वीरगंज। दिवंगत अभिनेत्री श्रीदेवीको बिहिबार जन्मजयन्ती हो । सन् १९६३ को अगष्ट १३ मा भारतको तमिलनाडुमा जन्मिएकी श्रीदेवी चार वर्षको उमेरदेखि कलाकारिता क्षेत्रमा प्रवेश गरेकी थिइन् । श्रीदेवीको फेबु्रअरी २४ को राति अचानक मृत्यु भयो । संयुक्त अरब इमिरेट्सको दुबइमा आफन्तको वैवाहिक कार्यक्रममा सहभागी हुन गएकि उनको हृदयाघातका कारण मृत्यु भएको समाचार बाहिर आएको थियो ।
तर अस्पतालले पोस्टमार्टम रिपोर्टले पछि उनको मृत्यु हृदयाघातले नभई बाथ टबमा डुबेर भयो भन्ने तथ्य प्रकाशित गर्यो । बाथ टबमा डुबेर उनको मृत्यु कसरी भयो त । बाथ टबबाहिर एक थोपा पनि पानी पोखिएको थिएन भन्नेजस्ता कैयौँ समाचार पनि नआएका होइनन् । जे होस उनको मृत्यु भयो ।५४ वर्षको उमेरमा निधन भएकी उनले ५० वर्ष त फिल्म क्षेत्रमै काम गरेकी थिइन् । उनका मिस्टर इण्डिया, चाँदनी, मावली, तोफा, चालबाज, लमहे, खुदा गवाह, सद्मा जुदाईजस्ता निकै चर्चित तथा व्यावसायिकरुपमा सफल चलचित्र छन् । उनले यति छोटो उमेरमै डेढ सयभन्दा बढी चलचित्रमा अभिनय गरेकि छन् ।
यसैगरी अचानक मृत्यु भएको भारतीय चलचित्रका अर्की अभिनेत्री हुन् परवीन बाँबी । सन् १९८० को दशकमा अमर अक्बर एन्थोनी, नमक हलाल र शान जस्तो बलिउडका प्रख्यात चलचित्रमा नाम कमाउन सफल उनि सन् १९४९ मा भारतको गुजरात राज्यमा जन्मिएकि थिइन्। बाँबीको सन् २००५ को २० जुलाईका मुम्बइस्थित आफ्नै घरमा ५५ वर्षको उमेरका सुतेकै अवस्था मृत्यु भएको थियो । यो पनि अर्को एक रहस्यमय निधन नै थियो । बाँबी १९७३ देखि १९९० सम्म अभिनेत्रीको रुपमा चत्रित थिइन् । अविबाहित बाँबीले चलचित्र छायाङ्कनमा बढीजसो अभिताभ बच्चन र शशिकपूरसँग अभिनय गरेकी थिइन् ।
यस्तै रहस्यमय मृत्युवरण गरेकी अर्की अभिनेत्री हुन् दिब्या भारती । रुपमा अब्बल मानिएका र रुपको चर्चामा शिखरमा रहेकी यी अभिनेत्रीको १९ वर्षको उमेरमा नै मृत्यु भएको थियो । सन् १९७४ फेबु्रअरी २५ मा महाराष्ट्रमा जन्मिएकी उनको सन् १९९३ अप्रिल ५ मा मृत्यु भएको थियो । हिन्दी र तलेगु चलचित्रमा सानै उमेरमा सफलता प्राप्त गरेकी दिब्याले सन् १९९० को सुरुमा नै सफलता प्राप्त गरेकी थिइन् । कम समयमा नै सफलताको चुचुरोमा पुग्न सफल दिब्याले बिश्वात्मा, सोला ओर सबनम र दिवानाजस्ता चलचित्रबाट भारतमात्र नभएर बाहिरकै कैयौँ आत्मालाई दिवाना बनाउन सफल भएकी थिइन् । यी नायिकाको मुम्बइस्थित एक अपार्टमेन्टको कौसीबाट खसेर मृत्यु भएको भनिएको थियो । तर यो हत्या थियो भन्ने विवाद पनि नचलेको होइन । आजसम्म पनि उनको मृत्यु रहस्यकै गर्वमा छ भनिन्छ ।
बलिउड जगतले अचानक र कम उमेरमा गुमाउन पुगेको अर्को अभिनेत्री स्मिता पाटिल पनि हुन् । एक दशकमा हिन्दी र मराथी ८० भन्दा बढी चलचित्रमा अभिनय गरेकी यी अभिनेत्रीको ३१ वर्षको उमेरमा नै मृत्यु भएको थियो । सन् १९५५ को अक्टोबर १७ मा जन्मिएकी पाटिलको १९८६ को १३ डिसेम्बरमा मृत्यु भएको थियो । उनले दुई वटा राष्ट्रिय चलचित्र पुरस्कार पाएकी थिइन् । भारत नागरिकलाई दिइने चौथो उच्चस्तरीय पुरस्कार पदमश्री पाएकि थिइन् । भारतीय चलचित्रको नै अभिनेता राजबबरसँग विबाह सम्बन्धमा बाधिएकी स्मिताको बच्चा जन्मिदा उत्पन्न प्रसुतीजन्य जटिलताका कारण मृत्यु भएको थियो । उनले हिन्दी भाषाका प्रख्यात चलचित्र अर्थ, भूमिका, वासिस, आजकी आवाज मिर्च मसाला, नमक हलालजस्ता कैयौ चलचित्रमा अभिनय अभिनय गरेकि थिइन् ।
बलिउड चलचित्र जगतले सानै उमेरमा गुमाएको अर्का अभिनेत्री मीना कुमारी । सन् १९३३ को १ अगस्तमा जन्मिएकी मिनाकुमारीको ३९ वर्षको उमेरमा मृत्यु भएको थियो । बालकलाकारबाट नै चलचित्र जगतमा प्रवेश गरेकी मिनाको १९७२ को ३१ अगस्तमा मृत्यु भएको थियो । उनलाई बलिउड जगतमा ‘द ट्रजिडी क्वीन’ को नामबाट पनि चिनिन्थ्यो । उनले बलिउडका प्रख्यात चलचित्र सहिब बिवी ओर गुलाम, पाकिजा, मेरे अफ्ने, बैजु बावरा, दिल अप्ने और प्रित पराई जस्ता कैयौँ चलचित्रमा अभिनय गरेकी थिइन् । उनको निधन क्यान्सरको कारण भएको थियो ।
भारतीय चलचित्रका निर्देशक, निर्माता कलाकारसमेत रहेका गुरुदत्तको पनि ३९ वर्षको उमेरमा नै मृत्यु भएको थियो । उनि सन् १९५० देखि ६० को दशकमा अत्यन्त प्रख्यात थिए । उनका चर्चित चलचित्रहरुमा प्यासा, कागज के फुल, साहिब बिबी और गुलाम, चौँदवीका चाँदलगायतअन्य कैयौ थिए । उनले एक सय भन्दा बढी भारतीय चलचित्रमा अभिनय गरेका थिए । गुरुदत्त सो समयका वरिष्ठ भारतीय चलचित्र निर्देशकसमेत रहेका थिए । उनलाई भारतीय चलचित्र जगतले ३९ वर्षको कलिलो उमेरमा नै गुमाउनु परेको थियो । सन् १९२५ को जुलाई ९ मा जन्मिएका उनको १९६४ को १० अक्टोबरमा नै मृत्यु भएको थियो।
त्यसैगरी हृदयाघातका कारण मृत्युवरण गर्न पुगेका बलिउडका अर्का प्रख्यात अभिनेता सन्जीव कुमार पनि हुन्। उनको ४७ वर्षको उमेरमै मृत्यु भएको थियो । सन् १९३८ को ९ जनवरीमा जन्मिएका सन्जीवकुमारले कैयौँ भारतीय चलचित्र सम्बन्धी पुरस्कार पनि पाएका थिए । उनले दस्तक र कोशिस हिन्दी चलचित्रमा ‘नेसनल फिल्म अवार्ड फर बेस्ट एक्टर’ को पुरस्कारलगात कैयौँ पुरस्कार पाए । कलाजगतमा विलक्षण प्रतिभाका धनी सन्जीवकुमारको यो अल्पायुकै निधनले पनि कैयौँ कलाकर्मी र कलाप्रेमीहरु मार्महत भएका थिए । उनका प्रचलित चलचित्रमा अर्जुन पन्डित, कोशिस, खिलौना, यही हे जिन्दगी, नया दिन नै रात आदि हुन् । अविबाहित रहेका उनको ६ नोभेम्बर १९८५ मा मृत्यु भएको थियो । त्यसताका भनिन्थियो उनलाई मृटुको केही समस्या रहेको कारणले नै विबाह गरेका थिएनन् ।
हृदयघातका कारण हिन्दी चलचित्रका अमूल्य रत्न गुमाउनु परेको अर्को अभिनेता हो विनोद मेहरा । उनको जन्म १९४५ को १३ फेबु्रअरीका भएको थियो र १९९० को ३० अक्टोबरमा ४५ बर्षको उमेरमा मृत्यु भएको थियो । उनले बालकलाकारको रुपमा १९५० मा बलिउडमा काम गरेका थिए । उनले आफ्नो युवा उमेरमा चलचित्रको जीवनयात्रा सन् १९७१ बाट सुरु गरेका थिए । उनि गुरुदेव भन्ने हिन्दी चलचित्रको निर्देशक र निर्मातासमेत हुन् । उनको मृत्यु भएको तीन बर्षपछि मात्र सो चलचित्रको विमोचन भएको थियो । उनले हिन्दी चलचित्र जगतका अति उत्कृष्ट कथाका आधारित अमर प्रेम, लाल पथर, अनुरागलगायतको चलचित्रमा अभिनय गरेका थिए । उनिसँग अभिनयगर्ने अभिनेत्रीहरुमा मौसमी च्यातरजी, रेखा, योगीता बाली शबाना आजमीलगायत थिए ।
हृदयाघातका कारण निधन भएका किशोरकुमारजस्ता कलाकारका कारण हिन्दी चलचित्र जगतले आफ्नो आवाज समेत गुमायो । सुरिलो र मीठो आवाजका धनी यी महान कलाकार किशोरकुमारको जन्म सन् १९२९ को अगस्ट ४ मा भएको थियो । उनको मृत्यु सन् १९८७ को १३ अक्टोबरमा भएको थियो । उनि भारतीय पाश्व गायक, गीतकार, रचनाकार, निर्माता र निर्देशक थिए । उनले कैयौँ भाषामा गाना गाएका थिए । उनले पाश्व गायनतर्फ आठवटा चलचित्र पुरस्कार पाएका थिए । उनको ५८ वर्षको उमेरमा मृत्यु भएको थियो । उनको हिन्दी प्रचलित गानाहरुमा मेरे सपनोकी रानी, रुप तेरा मस्ताना, ओ मेरे दिलके चैन, तेरे विना जिन्दगी से कोही सिकुवा नहीजस्ता सयौँ गाना रहेका छन् ।
त्यस्तै आवाजका धनी अर्का गायक मोहमद रफिको पनि हृदयघातका कारण नै मृत्यु भएको थियो । सन् १९२४ को २३ डिसेम्बरमा जन्मिएका उनको १९८० ३१ जुलाईमा ५६ वर्षको उमेरमा मृत्यु भएको थियो । पद्मश्रीसहित विभिन्न छ वटा चलचित्र पुरस्कार प्राप्त गरेका थिए । उनका भारतका अनेक भाषामा करिब ७ हजार ४०५ गीत रेकर्ड छन् ।
त्यस्तै गायन क्षेत्रका अर्का हस्ती मुकेश चन्द माथुरलाई पनि हृदयाघातले नै छोटै उमरेमा लगेको थियो । उनि १९२३ को जुलाईमा जन्मिएका थिए भने १९७६ को अगस्त २७ मा मृत्यु भएको थियो । उनले १९७३ मा ‘नेसनल फिल्म अवार्ड फर बेस्ट मेल प्लेब्याक सिङगर’ पुरस्कार पाएका थिए । उनले अभिनेता राजकपुर, मनोजकुमार फेरोज खान र सुनिल दत्तको लागि विषेशगरी गाना गाएका थिए ।
बलिउड अभिनेता सुशान्त सिंह राजपूतले यसै बर्ष आत्महत्या गरे । कैयौँ चलचित्रमा खेलेका राजपुत आइतबार मुम्बाई बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा झुण्डिएको अवस्थामा भेटिएका थिए । प्रहरीले पनि उनको आत्महत्या भएको बताएको थियो । सुशान्त टिभीबाट सफलतापूर्वक फिल्ममा प्रवेश गर्ने थोरै कलाकारहरू मध्ये एक थिए। पटनामा १९८६ मा जन्मिएको सुशान्तले दिल्ली कलेज अफ इन्जिनियरिङमा मेकानिकल इन्जिनियरिङमा अध्ययन गरिरहेका थिए । तर उनको मन नृत्य हुदै अभिनयमा केन्द्रित भयो।
सुशान्त सिंह राजपूत जस्तै अभिनेत्री जिया खानले पनि कम उमेरमा नै आत्महत्या गरेकी थिया् । यद्यपि, जिया खानको मृत्यु आजसम्म पनि रहस्यमय नै छ । जियाको शव मुम्बईको जुहू स्थित घरमा भेटिएको थियो। जिया खानको प्रेमी सूरज पंचोलीलाई अभिनेत्रीलाई आत्महत्या गर्ने उसकाएको आरोप लगाइएको थियो। जिया त्यसबेला अभिनेता सूरज पञ्चोलीसँग रिलेसनमा थिइन् । जियाको आत्महत्यामा सूरज तानिने नै भयो । यद्यपी सूरजले आफुलाई निर्देश सावित गर्न अनेक यत्न गरे । सो घटनाले पुन अभिनेता सूरजमाथि औंला उठाएको छ ।
क्यान्सरसँग जुधिरहेका भारतीय अभिनेता इरफान खानको पनि यसै बर्ष निधन भयो । ५४ वर्षीय खान दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए। खानलाई न्युरोएन्डोक्राइन ट्युमर भएको थियो। इरफान खान थिएटरबाट सिनेमाबाट आएका थिए। जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खानले अन्तिम फिल्म ‘अंग्रेजी मिडियम’मा अभिनय गरेका थिए। गत वर्ष लन्डनमा उपचार गराएर फर्केपछि इरफान मुम्बईको कोकिलाबेन अस्पतालकै डाक्टरको निगरानीमा नियमित रुपमा स्वास्थ्य जाँच गराइरहेका थिए । ‘अंग्रेजी मिडियम’ छायांकनका बेला पनि उनको स्वास्थ्यमा समस्या आएको बताइएको थियो । उनको स्वास्थ्य अवस्थाका कारण केही समय छायांकन पनि रोकिएको थियो ।
इरफान खानको मृत्यु भएको भोलि पल्टै क्यान्सर पीडित अभिनेता ऋषि कपूरको निधन भयो । ऋषि कपुरलाई सन् २०१८ मा क्यान्सर भएको थियो । ऋषि कपूरले पहिलो फिल्मफेयर अवार्ड ‘बाबी’ चलचित्रबाट जितेका थिए । त्यसपछि उनले २५ वर्षसम्म कुनै फिल्मफेयर अवार्ड पाएनन् । तर २५ वर्ष पछि उनलाई बलिउडमा २५ वर्ष पूरा गरेको भन्दै फिल्मफेयर अवार्ड दिइएको थियो । ११ महिनासम्म अमेरिकामा रहेर उपचार गराई गत वर्ष सेप्टेम्बरमा भारत फर्केका थिए । अमेरिकामा उनकी पत्नी एवं अभिनेत्री नीतू साथमा थिइन् । ६७ वर्षीय कपूरको अवस्था गम्भीर भएपछि मुम्बई स्थित एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना गरिएको थियो ।