• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    बजार परिसूचक ३.५९ बढ्दा बजार पुँजीकरण २० खर्ब नजिक

  • वीरगंज संजाल
  • Sep 4, 2020, 8:53 pm
  • २७०१

    विरगंज। यो साता सेयरबजार परिसूचक नेप्से ३.५९ प्रतिशत माथिले बढेको छ । कोरना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै जाँदा पनि आर्थिक गतिविधि ठप्प रहेका छन् । तर अर्थतन्त्रको ऐना मानिने पुँजीबजार भने लगातार बढ्दै गएको छ । गत साता ४.३३ प्रतिशतले बढेको नेप्से यो साता ४ दिन मात्रै कारोबार हुँदा साढे ३ प्रतिशत भन्दा बढीले बढेको छ ।

    नेप्सेमा लगातारको वृद्धिसँगै बजार पुँजीकरण पनि २० खर्ब नजिक पुगेको छ । नेप्से पनि गत फागुन यताको उच्च बिन्दुमा पुगेको हो । बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुनुको साथै बैंकहरुले धमाधम एकल अंकको ब्याजदरमा सेयर कर्जा दिँदा प्रदान गरीरहेका छन् । अर्कोतर्फ व्यापार व्यवसाय ठप्प हुँदा व्यापारीहरुले पनि लगानीको विकल्पको रुपमा सेयर बजारलाई रोज्दा बजार परिसूचकसँगै बजारमा लगातार उच्च कारोबार समेत हुँदै आएको छ ।

    बजार परिसूचकसँगै यो साता कारोबार रकम पनि उल्लेख्य देखिएको छ । सातामा ४ दिन मात्रै कारोबार भएको सेयर बजारमा ११ अर्ब ९० करोड माथिको कारोबार भएको छ । यसलाई आधार मान्दा प्रतिदिन औसत करिब ३ अर्बको कारोबार भएको देखिन्छ । गत साता १४५८.०४ अंकमा बन्द भएको नेप्से १५१०.४२ अंकमा बन्द भएको छ । नेप्सेमा बढेसँगे बजार पुँजीकरण पनि करिब २० खर्बको नजिक पुगेको छ । साताको अन्तिम दिन बिहीबार बजार बन्द हुँदा पूँजीकरण १९ खर्ब ९८ अर्ब ३१ करोड पुगेको छ ।

    कतिपय लगानीकर्ताले सेयर बजारमा देखिएको उत्साहलाई ‘अर्थमन्त्री फ्याक्टर’को रुपमा पनि अर्थ्याएका छन् । सेयरप्रति अनुदारको ट्याग लागेको अर्थमन्त्री युवराज खतितवडा बाहिरिने निश्चित भएकोले पनि बजारमा उत्साह देखिएको लगानीकर्ताहरुको दाबी छ । राष्ट्रियसभा सदस्यको दुई वर्ष कार्यकाल गत फागुनमा नै सकिएका अर्थमन्त्री खतिवडालाई थप ६ महिना मन्त्री बन्‍ने समयावधि थप गरिएको थियो । सांसद सदस्य बिना पनि ६ महिनासम्म बन्त्री बन्‍न सक्ने संवैधानिक व्यवस्था अनुसार मन्त्री बनेका खतिवडाको ६ महिना पूरा भएको छ । रिक्त रहेको राष्ट्रिय सभा सदस्यमा नेकपाले उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेसँगै शुक्रबार साँझ खतिवडाले मन्त्री पदबाट राजीनमा दिएका हुन् । अर्थमन्त्रीबाट खतिवडा बाहिरिने निश्चित भएकोले पनि सेयर बजार बढेको लगानीकर्ताहरुको दाबी छ ।

    नेपाल पुनर्बिमा कम्पनीको मात्रै डेढ अर्बभन्दा बढीको कारोबार 

    साताभर बढेको बजारलाई नेपाल पुनर्बिमा कम्पनीले नेतृत्व गरेको छ । यो साता कम्पनीको सेयर मात्रै १ अर्ब ७२ करोड १६ लाखको कारोबार भएको छ । यो साता र अघिल्लो साता कम्पनीको सेयर मूल्यमा भएको लगातारको वृद्धिसँगै कम्पनी बजार पुँजीकरणमा दोस्रो स्थानमा उक्लिएको छ ।

    एक खर्ब ८ अर्ब ३० करोड  बजार पुँजीकरणमा सहित नेपाल दुरसञ्‍चार कम्पनी पहिलो स्थानमा छ भने दोस्रो स्थानमा रहेको नेपाल पुनर्बिमा कम्पनीको बजार पुँजीकरण ८८ अर्ब ९० करोड रहेको छ । गत साता कम्पनी बजार पूँजीकरणमा तेस्रो स्थानमा रहेके थियो ।

    कम्पनीले बजार पुँजीकरणमा नबिल बैंक र नेपाल लाइफ इन्स्योरेन्सलाई पछाडि धकेलेको हो । कारोबार रकममा नेपाल पुनर्बिमापछि नेको इन्स्योरेन्स, नेपाल लाइफ, शिवम् सिमेन्ट, शिखर इन्स्योरेन्स शीर्ष ५ कम्पनीमा रहेका छन् ।

    यता बजार पुँजीकरणमा शीर्ष १० कम्पनीमा तेस्रो स्थानमा नबिल बैंक, चौथौ स्थानमा नेपाल लाइफ इन्स्योरेन्स, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनएमबी बैंक, एनआइसी एशिया बैंक, स्टान्डर्ड चाटर्ड बैंक र हिमालयन बैंक रहेका छन्

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या
  • रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना
  • बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध
  • नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या

    रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना

    बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध

    नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    बारामा १० हजार लिटर घरेलु मदिरा बनाउने कच्चा पदार्थ नष्ट

    रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या

    रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना

    बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध

    नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या

    News

    रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना

    News

    बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध

    News

    नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम

    News

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑