• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    दशैँका लागि छैन मदिराको जोहो, व्यवसायी भन्छन्ः माग आउने आशा पनि मारिसक्यौँ

  • वीरगंज संजाल
  • Sep 9, 2020, 8:01 am
  • ३६६९

    वीरगंज  | हरेक वर्ष भदौ लाग्नेबित्तिकै दशैं तिहारको लागि मदिरा बढी आवश्यक पर्छ भनेर मदिरा उत्पादकलाई डिलरहरुबाट माग आउँथ्यो।यो वर्ष भदौको अन्तिम साता सुरु हुँदा पनि कुनै पनि ब्राण्डमा त्यसरी माग आएको छैन। मदिरा उत्पादकहरुले यो वर्षको चाडबाडको लागि त्यो माग आउने आशा समेत गरेका छैनन्।विदेशबाट आउने रक्सी सरकारले बन्देज गरेको छ। तर पनि नेपालमा नै उत्पादित मदिराको बिक्रीवितरण पनि चैतदेखि असारसम्म ५० प्रतिशतले घटेको छ।

    साउनमा त नेपालमा मदिरा एकदमै कम खपत हुने महिना हो। साउनमा धेरै नेपालीले मदिरा बार्ने गर्छन्। भदौ लागेपछि चाडपर्व पनि सुरु हुने र मदिराको माग समेत बढ्ने गरेको थियो। दशैँ तिहारको लागि त सामान्य अवस्थाभन्दा तीन गुणासम्म बढीको माग मदिरा बिक्री गर्ने डिलरहरुबाट आउँथ्यो।

    यो वर्ष भने त्यसको कुनै संकेत नदेखिएको नेपाल पेय पदार्थका संघका महासचिव तथा जावलाखेल डिस्टिलरी प्रालिका लिगल हेड गुरुप्रसाद अधिकारी बताउँछन्।उनले भने, ‘नयाँ आर्थिक वर्ष सुरु भएदेखि नेपालको हरेक उद्योगहरु बन्द नै रहेका छन्। नयाँ आर्थिक वर्ष लागेपछि धेरै उद्योगहरु खुलेको देखिएको छैन। खुलेकाहरु पनि बढीमा १५ दिन मात्रै सञ्चालन भएका होलान्।’

    यसले नै मदिराको उत्पादन कति भइरहेको छ भन्ने आँकडा देखाउने उनको भनाइ छ। धेरै उद्योगी व्यवसायीहरुले उद्योग सञ्चालन हुनुपर्ने माग पनि राखिरहेका छन्। तर मदिरा उद्योगीले भने वर्षको नै धेरै खपत हुने समयमा पनि उद्योग सञ्चालन हुन पाउनुपर्यो भनेर कुनै किसिमको प्रतिक्रिया दिएका छैनन्।

    यसको पहिलो कारण भने मदिरामा सरकारको धारणा नै नकरात्मक हुनुलाई मानिएको अधिकारीको भनाइ छ।उनले भने, ‘सरकारले लकडाउन सुरु गरेदेखि नै मदिरा पसलहरुलाई खोल्न दिएको छैन। तर मदिरा भनेको यस्तो हो उपभोक्ताले तिर्ने ६० प्रतिशत रकम सरकारले नै पाउने उत्पादन हो। सरकारले आफैँ कुरा नबुझ्दा एकातिर सरकारलाई धेरै घाटा परेको छ भने करोडौं लगानी भएका उद्योगहरु पनि डुब्ने खतरामा परेका छन्।’

    त्यस्तै वर्ल्ड दरबार ह्विस्की तथा अर्ना बियर उत्पादक रवि केसी पनि यो धेरै ठूला लगानीकर्ताहरुले आफ्नो लगानी बचाउन नसक्ने स्थितिमा पुगेको बताए।उनले भने, ‘सुरुमा लकडाउन हुँदा त्यसको साफनाफ दशैं तिहारमा गर्ने योजना थियो।’तर कोरोनाको त्रासमा सरकारले बन्दाबन्दीलाई निरन्तरता दिँदा मदिरा उत्पादन र बिक्रीवितरण गर्न नसकेको उनको भनाइ छ।

    केसीले नेपालखबरसँग भने, ‘यो समयमा उपभोक्ताहरुको पनि आम्दानी कम भएकाले मदिरा नै धेरै खपत गर्ने स्थिति त छैन नै तर पनि दशैँ तिहारमा उपभोग बढ्ने समय हो। तर अहिलेसम्म दशैँ तिहारमा पनि खपत बढ्ने छाँट देखिएको छैन।’

    दशैँ तिहारको लागि उत्पादन सुरु हुने समय अहिले हो। त्यसको लागि अहिले नै उत्पादन सुरु गर्नुपर्ने उनको भनाइ छ। तर यो वर्षको दशैँको लागि मदिराको जोहो नहुने निश्चितप्रायः भएको केसीले बताए।

    सरकारले बन्दाबन्दी गरेर नै कोरोनाको समाधान खोज्नु गल्ती भएको मदिरा व्यवसायी बताउँछन्। केसीले भने, ‘सरकारले जोखिम मापदण्ड अपनाएर सबै किमिसको व्यवसाय खुल्ला गर्नुपथ्र्यो, धेरै कामदारले पनि काम पाउँथे। उनीहरुको पनि आम्दानी हुन्थ्यो। जसले हरेक किसिमका उद्योगहरुको उत्पादन पनि खपत हुन्थ्यो।’तर सरकारले त अर्थतन्त्रको चक्र नै रोकिदिएको उनको आरोप छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या
  • रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना
  • बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध
  • नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या

    रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना

    बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध

    नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    बारामा १० हजार लिटर घरेलु मदिरा बनाउने कच्चा पदार्थ नष्ट

    रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या

    रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना

    बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध

    नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या

    News

    रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना

    News

    बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध

    News

    नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम

    News

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑