काठमाडौ । कृष्ण गुप्ता । भोजपुरीको चर्चित गायक राकेश मिश्र र सेलिना कुँवरको आवाजमा तेरी गुपचुप जवानी नामक गीत रिलिज भएको छ ।
यसअघि विभिन्न गीती एल्बमहरुमा आफ्नो आवाज सजाएकी गायिका सेलिना कुँवर र गायक राकेश मिश्रको यो गीतले दर्शक झुमाउने भएको छ ।
चर्चित एसआरके प्रोडक्सनमा सो गीत आईतबार रिलिज गरिएको हो । ओँकार नाथ मिश्राको लेखन रहेको सो गीतमा गायक सँतोष राज सहनीले सँगीत भरेका हुन् ।
भिडियो भर्सनमा गायक मिश्रले आफैँ अभिनय पनि गरेको एसराज प्रोडक्सनका सँचालक एवम् सँगीतकार सँतोषराज सहनीले बताए ।
सो गीतको लागि अर्जुन पौडेलको पनि सहयोग गरेको जनाइएको छ । वर्तमान परिवेशलाई मध्यनजर गर्दै गोरी रे गोरी तोहर गुपचुप जवानी बोलको गीत बजारमा ल्याएको हो ।
यसअघि पनि नेपाली भोजपुरी मैथिली दर्जनौ गीत एल्बममा गायक सँतोषराजले सँगीत भरेका छन् भने गायिका सेलिना कुँवरले आफ्नो आवाज दिएकी हुन् ।
पूरा भिडियो याहा हेर्नु 👇️👇️👇️