• Home
  • election
  • election
  • e-Papper
आज:बिहीबार २५ बैशाख, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    निषेधाज्ञा फेरि एक हप्ता थपिने : कस्तो होला मोडालिटी ?

  • वीरगंज संजाल
  • १७ भाद्र २०७७, बुधबार १५:३०
  • २८५७

    काठमाडौं । काठमाडौँ उपत्यकामा थप एक हप्ता निषेधाज्ञालाई निरन्तरता दिने तयारी छ। पहिलेकै स्वरूपमा निरन्तरता दिने कि मोडालिटीमा थोरै परिवर्तन गर्ने बारेमा गृह मन्‍त्रालयमा छलफलमा भइरहेको छ। अपरान्हसम्म टुंगो लाग्‍नेछ। 

    तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले गृहको निर्देशन प्रतिक्षा गरिरहेका छन्। गृहको निर्देशनपछि तीनै प्रजिअको बैठक बसेर सूचना जारी हुनेछ।

    काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबारको बैठकले संक्रमणको जोखिम बढ्दै गएकोले थप एक हप्ता निरन्तरता दिनुपर्ने निश्कर्ष निकालेको थियो। त्यो निश्कर्षसहित तीनै जिल्लाका प्रजिअहरूले अनुमोदनका लागि गृह मन्‍त्रालयमा जानकारी दिएका छन्। बुधबार राति १२ बजे निषेधाज्ञा सकिने भएकोले बुधबार अपरान्हसम्ममा निषेधाज्ञा थपिएको सूचना जारी गर्ने तयारी छ। 

    गृहमन्त्रालयले दिने  निर्देशनका आधारमा निषेधाज्ञाबारे थप छलफल र निर्णय हुने जानकारी  भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले दिइन्।

    निजी क्षेत्रका कार्यालय संचालन तथा अत्यावश्यक सेवा संचालन गर्ने गरी निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने दबाब सबैतिरबाट आएकोले निषेधाज्ञालाई केही खुकुलो बनाउनेबारे छलफल गरिएको हो। मोडालिटीको टुंगो गृहले लगाउँदैछ। नेपाल उद्योग वाणिज्य संघ, स्वास्थ्य क्षेत्र, स्थानीय निकाय लगायत सरोकारवालासँग परामर्श गरेर निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्न लागिएको हो। मंगलबार तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच भर्चुअल बैठक भएको थियो। उपत्यका नगरपालिका फोरमले थप एक हप्ता निषेधाज्ञा गर्नुपर्ने सुझाव तीनै सिडिओलाई दिएको छ।

    उपत्यकाको तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले  भदौ २ गतेको पहिलोपटक एक हप्ताका लागि निषेधाज्ञा जारी गरेका थिए। भदौ १० गतेको निर्णयानुसार यही भदौ १७ गते राति १२ बजेसम्मका लागि उक्त आदेशलाई निरन्तरता दिइएको थियो। संक्रमण तीव्र हुँदै गएपछि लकडाउन खोलिएको दुई महिनापछि सरकारले फेरि निषेधाज्ञा जारी गरेको हो।  

    अहिले काठमाडौंमा दैनिक चार सयको हाराहारीमा संक्रमित थपिएका छन्। कुल संक्रमितको संख्या चालिस हजार नाघिसकेको छ। 

    अहिले उपत्यकासहित मुलुकका ४३ जिल्लामा निषेधाज्ञा जारी  छ। सरकारले सुरुमा चैत ११ गतेदेखि झन्डै चार महिना लकडाउन गरेको थियो। 

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत
  • झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित
  • तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल
  • आज विश्व स्मृति एवं मेलमिलाप दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    कैदी छुटाइदिने भन्ने अदालतका कम्प्युटर अपरेटर घुस सहित पक्राउ

    भारतको आक्रमणमा परिवारका १० सदस्य गुमाउने जैश–ए–मोहम्मद को हुन् ?

    आज बिहिवारको राशिफल

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    News

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    News

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    News

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    News

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑