• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कुहिन थाल्यो वीरगञ्ज नाकामा रोकिएको ५० कन्टेनर छोकडा

  • वीरगंज संजाल
  • ५ आश्विन २०७७, सोमबार ०६:०९
  • १०२६५

    वीरगञ्ज । सरकारी प्रतिबन्धका कारण विभिन्न बन्दरगाहमा रोकिएका केराउ, मरीच र सुपारीलाई आयात अनुमति दिइए पनि सँगै रोक लगाइएको छोकडा भियभयाउने विषय अझै अन्योलमा छ । बन्दरगाहमा ल्याइएका छोकडा के गर्ने भन्नेमा सरकारले निर्णय नलिँदा करीब ५० कन्टेनर छोकडा वीरगञ्ज सुक्खा बन्दरगाहमा अलपत्र परेको छ ।

    विदेशी मुद्रा सञ्चितिमा दबाब बढेको भन्दै सरकारले गत चैत १६ गते यस्ता वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । निर्णयअघि सिपमेन्ट भए पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको पूर्वस्वीकृति नलिएका १ हजार कन्टेनर सामान बन्दरगाहमा रोकिएका थिए ।

    गत भदौ १४ गतेको मन्त्रिपरिषद् बैठकले चैत १६ अघि सिपमेन्ट भइसकेका केराउ र मरीच एकपटकका लागि भित्र्याउन दिने निर्णय गरेको थियो । त्यसअघि नाकाका रोकिएको सुपारी छोड्ने निर्णय भइसकेको थियो ।

    सरकारी निर्णयपछि केराउ, मरीच र सुपारी भित्रिए पनि छोकडा भने ५ महीनाभन्दा लामो समयदेखि बन्दरगाहमा रोकिएको आयातकर्ता नवनीत अग्रवालले बताए । एउटै निर्णयबाट
    रोकिएको वस्तु छोड्ने बेलामा सरकारले विभेदपूर्ण व्यवहार देखाएको आरोप अग्रवालको छ ।

    ‘सरकारले चैत १६ गते केराउ, मरीच, सुपारी, छोकडालगायत वस्तुको आयात रोक्यो । तर, छोड्ने निर्णय गर्ने बेलामा छोकडाको विषय छुटाउनु विभेद हो,’ उनले आर्थिक अभियानसित भने । बन्दरगाहमा रोकिएको छोकडा कुहिन थालेको उनले बताए ।

    वीरगञ्ज बन्दरगाहमा करीब साढे ७ करोड रुपैयाँबराबरको छोकडा रोकिएको अनुमान आयातकर्ताको छ । पाकिस्तानी निर्याकर्ताहरूले आयातकर्तालाई भुक्तानीका लागि बारम्बार ताकेता गरिरहेको उनीहरू बताउँछन् । बन्दरगाहमा आइसकेका मालसामानको जाँचपासमा रोक लगाइएपछि भुक्तानी गर्न नसकिएको र यसबाट व्यवसायीको साख बिग्रिएको आयातकर्ताको गुनासो छ ।

    केराउ, मरीच र सुपारी जुन प्रक्रियाबाट छोडियो छोकडा पनि त्यसरी नै भित्र्याउन पाउनुपर्ने माग बीएलजे ग्रूपका सञ्चालक दीपेन्द्र गुप्ताको छ । ‘सरकारले एउटै निर्णयबाट रोकेको मालसामान छोड्ने बेलामा भने साना व्यवसायीमाथि अन्याय गरेको छ,’ गुप्ताले भने ।

    नाकामा रोकिएको मालसामान भित्र्याउन दिने सम्बन्धमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले लगेको प्रस्ताव मन्त्रिपरिषद्ले पास गरेको थियो । भुक्तानीको डीएपी प्रक्रियामा आएका यस्ता वस्तुलाई खाद्यले अनुमति नदिएपछि भन्सारले जाँचपास रोकेको थियो । वीरगञ्ज र भारतका विभिन्न बन्दरगाहमा रोकिएकामध्ये ६० कन्टेनर मरीच निर्यातकर्ताले बंगलादेशका व्यवसायीलाई विक्री गरेका छन् । सरकारले यसअघि निर्याकर्ताले फिर्ता लैजान चाहेमा मरीच लैजान दिने निर्णय गरेको थियो । अन्य परिमाणको मरीच, केराउ र
    सुपारी धमाधाम भित्रिइरहेको छ ।

    भित्र्याउन दिने वा के गर्ने भन्नेबारेमा सरकारको निर्देशन नआएकाले छोकडाको जाँचपास नभएको वीरगञ्ज सुक्खा बन्दरगाह भन्सारका निमित्त प्रमुख जगदीश पुर्वेले बताए ।  सरकारले छोड्ने भनिसकेका मालसामान भित्रिइरहेका छन् । छोकडाको विषयमा अहिलेसम्म कुनै निर्णय आइसकेको छैन, उनले भने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑