वातावरण जिउने आधारद्वारा जनचेतना फैलाउन अभियान शुरु
वीरगंज संजाल
१६ भाद्र २०७७, मंगलवार २०:४०
९०२५
कोरोना भाईरसको जोखिमबाट बच्ने र बचाउने उद्देश्यले (Living with Environment) वातावरण जिउने आधारद्वारा बिरगंजमा जनचेतना फैलाउन गाउँ टोलमा पर्चा पम्पलेट छर्ने र माईकिङ्ग गर्ने अभियान शुरु गरेको छ ।
गाउँघरमा साबुन पानीले हात धुने, मास्क र सेनिटाइजरको प्रयोग गरी जनचेतना फैलाउने अभियानमा संविधान सभा सदस्य अनिल रुंगटा, वातावरण जिउने आधार (Living with Environment)का क्षेत्रिय अध्यक्ष आशुतोष चतुर्वेदी, जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय पर्साले सहयोग गरेको संस्थाका केन्द्रिय अध्यक्ष आकाश चौहानले बताए ।