• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    कर्जा लगानीमा बैंकहरुको अस्वस्थ प्रतिस्पर्धा, केही बैंक राष्ट्र बैंकको निगरानीमा 

  • वीरगंज संजाल
  • Sep 5, 2020, 7:00 am
  • २८४१

    विरगंज। वित्तीय प्रणालीमा अधिक तरलता भएपछि बैंकहरूबीच अस्वस्थ प्रतिस्पर्धा बढेको छ । गत चैतमा कोभिड १९ नियन्त्रणका लागि सरकारले गरेको लकडाउनसँगै बैंक तथा वित्तीय संस्थामा कर्जा लगानी ठप्प हुँदा बैंकहरू अधिक तरलताको अवस्थामा पुगेका छन् ।

    बैंकहरूमा अधिक तरलताको अवस्था आएसँगै बैंकहरूमा अस्वस्थ प्रतिस्पर्धासमेत सुरु भएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकिङ प्रणालीमा अनिवार्य नगद मौज्दातबाहेक १८८ अर्ब ५० करोड तरलता छ । यस्तै बैंकहरूको अन्तर बैंक ब्याजदर पनि ०.२५ प्रतिशत मात्रै रहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा आर्थिक  अनुसन्धान विभाग प्रमुख डा. गुणाकर भट्ट बताउँछन् । वाणिज्य बैंक र वाणिज्य बैंक तथा वाणिज्य बैंक र विकास बैंकबीच साउनयता अन्तर बैंक कारोबार नभएको र न्यून मात्रामा मात्रै वित्त कम्पनीले वाणिज्य बैंकबाट अन्तर बैंक सापटी लिएको उनले बताए ।

    यता केन्द्रीय बैंकले चालु आर्थिक वर्षमा तीनपटक तरलता प्रशोचन गरेको र तीनपटकै बैंकहररूल‌े ०.५ प्रतिशतभन्दा कम ब्याजदरमै सिलबन्दी बोलकबोल गरेको उनले बताए ।

    पछिल्लो समय बैंकहरूमा अस्वस्थ प्रतिस्पर्धा अत्याधिक बढेको बैंकरहरू बताउँछन् । बैंकहरूमा समग्रमा कर्जाको माग नबढे पनि एक-अर्काबीच कर्जा खोसाखोसको अवस्था मात्रै रहेको एक बैंकर्स बताउँछन् । ‘‘समग्र प्रणालीमा कर्जाको माग बढेको छैन, कुनै बैंकको बढ्दा कुनै बैंकको घटेको मात्रै हो,’’ ती बैंकरले भने, ‘‘समग्रमा कर्जाको माग नबढे पनि केही बैंकको भने कर्जा लगानीमा ठूलो वृद्धि देखिएको छ भने आधार ब्याजदर कम भएका तथा पुराना र ठूला केही बैंकको कर्जा लगानीमा ठूलो मात्रामा घटेको देखिन्छ ।’’ प्रणालीको कर्जा लगानी नबढ्नु तर केही बैंकको कर्जामा गिरावट र केही बैंकको कर्जा लगानी अस्वाभाविक रूपमा बढेकाले पनि बैंकहरूबीचको अस्वस्थ प्रतिपर्धालाई छर्लंग पारेको ती बैंकरको दाबी छ ।

    ‘‘बैंकहरूमा कर्जा तानातान मात्रै नभएर एक बैंकले एक करोड कर्जा लगानी गरेको छ भने अर्कोले दुई करोड र अर्को बैंकले पाँच करोडसम्म पनि कर्जा दिएको अवस्था छ,’’ ती बैंकरले बाह्रखरीसँग भने, ‘‘यसरी कर्जा प्रवाह गर्दा बैंकहरूमा ठूलो सिस्टमेटिक रिक्स बढेको छ भने पैसा अनुत्पादक क्षेत्रमा जाने जोखिम पनि त्यतिकै बढेको छ,’’  कुनै व्यक्तिलाई एक करोड कर्जा आवश्यक परेको छ र सोहीअनुसार कर्जा माग गर्छ तर उसलाई आवश्यक नै नपरेको पाँच करोड कर्जा बैंकले लगानी गर्छ भने बढी भएको पैसा उसले अनुत्पादक क्षेत्रमा लगानी गर्छ यसले सिस्टमेटिक रिक्स बढाएको ती बैंकरको दाबी छ ।

    अर्को एक बैंकको ग्राहक अर्को बैंकले खोस्‍ने होडबाजी नै चलेको ती बैंकर्स बताउँछन् । ‘‘केही बैंकहरूले  आधार ब्याजदर कर्जाभन्दा तल गएर पनि लगानी गरिरहेका छन्,’’ उनले भने, ‘‘आधार ब्याजदर कम भएका बैंकहरूले बैंकहरूमा न्युट्रल पैसा राख्नुभन्दा थोरै भए पनि आम्दानी हुन्छ भनेर न्यूनतम प्रिमियममा लघुवित्तलाई थोक कर्जा प्रदान गरिरहेका छन्, ती बैंकसँग प्रतिस्पर्धा गर्न साना र बढी आधारदर भएका केही बैंकले आधार दरभन्दा तल गएर पनि कर्जा लगानी गरिरहेका छन् ।’’

    नीति तथा नियमभित्र  केही कमी-कमजोरी हुने तर त्यही कमजोरीको फाइदा उठाएर बैंकहरूले सिस्टमेटिक रिक्स बढाएको उनको भनाइ छ । उनले भने, ‘‘नीति नियमको कमजोरीलाई सुधार गर्दै वित्तीय क्षेत्रले सेल्फ रेगुलेट पनि हुनुपर्छ ।’’

    वित्तीय क्षेत्रमा सिस्टमेटिक रिक्स बढेको कुरालाई राष्ट्र बैंकका अधिकारीहरू पनि स्वीकार गर्छन् । राष्ट्र बैंक सुपरिवेक्षण विभागका एक अधिकारीले पनि केही बैंकमा अस्वाभाविक कर्जा बढेको देखिएको र राष्ट्र बैंकले ती बैंकको सूक्ष्म निगरानी गरिरहेको बताउँछन् । ‘‘अहिलेको अवस्थामा सबै क्षेत्र ठप्प छ भने समग्र बैंकिङ प्रणालीको पनि कर्जा लगानी वृद्धि भएको छैन,’’ ती अधिकारीले बाह्रखरीसँग भने, ‘‘यस्तो अवस्थामा पनि केही बैंकको अस्वाभाविक कर्जा बढेको छ भने त्यसमा निगरानी बढाउन पर्‍यो ।’’

    पछिल्लो समय सेयर बजारमा लगातार उच्च कोरोबार हुनु र केही बैंकको अस्वाभाविक कर्जा वृद्धि हुनुलाई संयोग मात्रै मान्‍न नसकिने भन्दै  यसमा बैंक सुपरिवेक्षण विभागले सचेत गराउने ती अधिकारीले बताए । उनले भने, ‘‘सबै बैंकमा समस्या छैन केही बैंकलाई हामीले सूक्ष्म निगरानी गरिरहेका छौं, त्यहीअनुसार उनीहरूको लगानीको अध्ययन पनि गरिरहेका छौं ।’’

    लोन स्वाप गर्न राष्ट्र बैंकले गरेको सहजीकरणको पनि बैंकहरूले फाइदा उठाएको ती अधिकारीको दाबी छ । ‘‘पहिले बैंकहरूले लोन स्वाप गर्दा २/३ प्रतिशतसम्म शुल्क लाग्थ्यो भने अहिले ०.१५ प्रतिशतमै लोन स्वाप गर्न सक्ने व्यावस्था गरेका छौं,’’ उनले भने । राष्ट्र बैंकले गरेको सहजीकरणले पनि बैंकहरूले गलत प्रयोग गरेर अस्वस्थ प्रतिस्पर्धा बढाएको ती अधिकारीको दाबी छ ।

    यता विपन्‍नवर्गमा भने बैंकहरूले आधार ब्याजदरभन्दा तल गएर पनि कर्जा लगानी गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले नै गरेको उनको भनाइ छ । अहिले अस्वस्थ प्रतिस्पर्धामा देखिएका आधा दर्जनभन्दा बढी बैंकहरू राष्ट्र बैंकको सूक्ष्म निगरानीमा रहेको ती अधिकारीले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या
  • रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना
  • बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध
  • नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या

    रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना

    बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध

    नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    बारामा १० हजार लिटर घरेलु मदिरा बनाउने कच्चा पदार्थ नष्ट

    रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या

    रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना

    बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध

    नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या

    News

    रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना

    News

    बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध

    News

    नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम

    News

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑