हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडानम्बर १ स्थित जरुवाटोलका एक व्यक्तीले बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा गरिएको कोरोना परिक्षण संकास्पद रहेको बताएका छन्।
सोही स्थानका व्यक्तीले आफ्नो ६१ वर्षीय बुबाको मृत्यु भएपछि गरिएको स्वाव परिक्षण गलत भएको आरोप लगाएका छन् ।
रोगले ग्रहस्त भएर उपचार गराईएको र पछि मृत्यु भएपछि स्वाव संकलनमा लगिएपछि कोरोना पोजेटिभ आएको भन्दै कानुनी तरीकाले शवलाई लगिएको उनले बताए ।
यसमा काम गर्नेहरुको लापरवाही भएका कारण सबैलाई अन्यौलमा पार्ने कामले बास्तवीक के हो भन्ने एकीन गर्न नसकेको स्थानिएहरु बताउँछन् ।
कोरोना पोजेटिभ या नेगेटिभ होस त्यसमा कुनै गुनासो नभएको बताउँदै बास्तवीक के भन्ने नागरीकहरु माझ ल्याउँन पर्ने बताएका हुन् ।
यसैक्रममा वडानम्बर १ का वडाध्यक्ष सविन न्यौपानेले गहन तरिकाले हेरेर काम गरिने बताए ।