• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    नेशनल मेडिकल कलेजले सरकारको कुरा पनि मानेन : डा. उपाध्याय

  • वीरगंज संजाल
  • Aug 8, 2020, 7:50 pm
  • १३४६१

    वीरगंज | नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले पछिल्लो समय पर्सामा कोरोना संक्रमितहरुको संख्या बढेको र उनीहरुको व्यवस्थापन ठूलो चूनौति भएको बताएका छन् । उनले आफूहरुसँग आईसोलेट गरेर राख्ने अस्पताल नभएको पनि समस्या सुनाएका छन् । शनिबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले पाँच सय बेड भएको नेश्नल मेडिकल कलेजले सहयोग नगरेको गुनासो पोखे । राज्यले यसबारेमा उपयुक्त कदम चाल्नुपर्ने उनको तर्क छ । प्रस्तुत छ डा. उपाध्यायसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

    वीरगञ्जको अवस्था के छ ?

    हामीले दैनिक रूपमा धेरै नै कोभिड १९ संक्रमित व्यक्तिहरू देखेका छौँ । उहाँहरूको व्यवस्थापन एउटा ठुलो चुनौती छ । हामीसँग आइसोलेट गरेर राख्ने अस्पताल छैन । अहिलेसम्म हामीले नारायणीमा सञ्चालित ५० बेडको अस्पताल छ । अहिले भर्खर प्राइभेट अस्पतालसँग सम्झौता गरेर हामीले त्यहाँ विरामी आइसोलेट गरेर राखेका छौँ जसमा १०० बेड छ र ३० आइ.सी.यु छ । यति १५० बेडको अस्पतालबाहेक हामीसँग आइसोलेट गरेर राख्ने ठाउँ नभएको हुनाले उहाँहरू अहिले होम आइसोलेसनमा नै हुनुहुन्छ । अहिलेसम्म व्यवस्थापन गर्न नसकेको एउटा ठुलो पाटो भनेको आइसोलेसन सेन्टर नै हो ।

    मेडिकल कलेजको कुरा गर्दाखेरि त्यहाँ धेरै छन् । मेडिकल कलेजहरूमा तपाईहरूले उपचार गराउन सक्नुहुन्न ?

    नेशनल मेडिकल कलेज यहाँ सबैभन्दा बढी बेड भएको अस्पताल हो । हामीलाई चाहिने ५०० बेडको अस्पताल हामीले त्यहाँ बनाउन सक्यौँ भने हामीलाई धेरै राहत पनि हुन्छ । हिजोमात्र निर्णय भएर नेशनल मेडिकल कलेजसँग पहल गर्ने भन्ने कुरा भएको छ ।

    कोभिडको लागि यस अवस्थामा सबै अस्पताल तयार हुनुपर्छ कि पर्दैन ? त्यो दायित्व हो कि होइन ?

    प्रदेश नम्बर २ मा अहिले के देखिएको छ भने अहिलेको यो महामारीसँग लड्ने अथवा अस्पताल व्यवस्थापन गर्ने काममा सरकारका संरक्षणमा रहेका संस्थानहरू मात्र हुनुपर्ने देखिएको छ । मेडिकल कलेजसँग संवाद, सहकार्य नभएको होइन, पटकपटक कुरा भएको हो तर ऊ त्यो अस्पताल दिन तयार छैन । अहिलेपनि अन्तिम अवस्थामा सबै कुरा फेल भईसकेपछि म गर्ने छँदैछु भन्ने किसिमको कुरा गर्छ । त्यसलाई सायद केन्द्रबाट पनि नसकिएको भान हामीलाई भएको छ । स्थानीय तहबाट हामीले त्यसलाई कोभिडको लागि तयार गर्न सकेनौँ ।

    त्यसो भए नेशनल मेडिकल कलेजले सरकारको कुरा पनि मानेन ?

    अहिलेको अवस्थामा त्यो भन्न एकदम सहज र सरल पनि हुन्छ ।

    तर सरकारको निर्देशन नमान्ने अस्पताल त कारबाहीमा पर्छ नि त ?

    त्यो सम्बन्धित निकायले गर्नुप¥यो । राज्यले कारबाही पनि अगाडि बढाउनुप¥यो । उसलाई त्यो किसिमले कोभिडको विरुद्ध लड्न तयार पनि पार्नुप¥यो । त्यो त राज्यको दायित्व पनि हो ।

    निषेधाज्ञा जारी गरेर मात्र समस्याको समाधान हुन्छ कि अन्य विकल्प पनि खोज्नुपर्छ । के भन्नुहुन्छ ?

    लकडाउनले मात्र समस्याको समाधान हुने होइन । कहिलेसम्म लकडाउन गर्ने ? कहिलेसम्म निषेधाज्ञा जारी गर्ने ? निषेधाज्ञा सँगसँगै परीक्षणको दायरा पनि बढाउन सक्यौँ भने हामीले यसलाई नियन्त्रण गर्न सक्छौँ । त्यसपछि यो रोग पनि कम हुन्छ र महामारी पनि नियन्त्रण हुन्छ । बन्द मात्र गरेर समस्याको समाधान होइन ।

    परीक्षण गर्नका लागि कति सामग्री हामीलाई चाहिएला ?

    अहिले हामीले परीक्षण नगरेका होइनौँ, परीक्षण गरिरहेका छौँ ।

    होइन तीव्र गतिमा भएन नि ? जसरी हुनुपथ्र्यो भएन ?

    हामीले महानगरपालिका र पालिकाहरूमा पनि हजारौँको संख्यामा गर्न सक्नुपर्छ । यसमा हामीले केही नभए पनि दिनमा १००० नमुनाहरू कलेक्सन गरेर धेरै ठाउँमा गर्न सक्यौँ भने पर्सा र वीरगञ्जको अवस्था हामीले पत्ता पनि लगाउन सक्छौँ । अहिले हामीले गरेको टेस्ट भनेको पोजिटिभ केशहरू हो । त्यसकारण यसले पक्कै पनि पुगेको छैन । दैनिक रूपमा हजार पन्ध्रसय नमुनाहरू लिन सक्यौँ भने सायद हामीले थाहा पाउन सक्छौँ कि वीरगञ्ज र पर्साको अवस्था के कस्तो छ ।

    भेन्टिलेटर छैन तपाईहरूलाई ?

    हामीसँग भेन्टिलेटर वीरगञ्ज हेल्थ केयरमा ८ ओटा र ३ ओटा गण्डकी अस्पतालमा गरेर ११ ओटा भेन्टिलेटर छ । भेन्टिलेटरमात्र भएर पुग्ने होइन, त्यो सँगसँगै क्रिटिकल एक्सपर्ट पनि हामीसँग हुनुहुन्न । हामीसँग १ जना हुनुहुन्थ्यो अस्पतालमा, उहाँ पनि कोभिड पोजिटिभ भएर आइसोलेट भएर बस्नुभएको छ । कुनै एक व्यक्तिले मात्र गर्दाखेरि हामी यो अवस्थामा आइपुगेका होइनौँ ।

    त्यसो भए पूर्वतयारीको कमी कमजोरीको कारणले गर्दाखेरि वीरगञ्जमा संक्रमण फैलियो ?

    अहिलेको हाम्रो भाइरल ट्रान्समिशन छ, जुन संक्रमण छ, यो अहिले पहिलेको भन्दा भिन्न रूपले देखिएको हुनाले हामीले यसमा अध्ययन अनुसन्धान पनि गर्न सकेका छैनौँ । यो अनुसन्धानकै विषय हो । त्यो पाटो पनि अलिकति कमजोर छ, हामीले केही त्यसमा केही गर्नै सकिरहेका छैनौँ ।

    कोरोनाको महामारीबाट वीरगञ्जलाई बचाउनको लागि कसले कहाँबाट के गर्नुपर्छ ?

    यसमा हामी सबैको जिम्मा छ । पहिलो कुरा त नागरिक पनि सचेत भईदिनुप¥यो । अनावश्यक रूपमा बाहिर निस्कनु भएन । नागरिकले आफ्नो जिम्मेवारी बहन गर्नुप¥यो । सबै सरकारले आइसोलेसन सेन्टरहरू बनाउने र अस्पतालहरूलाई वेल इक्वीप्ड बनाउने, आइ.सी.यु को संख्या थप्ने कामको जिम्मा लिनुप¥यो । यसमा स्थानीय निकाय, मेयर लगायत आइसोलेट गरेर बसेको अवस्था भएकोले त्यहाँ मानव स्रोतको कमी छ । त्यसकारणले सबैले आफ्नो जिम्मेवारी पूरा ग¥यो भने यो महामारीसँग लड्न त्यति गा¥हो पनि छैन ।

    चिकित्सकहरूले काम गर्न पाएका छन् त्यहाँ ? कुनै बाधा अबरोध छ कि छैन ?

    छैन । चिकित्सकहरूलाई काम गर्न केही अबरोध छैन । तर एउटा त्रास के छ भने जुन किसिमले विरामीहरू बढ्दै गए, हर जोरका विरामीहरूलाई हामीले कोभिडको रूपमा हेर्नुपरेको छ । अस्पताललाई बेड अपुग भएको हुनाले त्यो त्रासको बीचमा काम गर्नुपर्ने अवस्था छ ।reportersnepal

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑