख व्यापारिक मार्ग तातोपानी नाका पनि केही समयअघिको बाढी–पहिरोका कारण पूर्ण रूपमा बन्द छ। दसैँ नजिकिँदै गएका बेला तातोपानी नाका पनि बन्द रहेकाले केरूङ नाका खुलाउनुपर्ने दबाब नेपाली प्रशासनलाई छ।

    केही दिन सञ्चालनमा रहेको नाका नेपालतर्फका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि फेरि बन्द गरिएको नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले जानकारी गराए।

    “चीनको कन्टेनर हाम्रो भन्दा दोब्बर ठूलो हुन्छ। चीनले भदौ १२ गतेदेखि १७ गतेसम्म पाँच दिन उनीहरूका चार कन्टेनर (हाम्रोमा आठ कन्टेनर) सामान छोडेका थिए,” उनले भने “हाम्रोतिर भन्सारका एक कर्मचारीलाई कोरोना पोजिटिभ देखियो। त्यसपछि बन्द गरिएको नाका चिनियाँ पक्षले अझै पनि खोल्न मानेको छैन।”

    वाणिज्य मन्त्रालयका अधिकारीहरू पनि नाका खुलाउनका लागि प्रयासरत छन्। कोरोना पोजिटिभ देखिएका कर्मचारीलाई ठिक भइसकेको र अरू कर्मचारीहरू सबै स्वस्थ तथा सुरक्षित भए पनि चीनले नाका खोल्न आलटाल गरिरहेको मन्त्रालयका एक अधिकारीले देखापढीलाई जानकारी गराए।

    परराष्ट्र मन्त्रालयको चासो

    रसुवागढी भन्सार तथा वाणिज्य मन्त्रालयको आग्रहका बाबजुद चीनले पटक-पटक नाका खोल्न आलटाल गरेपछि परराष्ट्र मन्त्रालयले पनि यस विषयमा चासो देखाएको छ।

    रसुवागढी भन्सारले शुक्रबार परराष्ट्रलाई पत्र लेखेर नाका खुलाउन गरेका सबै प्रयास र चीनको प्रतिक्रियाबारे विस्तृत जानकारी गराएको थियो।

    “परराष्ट्र मन्त्रालयले चासो देखाएपछि हामीले सबै कुरा जानकारी गराएर पत्र लेखेका छौं। अब परराष्ट्रले माथिल्लो तहबाट नाका खुलाउन पहल गर्नेछ,” रसुवागढी भन्सारका प्रमुख खड्काले भने।

    चीनसँगको अर्को प्रमुख व्यापारिक मार्ग तातोपानी नाका पनि केही समयअघिको बाढी–पहिरोका कारण पूर्ण रूपमा बन्द छ। दसैँ नजिकिँदै गएका बेला तातोपानी नाका पनि बन्द रहेकाले केरूङ नाका खुलाउनुपर्ने दबाब नेपाली प्रशासनलाई छ।

    यद्यपि नाका यसै सातादेखि सञ्चालनमा आउनेमा वाणिज्य मन्त्रालय, भन्सार कार्यालय र व्यवसायीहरू आशावादी छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या
  • रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना
  • बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध
  • नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या

    रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना

    बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध

    नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    बारामा १० हजार लिटर घरेलु मदिरा बनाउने कच्चा पदार्थ नष्ट

    रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या

    रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना

    बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध

    नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या

    News

    रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना

    News

    बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध

    News

    नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम

    News

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑