वीरगंज | कोरोना संक्रमणका कारण काठमाडौंमा थप एक जनाको मृत्यु भएको छ।बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत बालुवाटारका ७६ वर्षीय व्यक्तिको बिहीबार साँझ मृत्यु भएको हो।
अस्पतालका प्रवक्ता डा. प्रविण नेपालका अनुसार अस्पताल भर्ना भएको एक घण्टामै ती पुरुषको मृत्यु भएको हो। उनमा ६ दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो।
घरमै आइसोलेसनमा बसेका उनी अवस्था गम्भीर भएपछि अस्पताल ल्याइएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भउको सशस्त्र अस्पतालले जनाएको छ।
यसअघि बिहीबार नै कोरोनाबाट काठमाडौं भीमसेनस्थानकी ६५ वर्षीया महिलाको मृत्यु भएको थियो। काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको हो।