• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    सेयर कारोबार ४ अर्ब नाघ्यो

  • वीरगंज संजाल
  • Sep 2, 2020, 4:43 pm
  • २५०५

    विरगंंज । बुधबार सेयर बजारमा ४ अर्ब बढीको कारोबार भएको छ भने नेप्से परिसूचक १५ सय अंक भन्दा माथि पुगेको छ । नेप्से परिसूचक २५ दशमलव ५८ अंकले बढेर १ हजार ५ सय १० दशमलव ५७ अंकमा बन्द भएको छ । नेप्से ६ महिना पछि १ हजार ५ सय भन्दा माथिको अंकमा पुगेको छ ।

    यस अघि नेप्से २०७६ फागुन १८ गते (मार्च १) मा १ हजार ६ सय २० अंकमा पुगेको थियो भने त्यसको दुई दिन पछि १ हजार ५ सय १ अंकमा झरेको थियो । त्यस यता निरन्तर गिरावट आउदा २०७७ असार १५ गते (जुन २९) मा १ हजार १ सय ७८ अंकमा झरेको थियो । त्यसयता सेयर बजार फेरी बढ्न थालेको थियो ।

    लकडाउनका कारण अर्थतन्त्रमा ठूलो असर परेपनि सेयर बजारमा भने चमक देखिएको छ । यसअघि लकडाउनमा लामो समय बन्द रहेको सेयर बजार पछिल्लो पटक भने अनलाइन कारोबार सम्भव भएपछि बन्द भएको छैन । निषेधाज्ञामा पनि खुलेको बजारमा लगानीकर्ताको आकर्षण देखिएको छ । अहिले ब्रोकर कार्यालयमा जाने अवस्था पनि छैन त्यसैले लगानीकर्ताले अनलाइनमार्फत कारोबार गरिरहेका छन् । त्यसैको असर बुधबरको सेयर बजारमा परेको मान्न सकिन्छ ।

    बुधबार १ सय ८६ कम्पनीको ४ अर्ब १८ करोड १० लाख ३६ हजार रुपैयाँ बढीको ९६ लाख ८६ हजार ९ कित्ता सेयर खरिद विक्री भएको छ । यो कारोबार नेप्सेको इतिहासमा एकै दिनमा भएको कारोबारलाई हेर्नेहो भने बुधबार दोस्रो ठूलो कारोबार हो । यसअघि २०७६ फागुन १५ गते ४ अर्ब ३६ करोड रुपैयाँ बारबरको कारोबार भएको थियो ।

    बजारमा कारोबार बढ्नुको कारण अर्थतन्त्रका अन्य सबै क्षेत्र बन्द रहनु पनि हो । अन्य क्षेत्रमा लगाउने पैसा सेयर बाजरमा भित्रिदा कारोबार रकम बढ्न गएको आकलन लगानीकर्ताहरुको छ ।
    बुधबार जीवन बीमा र निर्जीवन बीमा समूह बाहेकका सबै समूहका सूचक बढेका छन् । सबैभन्दा धेरै अन्य समूहमा वृद्धि भएको छ भने बैंकिङ, विकास बैंक, फाइनान्स लगायतका समूहमा पनि आकर्षक वृद्धि देखिएको छ ।

    सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनीको ६७ करोड ४२ लाख रुपैयाँ बढीको भएको छ भने अन्य आठवटा कम्पनीको कारोबार पनि १० करोड रुपैयाँ भन्दा बढीको भएको छ । बुधबार १५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेप्सेमा उच्च कारोबार हुँदा परिसूचकले पनि साथ दिएको छ । तरपनि प्रभु इन्स्योरेन्स र प्रुडेन्सीयल इन्स्योरेन्सको सेयर मूल्य ४ प्रतिशत बढीले घटेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या
  • रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना
  • बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध
  • नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या

    रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना

    बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध

    नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    बारामा १० हजार लिटर घरेलु मदिरा बनाउने कच्चा पदार्थ नष्ट

    रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या

    रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना

    बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध

    नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या

    News

    रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना

    News

    बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध

    News

    नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम

    News

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑