• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    नगद कारोबारबाट कति देखियो कोरोना संक्रमणको जोखिम ?

  • वीरगंज संजाल
  • Aug 31, 2020, 10:45 am
  • २८०५

    विरगंज। नेपालमा कोरोना संक्रमितको संख्या ३८ हजार ५ सय भन्दा माथि पुगिसकेको छ । त्यसमध्ये करिब २१ हजार निको भएर घर फर्किँदा करिब १७ हजार ५ सय जना अझै पनि संक्रमणकै अवस्थामा छन् । कोरोनासँग लड्दै गरेका ती संक्रमितहरु कोही अस्पतालमा छन्, कोही होटलमा छन् भने कोही सरकारले बनाएका आइसोलेसन वार्डहरुमा छन् ।

    ३८ हजार संक्रमितमध्ये को व्यक्ति कसरी संक्रमित भए ? स्वास्थ्य मन्त्रालयसँग यसको यकिन तथ्यांक छैन । मन्त्रालय अझै कोरोनाभाइरस समुदायस्तरमा नफैलिसकेको बताउँछ । तर, पछिल्लो समय ‘ट्राभल हिस्ट्री’ नै नभएका संक्रमितहरुको संख्या भने देखिएको स्वीकारोक्ति स्वास्थ्य मन्त्रालयको छ । मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारी सबै संक्रमितको ट्राभल व्यवस्थित गर्न नसकिएकोले बताउँछन् । तर, कोरोनाभाइरसको संक्रमण समुदायस्तरमै पुगेको अवस्था नरहेको उनको दाबी छ ।

    त्यसो त समुदायस्तरको संक्रमण कस्तो अवस्थालाई समुदायस्तरको संक्रमण भन्ने अन्यौल कायमै छ । कुनै टोलभित्र बस्ने मान्छे वा उसको परिवारका सदस्यमध्ये कोही त्यो टोलबाहिर गएको छैन, तर उसलाई संक्रमण भएको छ भने त्यसलाई समुदायस्तरमा फैलिएको रुपमा मान्नेहरु एकातर्फ छन् । अर्कोतर्फ, समुदायका अधिकांश व्यक्तिलाई कोरोना संक्रमण भएको संक्रमणरहित मान्छे नै सुरक्षाको लागि बाहिर जानुपर्ने अवस्थालाई मात्रै समुदायस्तरको संक्रमण मान्नुपर्ने अर्को विचार पनि छ ।

    विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणको अवस्थालाई ३ चरणमा मात्रै विभाजन गरेको छ । पहिलो चरण विदेशबाट फर्केकाहरु मात्रै संक्रमित भएको अवस्था हो । धेरैजसो देशले यो चरण क्रस गरिसकेका छन्, त्यसैले यसको यतिबेला औचित्य नै छैन । दोस्रो चरण, विदेशबाट आएका व्यक्तिको परिवारमा संक्रमण भएको वा उसले भ्रमण गरेको ठाउँका व्यक्तिलाई संक्रमण हुने अवस्था हो । त्यसभन्दा माथि हुने सबै प्रकारको संक्रमणलाई तेस्रो चरण मानिन्छ । तर, तेस्रो चरण निकै भयावह अवस्था देखाउने भएकोले सरकारले अहिले पनि अहिलेको अवस्थालाई तेस्रो चरणको मान्न चाहँदैन ।

    यहाँ चर्चा गर्न खोजिएको विषय कम्युनिटी ट्रान्समिसनको होइन, नोटबाट हुनसक्ने भाइरसको संक्रमणको हो । कोरोना महामारी फैलिएसँगै डब्लुएचओले बैङ्क नोटबाट कोरोना संक्रमण हुनसक्ने भन्दै नगद कारोबार गर्न नहुने बतायो । विश्व स्वास्थ्य संगठनको त्यो आग्रहसँगै विश्वका कतिपय देशले केन्द्रीय बैङ्कमा फिर्ता भएको नोटलाई फेरि बाहिर नपठाउने वरु त्यहीँ नष्ट गरिदिने समेत गर्न थाले । त्यसमध्येको एउटा देश चीन पनि थियो ।

    त्यो घोषणापछि केही देशले भने नोट कारोबारमा कडाइ गर्न थाले, अहिले पनि गर्दै आएका छन् । युरोपमा कोरोनाभाइरस संक्रमण देखिँदै गर्दा अमेरिकाले युरोपेली मुलुकबाट आएका नोटलाई १० दिनसम्म होल्ड गरेर मात्रै प्रयोग गर्ने नीति लिएको थियो । किनकी त्योकेला डब्लुएचओले नोटमा कोरोना ९ दिनसम्म सक्रिय हुनसक्ने जनाएको थियो ।

    अहिले विश्वका सबैजसो देशहरुले कोरोना संक्रमण फैलिन नदिन भन्दै नोटलाई संक्रमणरहित बनाउने गरेका छन् । नेपालमा पनि बैङ्क तथा वित्तीय संस्थाहरुले त्यो प्रक्रिया अपनाइरहेका छन् । नेपाल राष्ट्र बैङ्कदेखि बैङ्क तथा वित्तीय संस्थाहरुले नोटलाई त्यसरी ‘डिस्इन्फेक्ट’ गर्ने गरेको छ । नेपाल राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती नेपाल, राष्ट्र बैङ्कले बजारबाट आउने सबै नोटलाई संक्रमणरहित बनाएर मात्रै राख्ने गरेको र बैङ्क तथा वित्तीय संस्थालाई पनि त्यही अनुसारको निर्देशन दिने गरेको बताए ।

    ‘हामीले डिस्इन्फेक्ट गराउने प्रयास गरेका छौँ । बैङ्कहरुलाई नि त्यही निर्देशन दिएका छौं । तर, कति गर्नुभएको छ, कति गर्नुभएको छैन भनेर अनुगमन गर्न चाहिँ सकेका छैनौँ,’ कार्यकारी निर्देशक नेपालले भने, ‘बैङ्कहरुले पालना गर्नुभएकै होला भन्ने लागेको छ ।’ तर कार्यकारी निर्देशक नेपाल नोटकै कारण कोही संक्रमित भएको अवस्था नरहेको बताउँछन् ।

    एनआईशी एशिया बैङ्कका चिफ बिजनेस अफिसर अर्जुन खानियाँ अहिले आफूहरुले बैङ्कमा आएका सबै नोटलाई छुट्टै कर्मचारीबाट स्प्रे गर्न लगाएर मात्रै काउन्टरका कर्मचारीलाई दिने गरेको छ । त्यसरी संक्रमणरहित बनाउने कर्मचारीलाई पीपीई लगायत सुरक्षा सामाग्री उपलब्ध गराइएको भए पनि उनीहरुले त्यसको प्रयोग गर्नुपर्ने आवश्यकता महशुस नै नगरेको उनी बताउँछन् । नोटकै कारण कोरोना सरेको आशंका अहिलेसम्म नगरिएको खानियाँ समेत बताउँछन् ।

    संक्रमित धेरै भेटिए, कारण अरु नै

    कोरोनाभाइरसको संक्रमणबाट अहिले सबैजसो बैङ्क तथा वित्तीय संस्था अछुतो छैन । ग्लोबल आईएमई बैङ्कबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेको कोरोनाको संक्रमण यतिबेला करिब दुई दर्जन वाणिज्य बैङ्कमा पुगिसकेको छ ।

    प्राइम कमर्शियल बैङ्कको मुख्य कार्यालयमा एकैपटक डेढ दर्जनलाई कोरोना देखियो । त्यसैगरी, एभरेष्ट बैङ्क, नेपाल बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, कृषि विकास बैङ्क, एनएमबि बैङ्क, सानिमा बैङ्क, एनआईशी एशिया बैङ्क, नेपाल एसबीआई बैङ्क लगायतका बैङ्कहरुमा कोरोना संक्रमण देखिइसकेको छ । त्यसरी संक्रमितको संख्या मुख्य कार्यालय र शाखा कार्यालयहरुमा उत्तिकै देखिएको छ ।

    प्रमुख कार्यालयहरुमा डिस्इन्फेक्ट गर्ने प्रणाली राम्रो हुने भए पनि कर्मचारी अभावका कारण शाखा कार्यालयमा सबै सुविधा उपलब्ध नहुने स्वीकारोक्ति बैङ्करकै छ । तर, नोट संक्रमणरहित नभएकोले कोरोना सर्यो भन्ने अवस्था अहिलेसम्म आशंका समेत गर्नु नपरेको उनीहरु बताउँछन् ।

    त्यसो त बैंकिङ क्षेत्रबाहेक सयौँ गुणा बढी नगद कारोबार त्योभन्दा बाहिर हुन्छ । आवतजावतमा सास्याका कारण ठूला र व्यवसायिक कारोबारहरुको भुक्तानी यतिबेला अनलाइन वा वालेटबाट हुन थालेका छन् । तर रिटेल कारोबारमा अहिले पनि आधुनिक भुक्तानीको पहुँच छैन । त्यतिमात्रै होइन, वित्तीय कारोबार गर्ने सहकारी संस्था, रेमिट्यान्स कम्पनी र तिनका एजेन्ट, सब–एजेन्टहरुले ठूलो मात्रामा नगद कारोबार गर्छन् । तर, उनीहरुले यसलाई संक्रमणरहित बनाउने कुनै मापदण्ड अपनाउने गरेका छैनन् । तर, अहिलेसम्म नोटबाट संक्रमण भएको प्रमाण पाइएको छैन । संक्रमणले आधा लाखको बाटो लिँदा अहिलेसम्म नोटबाटै कोरोना फैलिएको खबर अहिलेसम्म कहिँकतै फैलिएको छैन ।

    त्यसो त जनस्वास्थ्यविद्हरु नोटलाई कोरोना संक्रमणको माध्यमको रुपमा हेर्न नमिल्ने बताउँछन् । जनस्वास्थ्य विज्ञ समीरमणि दीक्षित भाइरसको संक्रमण सबै माध्यमबाट हुनसक्ने सम्भावना भए पनि नोट प्रमुख माध्यम नभएको बताउँछन् ।  ‘कोरोना महामारी कुनै पनि वस्तुबाट सर्नसक्छ, त्यसैले नोटबाट सर्दैन भन्ने होइन । तर, नोट त्यति जोखिमपूर्ण भने मानिँदैन । अहिलेसम्म नोटबाट कोरोनाभाइरस सरेका पुष्टि भएको छैन,’ दीक्षित भन्छन् ।

    विश्व स्वास्थ्य संगठनले भने नोटलाई कोरोनाको मात्रै नभएर अरु हजारौं किटाणुको घर भएको बताउँदै सकभर नोटको कारोबार नै नगर्न भनिरहेको छ । तर, जनस्वास्थ्यविद्हरु त्यसलाई स्वीकार गर्ने पक्षमा छैनन् ।

    एकजना अर्का स्वास्थ्यविद् भन्छन्, ‘डब्लुएचओले भनेपछि त्यसलाई सीधै इन्कार गर्न स्वास्थ्यकर्मीलाई ठूलै आँट चाहिन्छ । तर, नोटबाट संक्रमण हुने कुरा सैद्धान्तिक रुपमा मात्रै सही छ । तर नोटबाट संक्रमण त्यसरी फैलिन्थ्यो भने आजको दिनमा विश्वमा निरोगी मान्छे कोही पनि हुने थिएनन् होला ।’यो समाचार रातोपार्ते मा प्रकासण गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या
  • रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना
  • बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध
  • नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या

    रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना

    बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध

    नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    बारामा १० हजार लिटर घरेलु मदिरा बनाउने कच्चा पदार्थ नष्ट

    रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या

    रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना

    बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध

    नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या

    News

    रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना

    News

    बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध

    News

    नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम

    News

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑