• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    अनलाइन खाता खोल्ने बढे

  • वीरगंज संजाल
  • Aug 23, 2020, 6:03 pm
  • २५२५

    वीरगंज। बन्दाबन्दीमा हजारौं ग्राहकले अनलाइनबाट खाता खोलेका छन् । यसबाट बैंकमा रकम जम्मा गर्न मिले पनि झिक्न भने बैंक नै जानुपर्ने भएकाले डिजिटल कारोबार बढाउन अझै चुनौती रहेको देखिन्छ ।

    कोरोना तथा बन्दाबन्दीले गर्दा अधिकांश बैंकले अनलाइन खाता खोल्न जोड दिएका छन् । अनलाइन खाता लक्षित गरी बैंकहरूले थप प्रचारप्रसारसमेत गर्दै आएका छन् ।

    अनलाइनबाट खाता खोल्ने थालनी नबिल बैंकले ८ वर्षअघि पहिलोपटक गरेको थियो । तर, त्यति बेला थालनी भए पनि अहिले बन्दाबन्दीमा भने अनलाइन खातालाई बढी चलायमान बनाउन केन्द्रित भई प्रचार थालेको र यो प्रभावकारी बनेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालको भनाइ छ ।

    गत फागुनयता वाणिज्य बैंकमा मात्र ९ लाख ४८ हजार ३ सय ५० जना निक्षेपकर्ता थपिएका छन् र यीमध्ये धेरैजसो अनलाइनमार्फत खाता खोल्ने रहेको बैंकरहरूको भनाइ छ ।

    नबिल, एनआईसी एशिया, सिटिजन्स, एनएमबीलगायत बैंकले अनलाइनमार्पmत खोलिने खातालाई प्रभावकारी बनाउन फेसबुक तथा भाइबरबाट समेत खाता खोल्ने सुविधा दिएका छन् । यसले राम्रो गरेको एनएमबी बैंकले बताएको छ । एनएमबीका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले आपूmहरूले ल्याएको यस्तो सुविधाबाट बन्दाबन्दीमा मात्रै करीब १० हजारको हाराहारीमा खाता खुलेको जानकारी दिए । ‘हामीले ल्याएको खाता खोल्ने सुविधाको धेरै राम्रो प्रतिक्रिया आयो । अबका दिनमा अनलाइन खाता तथा डिजिटल कारोबारलाई जोड दिनुपर्छ,’ उनले अभियानसँग भने, ‘यसरी कारोबार गर्दा भौतिक दूरी कायम हुने, सुरक्षित, भरपर्दो, समय बच्ने र कम खर्चिलो पनि छ ।’

    एनआईसी एशिया बैंकले घरैबाट निःशुल्क अनलाइन खाता खोल्न दिएको सुविधा प्रभावकारी हुन थालेको बताएको छ । अनलाइनबाट खाता खोल्ने बढ्दै गएकाले यसलाई निरन्तरता दिने बैंकहरूको भनाइ छ ।

    यस्तो सुविधाबाट विगतमा विदेशमा भएका नेपाली बढी लाभान्वित भएको बैंकरहरू बताउँछन् । अनलाइनमा अभ्यस्त नहुनेहरू भने बैंक नै धाउने गरेको बैंकरहरूको भनाइ छ । त्यसैले डिजिटल कारोबारमा बानी बसाल्न अझै चुनौती रहेको नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माको भनाइ छ । शर्माले भने, ‘आइडल खाता खोलेर मात्र हुँदैन । खुलेका खाताहरूलाई अब निरन्तर डिजिटल कारोबारमा सक्रिय बनाउनुपर्छ ।’

    सानिमा बैंकले करीब ६ वर्षअघिदेखि यस्तो खाता सञ्चालनमा ल्याए पनि यतिबेला अनलाइनबाट खाता खोल्न जोड दिएको छ । बैंकका सीईओसमेत रहेका संघका अध्यक्ष दाहालका अनुसार अनलाइनबाट नेपालीहरूले फाट्टफुट्ट अनलाइन खाता खोल्ने गर्थे तर अहिले भने यसको संख्या बढेको छ । ‘खाता खोलेपछि खातामा रकम जम्मा गर्न पाइन्छ तर झिक्न तथा भुक्तानी गर्न भने एकपटक बैंकमा उपस्थित भएर ग्राहक पहिचान फारम बुझाई खातावाला व्यक्ति हो वा होइन भनेर प्रमाणित गर्नुपर्छ,’ उनले भने । यससँगै अब बैंकहरू क्रमशः कागजरहित कारोबारमा फड्को मार्नुपर्ने उनको तर्क छ । केवाईसी समेत अनलाइनबाट प्रमाणित गराउन सक्ने र भुक्तानीसमेत गर्न पाउने व्यवस्था भए यो अभैm प्रभावकारी हुने बैंकरहरूको भनाइ छ ।

    बैंक तथा वित्तीय संस्थाले आधुनिक प्रविधिमा लगानी गरी सुरक्षित डिजिटल कारोबार गर्नेतर्पm नेपाल राष्ट्र बैंकले पटकपटक ध्यानाकर्षण गराउँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या
  • रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना
  • बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध
  • नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या

    रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना

    बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध

    नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    बारामा १० हजार लिटर घरेलु मदिरा बनाउने कच्चा पदार्थ नष्ट

    रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या

    रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना

    बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध

    नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या

    News

    रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना

    News

    बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध

    News

    नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम

    News

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑