• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    नेपालले माग्यो बंगलादेशसँग ५० हजार टन यूरिया मल पैँचो

  • वीरगंज संजाल
  • Sep 2, 2020, 7:30 am
  • ३३६५

    काठमाडौं । नेपालले बंगलादेशसँग ५० हजार टन यूरिया मल औपचारिकरुपमै  पैँचो मागेको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशकी समकक्षी शेख हसिनासँग टेलिफोन संवाद गर्दै ५० हजार टन यूनिया मल पठाइदिन आग्रह गरेका हुन् ।  यो सिजनको लागि करिब १ लाख ५० हजार टन यूरिया मल आवश्यक पर्ने र नपुग ५० हजार टन बंगलादेशसँग पैँचोमा मागिएको कृषी मन्त्री धनश्याम भुसालले बताए ।

    “बंगलादेशको यूरिया मल बेच्ने नीति छैन । मागेको पैँचो नै हो । तर, उच्च स्तरको राजनीतिक तहमा कुरा हुनुपर्ने भएकाले आज प्रधानमन्त्रीज्यूले कुराकानी गर्नुभएको हो,” उनले भने ।मन्त्री भुसालले केही समय अगाडि नै बंगलादेशसँग मल सापटी लिने विषयमा छलफल गरेका थिए । पछिल्लोपटक बंगलादेश सकारात्मक भएपछि प्रधानमन्त्रीस्तरमा कुराकानी भएको हो ।

    गहुँ, तरकारी र तोरी रोप्ने मौसममा मलको चरम अभाव हुने देखेपछि नेपालले बंगलादेशसँग यूरिया मल सापटी मागेको हो । प्रधानमन्त्री ओलीले पनि बंगलादेशी समकक्षीसँग टेलिफोन वार्ता भएको र यूरिया मल सहयोग गर्न भनेको ट्विटमा उल्लेख गरेका छन् ।

    सरकारले ५० हजार टन यूरिया मागेको मन्त्री भुसालले बताए । “हामीलाई १ लाख ५० हजार टन जति आवश्यक पर्ने अनुमान छ,” उनले बाह्रखरीसँग भने, “बाँकी १ लाख टन अन्य विकल्पबाट संकलन गर्छौँ ।”

    बंगलादेशले पनि केही उत्पादन गर्ने र केही अन्य मुलुकबाट आयात गर्ने गरेको मन्त्री भुसालले बताए ।

    मन्त्री भुसालका अनुसार अहिले हामीसँग कत्ति पनि यूरिया मल छैन । “आएकोजति बाँडिदै छ । पछिल्लोपटक हरेक २ दिनमा २५ सय मेट्रिक टन आउँछ, त्यो बाँडिहाल्ने गरेका छौं । अहिले कत्ति पनि छैन,” उनले भने ।

    यो परिमाणको यूरिया मल बंगलादेशबाट २० वटा ट्रेनमा ल्याउनुपर्छ । बंगलादेशले २ महिनाभित्र नेपाल पुर्‍याइदिने भनेको मन्त्री भुसालले बताए ।

    यो मल आएपछि सहज रुपमा किसानले यूरिया मल पाउँछन् त भन्ने प्रश्नमा मन्त्री भुसालले भने, “एक साता, १० दिनसम्म जटिलै रहन्छ । विभिन्न ठाउँमा थोरै–थोरै हुँदै जान्छ । हप्ता दश दिनदेखि क्रमशः पुग्दै जान्छ र त्यसपछि ठाउँमा आउँछौं ।”

    उनले अहिले हरेक २–२ दिनमा आएको मल बाँडिराखेको बताए । “तर, बीचमा अभाव रह्यो । अझै पनि १० दिनसम्म अप्ठ्यारो हुन्छ । त्यसपछि हामी निरन्तर नै दिन्छौं,” उनले भने ।

    मन्त्री भुसालका अनुसार बंगलादेशबाट ल्याइने ५० हजार टन यूरिया मल बंगलादेशलाई दिन सोहीअनुसार टेण्डर निकाल्नेछ । “हामीले टेण्डर निकाल्दा बंगलादेश भुक्तान गर्नेगरी निकाल्छौं । ल्याउने ठेकेदारले नै उहीँ पुर्‍याउने व्यवस्था गर्छौँ,” उनले भने ।

    मन्त्रालय स्रोतका अनुसार नेपालमा रासायनिक मल भित्र्याउन ठेक्का पाएर पनि मल नल्याएका नेपाली ठेकेदारलाई क्षतिपूर्ति र भविष्यमासमेत अयोग्य हुनेगरी कारबाहीको तयारी गरिरहेको छ ।

    ५० हजार मेट्रिक टन मल ल्याउने सम्झौता ठेकेदार शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको होनिको मल्टिपलले गरेका थिए । उक्त सम्झौताको म्याद भदौ २० गतेसम्म रहेको र त्यसपछि मल नल्याएपछि कारवाहीको प्रक्रिया अगाडि बढाउने मन्त्रालय स्रोतले भनेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या
  • रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना
  • बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध
  • नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या

    रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना

    बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध

    नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    बारामा १० हजार लिटर घरेलु मदिरा बनाउने कच्चा पदार्थ नष्ट

    रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या

    रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना

    बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध

    नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या

    News

    रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना

    News

    बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध

    News

    नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम

    News

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑