• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ६,३३० ‘एक्टिभ केस’ मध्ये २,४११ जना मात्र कोभिड अस्पतालमा, ३,९१९ जना अस्पताल बाहिर

  • वीरगंज संजाल
  • २४ श्रावण २०७७, शनिबार ०६:५६
  • २९७७

    वीरगंज । संक्रमण बढ्दै जाँदा देशभरका कोभिड अस्पताल भरिन थालेका छन् । सरकारले कोरोना उपचारका लागि देशभर ३४ अस्पताल तोकेको थियो ।प्रदेश र स्थानीय तहले पनि केही अस्पताल व्यवस्था गरेका छन् । ६ हजार तीन सय ३० ‘एक्टिभ केस’मध्ये दुई हजार चार सय ११ जना मात्र कोभिड अस्पतालमा, बाँकी तीन हजार नौ सय १९ अस्पतालबाहिर छन् ।प्रदेश २ मा मात्रै १२ सय नौजना अस्पतालमा, उपत्यकाका ६ कोभिड अस्पतालमा चार सय २८ बेडमध्ये तीन सय ८२ मा संक्रमित छन् । प्रदेश १ मा दुई सय ८१, उपत्यकाबाहेक बागमती प्रदेशमा एक सय ३४, गण्डकीमा एक सय २१, प्रदेश ५ मा एक सय ५५, कर्णालीमा ११ र सुदूरपश्चिममा एक सय १३ संक्रमित अस्पतालमा छन् ।

    काठमाडौं उपत्यकामा सरकारले तोकेका कोरोना उपचार हुने ६ वटा अस्पताल छन् । तीमध्ये दुईवटामा क्षमताभन्दा बढी संक्रमित पुगिसकेका छन् । एक सय २० बेड क्षमता भएको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा एक सय २१ र आठ बेड क्षमता रहेको शिक्षण अस्पताल महाराजगन्जमा नौ संक्रमितको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।त्यस्तै, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा ५० बेड क्षमता छ, त्यहाँ शुक्रबारसम्म ४७ संक्रमितको उपचार भइरहेको छ । सय बेड क्षमताको पाटन अस्पतालमा ६९, ६० बेड क्षमताको कीर्तिपुर आयुर्वेदिक अस्पतालमा ५५, ९० बेड क्षमताको काठमाडौं मेडिकल कलेजमा ८१ र आठ बेड क्षमताको धुलिखेल अस्पतालमा ६ संक्रमितको उपचार भइहरको छ ।

    सिन्धुपाल्चोकको चौतारा अस्पतालमा पनि क्षमताभन्दा बढी संक्रमित पुगेका छन् । ४० बेड क्षमताको यो अस्पतालमा ५५ जनाको उपचार भइरहेको छ । त्यस्तै, २२ बेड क्षमताको मेची अञ्चल अस्पतालमा २२ संक्रमित नै उपचाररत छन् ।देशभरका कुन अस्पतालमा कति संक्रमितको उपचार भइरहेको भन्ने आधिकारिक तथ्यांक सरकारसँग पनि छैन । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले तीन तहका सरकारबीच समन्वय हुन नसक्दा सबैतिरका अस्पतालमा उपचाररतहरूको तथ्यांक आउन नसकेको बताए ।

    काठमाडौं उपत्यकामा देखिए अहिलेसम्मकै धेरै संक्रमित, सरकार भन्छ, ‘डिजास्टरको खतरा छ’

    पछिल्लो २४ घन्टामा उपत्यकामा हालसम्मकै सर्वाधिक एक सय ६ संक्रमित देखिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ९१, ललितपुरमा ११ र भक्तपुरमा चार संक्रमित देखिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर सात हजार नौ सय २६ नमुना परीक्षण गरिएका छन् । त्यसमध्ये चार सय ६४ जनामा संक्रमण देखिएको छ । शुक्रबारसम्म देशभर २२ हजार दुई सय १४ संक्रमित पुगेका छन् ।तीमध्ये १५ हजार आठ सय १४ जना निको भएर घर फर्किएका छन् । ६ हजार तीन सय ३० जना आइसोलेसनमा छन् । अहिलेसम्म चार लाख २७ हजार पाँच सय एक नमुना परीक्षण भएको मन्त्रालयले जनाएको छ । देशभरका क्वारेन्टाइनमा दश हजार दुई सय सातजना छन् ।

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यका संक्रमणको उच्च जोखिममा रहेको बताए । ‘बाहिरका सहरभन्दा उपत्यकामा जोखिम बढेको छ । संक्रमण अहिले युवामा बढी देखिएको छ,’ उनले भने, ‘एक स्टेप अघि बढेर संक्रमण फैलियो भने काठमाडौंमा ठूलो डिजास्टर हुन्छ । उपत्यकामा करिब ४० लाखको बसोवास रहेको अनुमान छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार वृद्धवृद्धादेखि दीर्घरोगीको संख्या बाहिरका सहरमा भन्दा उपत्यकामा धेरै छ । त्यसैले संक्रमणको जोखिम पनि धेरै छ । अत्यावश्यक काम विना घर बाहिर ननिस्कन मन्त्रालयले सबैमा अपिल गरेको छ । ‘यदि निस्कनै परे पनि मास्क र सामाजिक दूरीको अनिवार्य पालना गर्नुपर्छ,’ प्रवक्ता गौतमले भने ।

    थप पाँच जनाको मृत्यु

    संक्रमणबाट शुक्रबार थप पाँचजनाको मृत्यु भएको छ । यससँगै देशभर संक्रमणबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ । पर्साको वीरगन्ज महानगरमा मात्रै तीन जनाको ज्यान गएको छ ।
    स्वास्थ्य मन्त्रालयका अनुसार वीरगन्ज–११ श्रीपुरका ७९ र ५७ वर्षीय दुई जना र वीरगन्ज–९ माइस्थानका ४५ वर्षीय एक पुरुषको मृत्यु भएको छ । उनीहरूमा मधुमेह, उच्च रक्तचाप तथा श्वासप्रश्वास, खोकीलगायत समस्या थियो ।

    त्यस्तै, सिराहाका दुई पुरुषको पनि मृत्यु भएको छ । गोलबजार नगरपालिका–१२ का २५ वर्षीय युवकको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मिर्गौलाको समस्याले उनी नियमित डायलाइसिसमा थिए ।त्यस्तै, सर्लाहीकै वसन्तपुर घर भएका ४५ वर्षीय पुरुषको पनि निधन भएको छ । कुकुरले टोकेर अस्पतालमा भर्ना भएका उनलाई रेबिजको शंका गरिएको थियो । स्वाब नमुना संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा चार, प्रदेश २ मा ३०, बागमती प्रदेशमा दश, गण्डकीमा पाँच, प्रदेशमा दश, कर्णालीमा चार र सुदूरपश्चिममा सात जनाको मृत्यु भएको छ । नयाँ पत्रिका दैनिकबाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑